७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

धर्मपरिबर्तनको डढेलो लाग्यो सबै मिलेर रोक्नु पर्छ: कमल थापा

धर्मपरिबर्तनको डढेलो लाग्यो सबै मिलेर रोक्नु पर्छ: कमल थापा
अ+ अ-

काठमाडौ. ।राप्रपा नेपालका अध्यक्ष कमल थापाले आगामी दिनमा पार्टीले प्रतिकुलतालाई चिर्दै उच्च मनोबल सहित अघि बढ्ने बताउनु भएको छ । छोटो समय र तयारीका बाबजुद पनि स्थानिय तहको निर्बाचनमा सम्मानजनक उपस्थिती हुने भन्दै थापाले स्थानीय तह निर्बाचनमा होमिन आग्रह गर्नुभयो । आ

ज केन्द्रीय समितिको भर्चुअल बैठकलाई सम्बोधन गर्दै थापाले बाह्य शक्तिको चलखेल बढेर गएको , अर्थतन्त्र धराशायी भएको , बेरोजगारी समस्या बिकराल हुँदै गएको, भ्रष्टाचार डरलाग्दो रुपमा अनियन्त्रित ढंगले बढेको, धर्मपरिबर्तनको डढेलो लागेको बेलामा बैकल्पिक मार्गचित्र आबश्यक भएकोले राप्रपा नेपाल पुन: जागृत गर्नुपरेको बताउनु भयो ।

विशिष्ट परिस्थितिका कारण राप्रपा नेपाललाई अघि बढाउनु परेको भन्दै थापाले जनताको माझमा बिश्वास आर्जन गर्नुको बिकल्प नरहेको उल्लेख गर्नुभयो । थापाले भन्नुभयो ‘भ्रमहरुलाई चिर्दै अघि बढ्नु पर्छ ।’

बैठकमा सचिवालय सम्बन्धी प्रतिबेदन महामन्त्री भाष्कर भद्राले प्रस्तुत गर्नुभएको थियो भने स्थानिय तह निर्बाचन तयारी बारे महामन्त्री सुशील श्रेष्ठ र स्थानीय तह निर्बाचन सम्बन्धी पार्टीको घोषणा पत्रका बिषयमा प्रबक्ता सुरेश आचार्यले आफ्नो प्रस्तुती दिनुभएको थियो । बैठकमा केन्द्रीय सदस्यहरुले आफ्नो आफ्नो जिल्लाको सांगठानिक अबस्था र चुनावको तयारी बारे जानकारी गराएका थिए ।

घोषणा पत्र र चुनाव चिन्ह सार्बजनिक गर्न आगामी चैत्र २५ गते काठमाडौंमा कार्यक्रम आयोजना गरिने महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।