९ भाद्र २०८३, मंगलवार
,
Latest
पहिचान र पुनःस्थापनाको माग गर्दै जनकपुरधाममा मुक्त हरवा–चरवाको प्रदर्शन विदेशमा रहेका विद्यार्थीको समस्या समाधान गर्न नेपाल शैक्षिक परामर्श संघ (इक्यान) र गैरआवासीय नेपाली संघ… भन्सार छलीको १० लाखको कपडासहित एक जना नियन्त्रणमा जसपा नेपालले लुम्बिनीका तीन सांसदसँग फेरि माग्यो स्पष्टीकरण महिला प्रहरीमाथि हातपात गर्ने युवक नियन्त्रणमा गैरकानुनी सम्पत्ति आर्जन गर्ने सर्भेक्षक सुडीमाथि भ्रष्टाचार मुद्दा दायर नेपालमा सार्वजनिक भयो अप्रिलियाको नयाँ एसआर १७५ स्कुटर, मूल्य ४ लाख ५६ हजार ५०० चिनी मिल अध्ययन कार्यदलबाट स्थलगत अध्ययन मलेसियामाथि नेपालको जित उच्च अदालत सुर्खेत जुम्ला इजलासद्वारा ९५ प्रतिशत मुद्दा फछ्यौट
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचक ३५.६६ अंकले बढ्यो, २ अर्ब बढीको खरिदबिक्री



अ+ अ-

काठमाडौँ । लगातार पाँचौं दिनसम्म ओरालो लागेको शेयर बजार मापक नेप्से परिसूचकमा वृद्धि भएको छ ।

साताको अन्तिम दिन बिहीबार भएको कारोबारमा नेप्से परिसूचक ३५.६६ अंक बढेर २४६४.३१ विन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ८.१३ अंक बढेको छ भने फ्लोट इण्डेक्स २.३८ अंक र सेन्सेटिभ इण्डेक्स २.३७ अंक बढेको छ ।

बिहीबार कारोबारमा आएका २२४ कम्पनीको ५४ लाख ४४ हजार कित्ता शेयर २ अर्ब १२ करोड १५ लाख ११ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । बुधबारको तुलनामा बिहीबार नेप्सेसँगै कारोबार रकममा पनि सुधार देखिएको छ । अघिल्लो कारोबार दिन करिब २ अर्बको कारोबार भएको थियो ।

बिहीबार १३ वटै उपसमूहको परिसूचक बढेका छन्। जसमध्ये अन्य उपसमूहको परिसूचक सबैभन्दा बढी ३.५९ प्रतिशत बढेको छ। त्यस्तै, व्यापार उपसमूहको परिसूचक २.६२ प्रतिशत बढेको छ । यता बैंकिङ्ग, होटल, विकास बैंक, जलविद्युत, वित्त, लघुवित्त, जीवन बीमा र लगानी उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेका छन्।

नेप्सेसँगै बिहिबार दुई कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा हिमालयन पावर पार्टनर र नेष्डो समृद्ध लघुवित्तको शेयरमूल्य १० प्रतिशत बढेको हो। त्यस्तै, नेपाल टेलिकमको ५ प्रतिशतभन्दा बढी बढेको छ । त्यस्तै,राष्ट्र उत्थान लघुवित्त, इमर्जिङ्ग नेपाल र सर्पोट माइक्रो फाइनान्सको शेयर गिरावट आएको छ ।

कारोबार रकमका आधारमा ७ करोड ३८ लाख ९५ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री गरेर नबिल बैंक शीर्ष स्थानमा रहेको छ । प्राइम कमर्सियल बैंकको ६ करोडभन्दा बढीको शेयर कारोबार भएको छ ।