७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

परिवार दलले एमालेसँग तालमेल गर्ने !

परिवार दलले एमालेसँग तालमेल गर्ने !
अ+ अ-

काठमाडौँ। अगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको मिति नजिकिएसँगै दलहरु चुनावी नतिजा आफ्नो पक्षमा पार्न दलहरु चुनावी तालमेलको तयारीमा छन् । सतारुढ पाँच दलिय गठबन्धनलाई काउन्टर दिन प्रमुख प्रतिपक्षद्ध दल नेकपा एमाले र परिवार दलबीच चुनावी तालमेलका विषयमा छलफल भइरहेको छ ।

२०७४ सालको निर्वाचनमा ३ बुँदे सहमति गरेर परिवार दलले एमालेसँग चुनाबी सहकार्य गरेको थियो । यसैबीच नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालसहितको टोलीले एमाले उपाध्यक्ष विष्णु पौडेलसँग सम्भावित चुनावी तालमेलका विषयमा केही दिनअधि छलफल गरेको छ। स्थानीय तह निर्वाचनमा एमालेसँग चुनावी तालमेल गर्ने विषयमा सकारात्मक छलफल भएको परिवार दलका अध्यक्ष एकनाथ ढकालले बताए ।

‘हामीले पहिला पनि एमालेलाई सहयोग गरेका थियौं,’ अध्यक्ष ढकालले भने, ‘अहिले पनि आवश्यकताका आधारमा स्थानीय तह निर्वाचनमा सहकार्य गरेर जाने विषयमा सकारात्मक छलफल भएको छ।’ ७६ जिल्लाको निर्वाचन कार्यालयमा दर्ता रहेको उक्त दलले ५२ जिल्लामा उम्मेदवारी दिने तयारी गरेको छ। तर, एमालेसँग चुनावी तालमेल हुने अवस्थामा भने धेरै ठाउँ दावी नगर्ने नीति पार्टीले लिएको अध्यक्ष ढकालले बताए। परिवारले सातदेखि दशवटा पालिकामा आफ्नो दाबी गर्ने तयारी गरेको छ ।

ढकालका अनुसार कुन कुन पालिकामा दाबी गर्ने भन्ने विषयमा निर्णय भइसकेको छैन । एमाले स्थानीय तहमा लोकप्रिय रहेको भन्दै अध्यक्ष ढकालले उक्त पार्टीसँगको तालमेलले दुवै दललाई फाइदा हुने बताए । कुन क्षेत्रमा कसरी तालमेल गर्ने भन्ने विषयमा परिवार दलले वरिष्ठ उपाध्यक्ष विनोद डाँगीको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन गरेको छ । सो समितिलाई मुलुकभर पार्टीको अवस्था र प्रभाव क्षेत्र पहिचान गर्ने जिम्मेवारी दिइएको छ। उक्त समितिले रिर्पोट दिएपछि परिवार दलले दाबी गर्ने पालिकाको टुंगो लाग्ने अध्यक्ष ढकालले जानकारी दिए ।

एमाले उपाध्यक्ष पौडेलसँग कसरी तालमेल गर्ने मोडालिटीसहित फेरि छलफल गर्ने र अध्यक्ष केपी शर्मा ओलीसँग निर्णायक छलफल गर्ने परिवार दलले जनाएको छ । परिवार दलले महानगर र उपमहानगरपालिकाको उम्मेदवार केन्द्रले तोक्ने र बाँकी स्थानीय तहको उम्मेदवार चयन जिल्लाले गर्ने निर्णय गरेको छ ।

समान बिचार र एजेन्डा मिल्ने जुनसुकै दलसँग पनि चुनाबी तालमेल गर्न खुल्ला रहेको परिवार दलले एक्लै पनि चुनाबमा जाने बताएको छ। यसको लागि दलका प्रवक्ता रुपसिह भण्डारीको नेतृत्वमा चुनाबी घोषणा पत्र समिति बनाई काम शुरु गरेको छ। घोषणा पत्रमा स्थानीय तहमा भएको नितिगत भष्ट्राचारलाई शुन्यमा झार्ने समानुपातिक र समाबेसी बिकास पहुचको आधारमा नभई आवश्यकताको आधारमा हुनुपर्ने कुरालाई जोड दिने छ ।

स्थानीय तहमा नेतृत्व क्षमता बिकास प्रशिक्षण, जनसहभागितामा स्थानीय तहमा बजेट तर्जुमा गर्नुपर्ने र विकास बजेटलाई पूर्ण रुपमा खर्च गर्नुपर्ने तथा स्वास्थ्य शिक्षा खानेपानी र स्थानीय पूर्वाधार बिकासको लगायतको बिषयलाई समेटेर धोषणा पत्र तयार गरिने परिवार दलले बताएको छ ।

अध्यक्ष ढकालले पुराना दलहरुको आयु सकिएको बताउँदै उनिहरुले गर्न सक्ने जति काम गरिसकेकोले अब योभन्दा धेरै आशा गर्न नहुने बताए। उनले पुरानो विचारले कहिल्यै नयाँ युगको नेतृत्व गर्न नसक्ने ठोकुवा गरे । उनले पुराना नेताहरुले नितिगत रुपमा नै भ्रष्टाचार गरेर विकृत संस्कार खडा गरी राज्यको ढुकुटी सबै पोल्टामा हालेर दादागिरी मच्चाएकाले अब जनताहरु सचेत भएर नयाँ नेतृत्व चुन्नु पर्नेमा जोड दिए ।

परिवार दलले मधेध प्रदेशका बारा र पर्सामा आफू बलियो रहेको दाबी गरेको छ भन प्रदेश एकमा सुनसरी र झापा, बागमतीमा काठमाडौँ, नुवाकोट र मकवानपुर गण्डकीमा कास्की र गोरखा, लुम्बिनीको दाङ र रुपन्देही, कर्णालीको मुगु र दैलेख तथा सुदूरपश्चिमका कैलाली र कञ्चनपुरमा आफ्नो संगठन बलियो रहेको दाबी गरेको छ ।