१८ आश्विन २०८१, शुक्रबार
,
Latest
गाजामा बन्धक बनाइएका ६४ जनाको अवस्था अज्ञात, जीवित रहेको कुनै प्रमाण छैन त्रिभूवन विमानस्थलको सेवामा सुधार ल्याउन पर्यटनमन्त्रीको निर्देशन पूर्वराजा शाह र भुटानी राजाबीच भेट ‘कसरी घर जाने बाटोको अवस्था यस्तो छ’ सहकारी पीडितलाई न्याय दिने भन्दा पनि रविलाई कसरी फसाउने भन्ने नियतमा संसदीय समिति बनाइयो- रवि… सहकारीको रकम अपचलनमा मेरो संलग्नता नभेटिएपछि षड्यन्त्र गर्दैछन्: रवि लामिछाने प्रचण्डद्वारा यातायात क्षेत्रका प्रतिनिधिसँग छलफल, समस्या समाधानका लागि पहल लिने प्रतिबद्धता महँगी र कालोबजारी नियन्त्रण गर्न रास्वपा रुपन्देहीको सरकारलाई ध्यानाकर्षण विराटनगरमा ट्रकको ठक्करबाट साइकलयात्री वृद्धको मृत्यु, आइसीपी रोड तनावग्रस्त मनाङमा पर्यटकको चहलपहल बढ्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीनबाट ३०० थान ग्याससहितका अक्सिजन आयात



अ+ अ-

रसुवा । जिल्लाका बासिन्दालाई स्वास्थ्य उपचारमा सहज पार्न चीन सरकारले अक्सिजनलगायत स्वास्थ्य सामग्री प्रदान गरेको छ । चीनको केरूङस्थित जिलुङ कन्टिका अधिकारीले रसुवावासीको सहयोगार्थ सानाखाले (पोर्टेबल) ३०० थान ग्याससहितका अक्सिजन सिलिन्डर प्रदान गरेको हो । 

प्राप्त भएका अक्सिजन सिलिन्डर सुरक्षाका हिसाबले जिल्ला प्रहरी कार्यालयमा भण्डारण गरिएको र अस्पताललगायत आवश्यक स्थानमा तुरून्तै पु¥याउने व्यवस्था मिलाइएको जिल्ला प्रहरी प्रमुख देवेन्द्र पाण्डेले बताउनुभयो ।

यस्तै चिनियाँ अधिकारीले अक्सिजन सिलिण्डरलगायत केहीमात्रामा मास्क, पीपीई तथा सेनिटाइजरसमेत प्रदान गरेको छ । जिल्लामा अक्सिजनको सहज व्यवस्थापन भइसकेकाले अबका दिनमा कुनै पनि बिरामी आत्तिनु नपर्ने बताइएको छ । 
      
विगतमा कोभिडको सङ्क्रमण सुरूभन्दा अगाडि आठ÷दश वटा मात्र अक्सिजन सिलिन्डर रहेको जिल्लामा आन्तरिक व्यवस्थापन एवं चिनियाँ सहयोगसमेतले ४००  सिलिण्डर व्यवस्थापन भइसकेको छ ।

अक्सिजनको व्यवस्थापनले श्वासप्रश्वास एवं लेक लागेका बिरामीलाई उपचार सेवा दिन सहज हुँदै गएको चिकित्सकले बताएका छन् । जिल्लामा दुई अस्पताल, १८ स्वास्थ्य चौकी र दर्जनौँ सामुदायिक स्वास्थ्य एकाइ रहेका छन् । करिब ४३ हजार यहाँका बासिन्दालाई यी स्वास्थ्य संस्थाले सेवा प्रदान गरिरहेका छन् । (रासस)