१८ आश्विन २०८१, शुक्रबार
,
Latest
गाजामा बन्धक बनाइएका ६४ जनाको अवस्था अज्ञात, जीवित रहेको कुनै प्रमाण छैन त्रिभूवन विमानस्थलको सेवामा सुधार ल्याउन पर्यटनमन्त्रीको निर्देशन पूर्वराजा शाह र भुटानी राजाबीच भेट ‘कसरी घर जाने बाटोको अवस्था यस्तो छ’ सहकारी पीडितलाई न्याय दिने भन्दा पनि रविलाई कसरी फसाउने भन्ने नियतमा संसदीय समिति बनाइयो- रवि… सहकारीको रकम अपचलनमा मेरो संलग्नता नभेटिएपछि षड्यन्त्र गर्दैछन्: रवि लामिछाने प्रचण्डद्वारा यातायात क्षेत्रका प्रतिनिधिसँग छलफल, समस्या समाधानका लागि पहल लिने प्रतिबद्धता महँगी र कालोबजारी नियन्त्रण गर्न रास्वपा रुपन्देहीको सरकारलाई ध्यानाकर्षण विराटनगरमा ट्रकको ठक्करबाट साइकलयात्री वृद्धको मृत्यु, आइसीपी रोड तनावग्रस्त मनाङमा पर्यटकको चहलपहल बढ्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वयुवराज पारस शाहको पोखरास्थित निवासमा चोरी, एक जना नियन्त्रणमा



अ+ अ-

पोखरा । पूर्वयुवराज पारस शाहको पोखरास्थित निवासमा चोरी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । 

लेकासाइडस्थित बुलउँदीमा शाहले भाडामा लिएको घरबाट सामान चोरेको आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको हो । 

पक्राउ पर्नेमा शिव गौतम रहेका छन् । उनलाई काठमाडौंको मित्रनगरबाट  पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ गरिएका गौतम शाहको निवासका कामदार रहेको खुल्नमा आएको छ ।

शाहको निवासबाट क्यामरा, २ थान आइप्याड, २ थान दुरविन र नोकिया सेट चोरी भएको बताइएको छ । गौतमले पोखराबाट सामान चोरेर काठमाडौं ल्याएको खुलेको छ । 

चोरेको सामान गौतमले पूर्वयुवराजलाई फिर्ता गरेको प्रहरीले जनाएको छ ।