२९ आश्विन २०८३, बिहीबार Thursday, October 15, 2026
२९ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar उन्नत ब्यालिस्टिक क्षेप्यास्त्र निर्माण गर्ने हुथी विद्रोहीको योजनाबारे प्रतिवेदन सार्वजनिक News Polar नीतिगत समस्याका कारण मानव–वन्यजन्तु द्वन्द्व नियन्त्रण चुनौतीपूर्णः प्रकृति संरक्षण कोष News Polar जनकराज सापकोटाको पुस्तक ‘मगनी मरिक’ सार्वजनिकः मधेसको सीमान्तकृत पीडा र विभेदको दस्तावेज News Polar जलवायुजन्य विपद्बाट हुने क्षति न्युनिकरणका लागि प्रतिक्रियात्मक नभई पूर्वतयारीमा ध्यान दिनुपर्छः प्रकृति संरक्षण कोष News Polar सामुदायिक विद्यालयमा पूर्वाधार लगानी: पहिलो चरणमा छानिए यी ८९ विद्यालय, मधेशलाई प्राथमिकता (सूचीसहित) News Polar भूमि बैंक स्थापना गर्ने स्थानीय तहको संख्या ९ पुग्यो, थप ४ पालिकालाई मन्त्रालयले दियो स्वीकृती News Polar कर्णालीमा नुहाउने क्रममा बालिका बेपत्ता News Polar पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आधुनिक हवाई मार्गनिर्देशन प्रणाली लागू गर्ने प्रक्रिया अघि बढ्यो News Polar परराष्ट्रमन्त्री खनालसँग पाकिस्तानी राजदूत खानको शिष्टाचार भेटवार्ता News Polar नागरिक लगानी कोषका सहभागीलाई एभरेष्ट अस्पतालमा उपचारमा २० प्रतिशतसम्म छुट News Polar वार्षिक ५ लाख मेट्रिक टन क्षमताको ग्रीन युरिया प्लान्ट स्थापना गर्ने सरकारको तयारी News Polar पाँच महिनापछि अरुण नदीको सतिघाटमा ‘फेरी’ सञ्चालन News Polar तिब्बती भाषा पढाउन भारत लैजाँदै गरेका २५ बालबालिकाको उद्धार News Polar भदौमा दुई खर्ब २१ अर्ब विप्रेषण भित्रियो News Polar सूर्यविनायकलाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा News Polar दसैँमा नयाँ लुगा नलाइ चित्तै बुझ्दैन… News Polar दसैँसँगै बाँचेका गुणबहादुरहरु News Polar परराष्ट्रमन्त्री खनालसँग इन्डोनेसियाकी गैरआवासीय राजदूत लिस्टयोवतीको शिष्टाचार भेटवार्ता News Polar पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु News Polar कांग्रेस सहमहामन्त्री थारूतर्फ योगेन्द्र अगाडि, महिला केन्द्रीय सदस्यमा जीवनको अग्रता

दसैँ तिहारमा ३० हजार खसीबोका माग

दसैँ तिहारमा ३० हजार खसीबोका माग
अ अ+ अ-

चितवन । जिल्लामा दसैँदेखि तिहारसम्म ३० हजारभन्दा बढी खसीबोका खपत हुने अनुमान गरिएको छ । जिल्लाको उत्पादन ८० प्रतिशत यही खपत हुने गर्दछ भने बाँकी छिमेकी जिल्लाबाट ल्याउने गरेको तथ्याङ्क छ ।  
 
भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञकेन्द्र भरतपुरको तथ्याङ्कअनुसार जिल्लामा मुख्य चाडपर्वको समयमा दैनिक एक हजार ५०० हाराहारी खसीबोका खपत हुने अनुमान छ । कार्यालयका पशु विकास अधिकृत रामचन्द्र आचार्यका अनुसार दसैँ र तिहारको एक महिनाको समयमा ४६२ मेट्रिकटन खसीबोकाको मासु र ३९ मेट्रिक टन च्याङ्ग्राको मासु खपत हुने अनुमान छ ।
 
