१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेबारे उत्कृष्ट टिकटक बनाउनेलाई एक लाख पुरस्कार



अ+ अ-

काठमाडौं । नेकपा एमालेको साइबर सर्कलले आफ्नो पार्टीबारे उत्कृष्ट टिकटक बनाउनेलाई १ लाख रुपैयाँ दिने भएको छ ।

एमाले निकट युवा सङ्घ र साइबर सर्कलले टिकटक प्रतियोगिता गर्न लागेको हो ।

स्थानीय निर्वाचन नजिकिरहेका बेला नेकपा एमालेको कार्य तथा विचार झल्किने टिकटक भिडिओ प्रतियोगिता आयोजना गर्न लागिएको सर्कलले जनाएको छ ।

सर्कलका प्रमुख मदन भण्डारीका अनुसार प्रथम पुरस्कार एक लाख, द्वितीय पुरस्कार पचास हजार र तृतीय पुरस्कार २५ हजार घोषणा गरिएको छ ।

भिडियोका लागि केही सर्तहरू पनि तोकिएका छन् । भिडियो चैत २१ देखि २०७९ वैशाख ३० गतेसम्म अपलोड गरिसक्नुपर्ने छ । यस्तै, भिडियो व्यक्तिगत रूपमा सिर्जना गर्नुपर्ने, एमालेले अघि सारेका योजना र विकासमा आधारित हुनुपर्ने, भिडियो दुई मिनेटको हुनुपर्नेलगायत सर्त राखिएको छ ।

पार्टीको प्रचार–प्रसार र चुनावलक्षित कार्यक्रमअनुसार यो प्रतियोगिता आयोजना गरिएको साइबर सर्कलका कार्यालय सचिव परशु सुवेदीले जानकारी दिए ।