१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रचण्डलाई भेट्न खुमलटार पुगे पित्तबहादुर



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) धादिङका नेता एवम् बेनीघाट रोराङ गाउँपालिका प्रमुख पित्तबहादुर डल्लाकोटी (हरि)ले पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् ।

नेकपा एमालेमा प्रवेश गरेको २४ घण्टा नबित्दै पुनः माओवादी मै फर्किएका हरी अध्यक्ष दाहाललाई भेट्न उनको नीजि निवास खुमलटार पुगेका हुन् ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा माओवादीबाट बेनीघाट रोराङको प्रमुखमा निर्वाचित डल्लाकोटीलाई सोमबार एमाले अध्यक्ष केपी शर्मा ओलीले खादा लगाएर एमालेमा प्रवेश गराएका थिए ।

तर, मंगलबार एक एक विज्ञप्ती सार्वजनिक गर्दै क्षेणिक आवेग र आक्रोश आवेगमा एमाले प्रवेश गरेको जनाउँदै फेरि माओवादीमै फर्किएको डल्लाकोटीले घोषणा गरेका छन् ।

उनले प्रचण्डसामु आफूले एमाले प्रवेश गरेर गल्ती गरेको बताएका छन् ।

गल्ती गरेको महशुस गरेकाले अब काममा फर्कन प्रचण्डले डल्लाकोटीलाई निर्देशन दिएका छन् ।