जिल्लामा ४०२ व्यावसायिक बाख्रा फर्म छन् । ती फर्ममा तीन लाख १० हजार ५१७ बाख्रा रहेको आचार्य बताउनुहुन्छ । तीमध्ये दुई लाख १७ हजार ३६१ खसीबोका रहेका छन् । ठूलो सङ्ख्यामा खसीबोका जिल्लामा उत्पादन भए पनि यहाँ छिमेकी जिल्लाबाट समेत खसीबोका आउने गरेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “८० प्रतिशत यहीको उत्पादन र बाँकी बाहिरबाट खसीबोका आउने गर्दछ ।” त्यसो त यहाँ उत्पादन भएका खसीबोका विभिन्न जिल्ला पुग्ने गर्दछन् ।
 
जिल्लामा वार्षिक दुई हजार ६८६ मेट्रिक टन खसीबोकाको मासु उत्पादन हुने तथ्याङ्क छ । अघिल्लो वर्ष कोभिडका कारण कम खपत भएको थियो । विगतका वर्षमा दसैँ तिहारको समयमा ३१ हजार ८०० खसीबोका काटिएको तथ्याङ्क छ । आचार्यका अनुसार यस वर्ष त्योभन्दा बढी खसीबोका खपत हुने अनुमान छ ।
 
दसैँ तिहारको समयमा पसलमाभन्दा बढी घरघरमा खसीबोका काट्ने गरिन्छ । यो समयमा पसलमा मात्रै १० हजारभन्दा बढी खसीबोका खपत हुने व्यवसायीले बताएका छन् । खसीबोका मासु व्यवसायी सङ्घ चितवनका अध्यक्ष उद्धव तिम्सिनाले घटस्थापनादेखि कोजाग्रत पूर्णिमाको अवधिमा धेरै कारोबार हुने अपेक्षा गरिएको बताउनुभयो । उहाँका अनुसार गत वर्ष पाँच हजार मात्रै खसीबोका खपत भएका थिए । यस वर्ष यो सङ्ख्या दोब्बर हुने उहाँको अनुमान छ । पसलमा आउने खसीबोका छिमेकी जिल्लाका पनि हुने गर्दछन् । उहाँका अनुसार नवलपरासी, गोरखा, लमजुङ, धादिङ, मकवानपुरलगायतका जिल्लाबाट यहाँ खसीबोका आउने गर्दछन् । जिल्लामा ३०० हाराहारी मासु पसल रहेका छन् ।
 
पछिल्ला वर्षमा जिल्लाका ग्रामीण क्षेत्रमा व्यावसायिक रुपमा बाख्रापालन थालिएको छ । विज्ञकेन्द्रमा ४०२ फर्म दर्ता भए पनि दर्ता नभई धेरै फर्म सञ्चालनमा छन् । ग्रामीण क्षेत्रमा सहकारीमार्फत खसीबोका उत्पादन र बजारीकरण गरिँदै आएको छ । मुख्यरुपमा पहाडी क्षेत्रमा व्यावसायिक खसीबोका उत्पादन गरिँदै आएको छ । कालिका नगरपालिकाको देवीटार, गौरीबारी, चिसापानी, अजिङ्गरे, भर्लाबारीलगायत गाउँका किसानले सहकारीमार्फत खसीबोका उत्पादन र बजारीकरण गर्दै आएका छन् ।
 
पहिलेपहिले भारतबाट खसीबोका आउने गरेको भए पनि पछिल्लो समय स्वदेशी उत्पादनले नै माग धान्दै आएको छ । बागमती प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा शरणकुमार पाण्डेका अनुसार पछिल्लो एक वर्षयता भारतबाट खसीबोका आउन छाडेका छन् । उहाँले भन्नुभयो, “माग धेरै छ, हामीले धान्ने अवस्थामा छौँ ।” बाहिरबाट खसीबोका ल्याउँदा विभिन्न प्रक्रिया पूरा गर्नुपर्ने भएकाले पछिल्लो समय खसीबोका आयात भएको देखिँदैन । सरकारले पशुपालनमा अनुदानसमेत दिँदै आएको भन्दै उहाँले स्वदेशमै आत्मनिर्भर हुने गरेको उत्पादनमा जोड दिइँदै आएको बताउनुभयो ।