२४ भाद्र २०८३, बुधबार
,
Latest
‘संकटको समयमा सरकारले सहयोग गरे फेरि उठ्छौँ’ बाढीबाट अवरुद्ध विद्युत् जडान तीव्र : ऊर्जा मन्त्रालय बूढानीलकण्ठमा शैक्षिक सूचना व्यवस्थापन र विद्यालय नक्साङ्कनमा नयाँ प्रविधि ‘नेपालले राहत होइन, जलवायु न्यायसहित क्षतिपूर्ति माग्नुपर्छ’: मुख्यमन्त्री यादव युवाको जायज असन्तुष्टि र हिंसा एउटै विषय होइन: प्रचण्ड सुनसान छन् सौराहाका होटल : पर्यटक भन्दछन् नेपालको विपदमा कसरी रमाउनु ? भोटेकोशी बाढीः लुम्बिनीका २४८ जना अझै सम्पर्कविहीन भम्लु खोलामा सुख्खा पहिराले कर्णाली राजमार्ग पुनः अवरुद्ध भदौ २३–२४ को घटनाको निष्पक्ष छानबिन गर्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह मधेसमा गतआवमा ५९१ किमी सडक विस्तार तथा निर्माण
तपाईं के खोज्दै हुनुहुन्छ ?

आजै क्याबिनेट विस्तार, आजै सपथः प्रचण्ड



अ+ अ-

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजै मन्त्रिपरिषद् विस्तार हुनसक्ने बताएका छन् । 

राजधानीमा सोमबार पार्टीनिकट नेपाल बुद्धिजीवी संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले आज नै मन्त्रिपरिषद् विस्तार गरेर सपथ ग्रहण पनि आजै हुने बताएका हुन् । 

प्रचण्डले भने, 'सकेसम्म आजै क्याबिनेट विस्तार गरेर सपथ ग्रहण गराउने नभए पनि मिल्न बाँकी विषय टुंग्याउने भन्नेछ ।’

सरकार गठन भएको ८० दिन नाघिसक्दा पनि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गर्न नसकेर चर्को आलोचना खेप्दै आएका छन् ।