• २१ जेष्ठ २०८१, सोमबार
  •      Mon Jun 3 2024
  •   Unicode
Logo
Latest
★   लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै ★   प्रधानमन्त्रीले आज सरकारको वार्षिक प्रतिवेदन पेश गर्ने ★   सबैको प्यारो छुक्छुके रेल अहिले कसरी भयो अपहेलित ? ★   पिएनजीसँग झण्डै हार्यो वेस्ट इन्डिज, २ पटकको च्याम्पियन १९ ओभरमा १३७ रनको लक्ष्य पछ्याउन सफल ★   जेठ अन्तिमदेखि मनसुन भित्रिँदै, सरदरभन्दा बढी वर्षा हुने ★   गृहमन्त्री लामिछानेद्वारा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको अवलोकन ★   चितवनमा हुरीका कारण केराखेतीमा रु १२ करोडको क्षति ★   नेपालमा ब्रिटिस लगानीका लागि महासङ्घको अनुरोध ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा २८ गते सुनुवाइ हुने ★   विश्वकप छनोट खेल्ने नेपाली फुटबल टोलीको बिदाइ

भरतपुरको नेतृत्व कांग्रेसले छाड्न हुदैन भन्दै नेताको घरदैलोमा चितवनका नेताहरु



काठमाडौं । नेपाली कांग्रेस चितवनका नेताहरूले भरतपुर महानगरपालिकाको नेतृत्व काँग्रेसले छाड्न नहुने भन्दै नेताहरु ध्यानकर्षण गराउन काठमाडौँ आएका छन् ।

गठबन्धनका लागि कठिन बनेको भरतपुर महानगरपालीका काँग्रेस र माओवादी केन्द्र आफूले पाउनु पर्ने दाबी गर्दै आईरहेका छन् ।

२०७४ को स्थानीय निकायको निर्वाचनमा माआवादी केन्द्रलाई छाडेका कारण यस पटक छाड्न नसकिने आडानमा चितवन काँग्रेस रहेको छ ।

तर माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहालले चितवन काँग्रेसले भनेर केही नहुने गठबन्धन माथी बाटै हुने र मेयर आफनो पार्टीले लिने बताउँदै आउनु भएको छ । साथै दाहालले छोरी एवं हालका मेयर रेणु दाहाललाई नै उठाउने मनस्थिती बनाउनु भएको छ ।

चितवन कांग्रेसले भनेर केही हुँदैन– प्रचण्ड, चितवनमा गठबन्धन भए दुर्घटना हुन्छ– सतार

चितवन नै पुगेर माओबादी नेतृत्वले निरन्तर दाबी गरेपछि कांग्रेस केन्द्रीय सदस्यहरू टेकप्रसाद गुरुङ, दिनेश कोइराला, जिल्ला सभापति राजेश्व खनाल, निर्वतमान सभापति जितनारायण श्रेष्ठ र नेता जगन्नाथ पौडेलको टोलीले आफनो नेताहरु लाई चितवन को मेयर छाड्न नसकिने जनाएका छन् । उनिहरुले गठबन्धनको निर्वाचन तयारी एवं अनुगमन समितिका संयोजक रामचन्द्र पौडेललाई भेटेर भरतपुर महानगरपालिकाको मेयर कांग्रेसले छाड्न नसक्ने स्पष्ट पारेका हुन् ।

उनिहरुले यस पटक पनि भरतपुरको मेयर छाड्ने हो भने चितवनमा काग्रेसको संगठन ध्वस्त हुने चेतावनी दिएका छन् । चितवनबाट आएको काग्रेस टोलीले पार्टी सभापति शेरबहादुर देउवा तथा पार्टीका अन्य पदाधिकारीहरुलाई समेत यस बिषयमा ध्यानकर्षण मूलक दवाब दिने भएका छन् ।