• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
Latest
★   आईपीएलमा आज आरआर र केकेआर भिड्दै, राजस्थानलाई दोस्रो हुने मौका ★   संरक्षणको प्रतीक्षामा खोकनाका पोखरी ★   बाघखोरलाई घरबास गाउँ घोषणा ★   ‘राष्ट्रिय गौरवका आयोजनाका नाममा मनपरी चुरे दोहन’ ★   सुनको मूल्यले बनायो नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार? ★   आजको आईपीएल: प्लेअफमा पुगिसकेको हैदरावाद र पञ्जाब खेल्दै ★   विपक्षी दलहरुको बैठक: गृहमन्त्रीलाई बोल्न दिने निर्णय ★   इजरायली आक्रमणबाट गाजाको जबलिया शिविरमा १५ जनाको मृत्यु ★   ग्लोबल आइएमई बैंक र सिमेक्स इंकबीच सम्झौता, बीवाईडी गाडी किन्दा बैंकबाट सहजरुपमा कर्जा पाइने ★   प्रतिनिधिसभाको बैठक अघि विपक्षी दलहरू छलफलमा

रचनाको प्रष्टीकरण: त्रिकोणात्क टी–२० श्रृंखला, मेरो उपस्थिति र वास्तविकता



काठमाडौ । त्रिकोणात्क टी–२० श्रृंखला अन्तर्गत पपुवा न्यूगिनीविरुद्धको खेलको पुरस्कार बितरण समारोहका उपस्थित गायीका रचना रिमाल को उपस्थितीलाई लिएर संञ्चारमाध्याममा बिभिन्न टिका टिप्पणी भएपछि उनले स्पष्टिकरण दिएकी छिन् ।

सामाजिक सञ्जालमा एक स्टाटस राख्दै रचनाले आफ्नो उपस्थितीका बिषयलाई लिएर क्यानले व्यवस्थापकलाई स्पष्टिकरण सोधेको कुरा गलत भएको जनाएकी छिन् ।

रचनाले लेखेकी छिन् –

नमस्कार म रचना रिमाल

हालै सम्पन्न t-20 सिरिजको सबैखेल मैले फोनबाट हेरेपनि हिजो फाइनल म्याच मैदानमै सम्पुर्ण समर्थकसँगै बसेर हेर्ने योजना साथ म हिजोको सबै काम सारेर १ बजे मैदान पुगेको थिए ।

तोकिएको रु. २०० को टिकट किनेर खेलको पहिलो इनिङ समर्थकहरुको बिचमा बसेर हेरेको थिएँ भने दोश्रो इनिङको ५ ओभर पछि क्यानको निमन्त्रणा मा म बिशिष्ट बक्समा बसेर अन्तिम सम्म खेल हेरेर खेल पश्चात् सबै अतिथिसँगै पुरस्कार वितरण समारोहमा सरिक भएको थिए। त्यसै समय केहि खेलाडी र प्रशिक्षक संग फोटो खिच्ने अवसर प्राप्त गरेको हुँ र समारोह सकिएपछि मैदानबाट फर्किएको थिएँ।

तर आज केहि अनलाईन समाचारहरुमा मलाई क्रिकेट एशोसिएसन अफ नेपाल ९क्यान० ले मैदान प्रवेश गरेको बारेमा स्पष्टिकरण सोधेको भन्ने बारेमा समाचार आएको देखेँ , जुन सरासर गलत हो । समाचारमा उल्लेखित नाम क्यानका पदाधिकारी प्रशान्त विक्रम मल्ल दादालाई मैले टेलिफोन मार्फत बुझ्दा पनि त्यस्तो केहि नभएको “तपाईंलाई हामिले बोलाएका हौँ, तपाईँ हाम्रो अतिथि हो हामिले त्यस्तो किन गर्ने ? ” भन्ने बताउनु भएको छ ।

यसैले पनि उक्त समाचार गलत रुपमा लेखिएको छ त्यसको म घोर बिरोध गर्दछु। साथै मेरो मान हानि हुनेगरि उक्त प्रकारको समाचार लेख्ने सबै मिडियाहरुलाई आवश्यक कानुनी कारबाहीको लागि प्रकृया अगाडि बढाउने छु । सदैव खेलकुद र खेलाडी हरुप्रति मेरो उच्च सम्मान र समर्थन रहनेछ।