२८ फाल्गुन २०८१, बुधबार
March 12, 2025 Wednesday

20.27°C

काठमाडौं

20.27°C

Kathmandu

Feels-like: 20.02

Wind: 5.66

Humidity: 64

Latest
सहकारी क्षेत्रमा देखिएका विकृति र अनियमितताको निराकरण गर्न विधेयक ल्याइएको होः मन्त्री अधिकारी युक्रेन युद्धविराम प्रस्तावबारे अमेरिकी सूचना पर्खिरहेको क्रेमलिनको भनाइ न्यून भिजिविलिटीका कारण विमान आकाशमै ‘होल्ड’ महासंघको कोषाध्यक्षमा भरत आचार्य मनोनित भन्सार जाँच पासपछि अनुसन्धान नाममा व्यवसायीलाई दुःख नदिन सांसदहरुको जोड स्ववियु चुनावः ८२ क्याम्पसमा अध्यक्ष निर्विरोध, अनेरास्ववियु पहिलो स्थानमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा–छेन्दु उडान हुँदै आर्थिक तथा व्यवसायिक वातावरण सुधारसम्बन्धी विधेयकले मुलुकलाई समृद्धितर्फ अगाडि बढाउँछः अर्थमन्त्री पौडेल नेपाल नामिबियासँग २३ रनले पराजित १२ दिनसम्म जाममा फस्नुपरेको विश्वको सबैभन्दा लामो जाम
तपाईं के खोज्दै हुनुहुन्छ ?

परिवार दलले एमालेसँग तालमेल गर्ने !



अ+ अ-

काठमाडौँ। अगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको मिति नजिकिएसँगै दलहरु चुनावी नतिजा आफ्नो पक्षमा पार्न दलहरु चुनावी तालमेलको तयारीमा छन् । सतारुढ पाँच दलिय गठबन्धनलाई काउन्टर दिन प्रमुख प्रतिपक्षद्ध दल नेकपा एमाले र परिवार दलबीच चुनावी तालमेलका विषयमा छलफल भइरहेको छ ।

२०७४ सालको निर्वाचनमा ३ बुँदे सहमति गरेर परिवार दलले एमालेसँग चुनाबी सहकार्य गरेको थियो । यसैबीच नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालसहितको टोलीले एमाले उपाध्यक्ष विष्णु पौडेलसँग सम्भावित चुनावी तालमेलका विषयमा केही दिनअधि छलफल गरेको छ। स्थानीय तह निर्वाचनमा एमालेसँग चुनावी तालमेल गर्ने विषयमा सकारात्मक छलफल भएको परिवार दलका अध्यक्ष एकनाथ ढकालले बताए ।

‘हामीले पहिला पनि एमालेलाई सहयोग गरेका थियौं,’ अध्यक्ष ढकालले भने, ‘अहिले पनि आवश्यकताका आधारमा स्थानीय तह निर्वाचनमा सहकार्य गरेर जाने विषयमा सकारात्मक छलफल भएको छ।’ ७६ जिल्लाको निर्वाचन कार्यालयमा दर्ता रहेको उक्त दलले ५२ जिल्लामा उम्मेदवारी दिने तयारी गरेको छ। तर, एमालेसँग चुनावी तालमेल हुने अवस्थामा भने धेरै ठाउँ दावी नगर्ने नीति पार्टीले लिएको अध्यक्ष ढकालले बताए। परिवारले सातदेखि दशवटा पालिकामा आफ्नो दाबी गर्ने तयारी गरेको छ ।

ढकालका अनुसार कुन कुन पालिकामा दाबी गर्ने भन्ने विषयमा निर्णय भइसकेको छैन । एमाले स्थानीय तहमा लोकप्रिय रहेको भन्दै अध्यक्ष ढकालले उक्त पार्टीसँगको तालमेलले दुवै दललाई फाइदा हुने बताए । कुन क्षेत्रमा कसरी तालमेल गर्ने भन्ने विषयमा परिवार दलले वरिष्ठ उपाध्यक्ष विनोद डाँगीको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन गरेको छ । सो समितिलाई मुलुकभर पार्टीको अवस्था र प्रभाव क्षेत्र पहिचान गर्ने जिम्मेवारी दिइएको छ। उक्त समितिले रिर्पोट दिएपछि परिवार दलले दाबी गर्ने पालिकाको टुंगो लाग्ने अध्यक्ष ढकालले जानकारी दिए ।

एमाले उपाध्यक्ष पौडेलसँग कसरी तालमेल गर्ने मोडालिटीसहित फेरि छलफल गर्ने र अध्यक्ष केपी शर्मा ओलीसँग निर्णायक छलफल गर्ने परिवार दलले जनाएको छ । परिवार दलले महानगर र उपमहानगरपालिकाको उम्मेदवार केन्द्रले तोक्ने र बाँकी स्थानीय तहको उम्मेदवार चयन जिल्लाले गर्ने निर्णय गरेको छ ।

समान बिचार र एजेन्डा मिल्ने जुनसुकै दलसँग पनि चुनाबी तालमेल गर्न खुल्ला रहेको परिवार दलले एक्लै पनि चुनाबमा जाने बताएको छ। यसको लागि दलका प्रवक्ता रुपसिह भण्डारीको नेतृत्वमा चुनाबी घोषणा पत्र समिति बनाई काम शुरु गरेको छ। घोषणा पत्रमा स्थानीय तहमा भएको नितिगत भष्ट्राचारलाई शुन्यमा झार्ने समानुपातिक र समाबेसी बिकास पहुचको आधारमा नभई आवश्यकताको आधारमा हुनुपर्ने कुरालाई जोड दिने छ ।

स्थानीय तहमा नेतृत्व क्षमता बिकास प्रशिक्षण, जनसहभागितामा स्थानीय तहमा बजेट तर्जुमा गर्नुपर्ने र विकास बजेटलाई पूर्ण रुपमा खर्च गर्नुपर्ने तथा स्वास्थ्य शिक्षा खानेपानी र स्थानीय पूर्वाधार बिकासको लगायतको बिषयलाई समेटेर धोषणा पत्र तयार गरिने परिवार दलले बताएको छ ।

अध्यक्ष ढकालले पुराना दलहरुको आयु सकिएको बताउँदै उनिहरुले गर्न सक्ने जति काम गरिसकेकोले अब योभन्दा धेरै आशा गर्न नहुने बताए। उनले पुरानो विचारले कहिल्यै नयाँ युगको नेतृत्व गर्न नसक्ने ठोकुवा गरे । उनले पुराना नेताहरुले नितिगत रुपमा नै भ्रष्टाचार गरेर विकृत संस्कार खडा गरी राज्यको ढुकुटी सबै पोल्टामा हालेर दादागिरी मच्चाएकाले अब जनताहरु सचेत भएर नयाँ नेतृत्व चुन्नु पर्नेमा जोड दिए ।

परिवार दलले मधेध प्रदेशका बारा र पर्सामा आफू बलियो रहेको दाबी गरेको छ भन प्रदेश एकमा सुनसरी र झापा, बागमतीमा काठमाडौँ, नुवाकोट र मकवानपुर गण्डकीमा कास्की र गोरखा, लुम्बिनीको दाङ र रुपन्देही, कर्णालीको मुगु र दैलेख तथा सुदूरपश्चिमका कैलाली र कञ्चनपुरमा आफ्नो संगठन बलियो रहेको दाबी गरेको छ ।