२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्री श्रेष्ठ सवार गाडीको ठक्कबाट मोटरसाइकल चालक घाइते



अ+ अ-

सिन्धुली । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठ चढेको गाडीले मोटरसाइकलाई ठक्कर दिएको छ ।

बुधाबर बिहान काठमाडौंबाट रामेछापतर्फ जाँदै गरेको मन्त्री श्रेष्ठ चढेको गाडीले विपरित दिशाबाट आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिएको हो ।

मन्त्री सवार बा २ झ ४१२९ नम्बरको झण्डावाल गाडीले विपरित दिशाबाट आउँदै गरेको प्र.२–०२–ग ९२८६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको खुट्टा भाँचिएको छ ।

गाडीले ओभरटेक गर्दै गर्दा विपरित दिशाबाट आएको मोटरसाइकललाई ठक्कर दिएको थियो । मोटरसाइकल चालक दोलखाको बैतेश्वर गाउँपालिका ४ का २५ वर्षीय कृष्णप्रसाद दाहाल घाइते भएका छन् ।

प्रहरीका अनुसार, घाइते दाहालको खुट्टा भाँचिएको छ भने हातमा गम्भीर चोट लागेको छ । थप उपचारका लागि दाहाललाई काठमाडौंतर्फ लगिएको प्रहरीले जनाएको छ ।

मन्त्री सवार गाडीको स्पीड बढी रहेको र ओभरटेक गर्ने क्रममा मोटरसाइकललाई ठक्कर दिएको स्थानीय प्रत्यक्षदर्शीहरुले बताएका छन् ।