१८ आश्विन २०८१, शुक्रबार
,
Latest
गाजामा बन्धक बनाइएका ६४ जनाको अवस्था अज्ञात, जीवित रहेको कुनै प्रमाण छैन त्रिभूवन विमानस्थलको सेवामा सुधार ल्याउन पर्यटनमन्त्रीको निर्देशन पूर्वराजा शाह र भुटानी राजाबीच भेट ‘कसरी घर जाने बाटोको अवस्था यस्तो छ’ सहकारी पीडितलाई न्याय दिने भन्दा पनि रविलाई कसरी फसाउने भन्ने नियतमा संसदीय समिति बनाइयो- रवि… सहकारीको रकम अपचलनमा मेरो संलग्नता नभेटिएपछि षड्यन्त्र गर्दैछन्: रवि लामिछाने प्रचण्डद्वारा यातायात क्षेत्रका प्रतिनिधिसँग छलफल, समस्या समाधानका लागि पहल लिने प्रतिबद्धता महँगी र कालोबजारी नियन्त्रण गर्न रास्वपा रुपन्देहीको सरकारलाई ध्यानाकर्षण विराटनगरमा ट्रकको ठक्करबाट साइकलयात्री वृद्धको मृत्यु, आइसीपी रोड तनावग्रस्त मनाङमा पर्यटकको चहलपहल बढ्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

भालुको आक्रमणबाट जुम्लाको गुठिचौरमा एकको मृत्यु



अ+ अ-

खलङ्गा । भालुको आक्रमणबाट जुम्ला गुठिचौर गाउँपालिका– ३ का ८५ वर्षीय निमा लामाको मृत्यु भएकोे छ । सो गाउँपालिकामा रहेको प्रहरी चौकी झरज्वालाका प्रहरी निरीक्षक कमल श्रेष्ठका अनुसार लामालाई गुठिचौर गाउँपालिकाको झारज्वाला नजिक बजार आउदै गर्दा आइताबार भालुको आक्रमणबाट लामाको मृत्यु भएको हो । 

भालुले मान्छे मारेपछि दिनभर झारज्वाला क्षेत्रमा तनाव भएको थियो । भालुले अन्य मानिसलाई आक्रमण गर्न थालेपछि सुरक्षा निकायको टोलीले नियन्त्रणमा लिई गोली हानेर भालु मारेको डिभिजन वन कार्यालय जुम्लाका प्रमुख दिनेश खत्रीले बताउनुभयो । 

ज्येष्ठ नागरिक लामा गुठिचौरबाट दिउँसो करिब ४ः३० बजे सदरमुकाम आउँदै गरेको अवस्थामा बाटोमा भालुले आक्रमण गरेको थियो । (रासस)