१८ आश्विन २०८१, शुक्रबार
,
Latest
गाजामा बन्धक बनाइएका ६४ जनाको अवस्था अज्ञात, जीवित रहेको कुनै प्रमाण छैन त्रिभूवन विमानस्थलको सेवामा सुधार ल्याउन पर्यटनमन्त्रीको निर्देशन पूर्वराजा शाह र भुटानी राजाबीच भेट ‘कसरी घर जाने बाटोको अवस्था यस्तो छ’ सहकारी पीडितलाई न्याय दिने भन्दा पनि रविलाई कसरी फसाउने भन्ने नियतमा संसदीय समिति बनाइयो- रवि… सहकारीको रकम अपचलनमा मेरो संलग्नता नभेटिएपछि षड्यन्त्र गर्दैछन्: रवि लामिछाने प्रचण्डद्वारा यातायात क्षेत्रका प्रतिनिधिसँग छलफल, समस्या समाधानका लागि पहल लिने प्रतिबद्धता महँगी र कालोबजारी नियन्त्रण गर्न रास्वपा रुपन्देहीको सरकारलाई ध्यानाकर्षण विराटनगरमा ट्रकको ठक्करबाट साइकलयात्री वृद्धको मृत्यु, आइसीपी रोड तनावग्रस्त मनाङमा पर्यटकको चहलपहल बढ्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसका तीन नेताको जोडः छिटोभन्दा छिटो मन्त्रिपरिषद्ले पूर्णता पाओस्



अ+ अ-

काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसका शीर्ष तहका नेताहरुले नैमन्त्रिपरिषद्लाई तत्काल पूर्णता दिन प्रधानमन्त्री शेरबहादुर देउवालाई दवाव दिन सुरु गरेका छन । 

काँग्रेस उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला र नेता प्रकाशमान सिंहले पार्टी, सरकार र सत्तारुढ गठबन्धनबीचको विश्वसनीयतामै ह्रास आएको निष्कर्ष निकाल्दै तत्काल मन्त्रिपरिषद्लाई पूर्णता दिन पार्टी सभापति समेत रहनु भएका प्रधानमन्त्री देउवालाई दवाव दिनु भएको हो । 

उपसभापति निधिको नयाँ बानेश्वरस्थित निवासमा सोमबार बसेको तीन नेताहरुको बैठकले सत्तारुढ गठबन्धन दलका नेताहरुलाई पनि विभिन्न कारण देखाएर मन्त्रीपरिषदलाई पूर्णता दिने काममा ढिलाई नगर्न सचेत गराउनु भएको छ । सरकार र गठबन्धन दलको विश्वसनीयतामाथि नै प्रश्न उठी सकेकाले छिटोभन्दा छिटो मन्त्रीपरिषदलाई पूर्णता दिन सरकारलाई आग्रह गरिएको उपसभापति निधिले जानकारी दिनु भयो । उहाँले भन्नु भयो, ‘आज ८२÷८३ दिन भईसक्यो सरकार गठन भएको । हाम्रै पार्टीका नेता शेरबहादुरजीको नेतृत्वमा सरकार छ । 

तर अहिलेसम्म मन्त्रीमण्डलले पूर्णता प्राप्त गर्न सकेको छैन । त्यो ज्यादै ढिला भयो । यति ढिलो हुनुहुँदैन भनेर हामीले चिन्ता व्यक्त गरेका छौं । अव छिटोभन्दा छिटो मन्त्रीमण्डलले पूर्णता पाओस् । गठबन्धनका दलहरु जो छन, ती दलहरुको कारणले गर्दाखेरी ढिलाई नहोस् । जनतामा अव ढिलाईको कारणले गठबन्धन र सरकारको कार्य प्रणाली र गठबन्धनको विश्वसनीयतामाथि नै टिकाटिप्पणी थालेको छ । विश्वसनीयतामा ह्रास आउन थालेको छ । त्यसको बारेमा हामीहरुले चिन्ता व्यक्त ग¥यौं ।’

नेताहरुबीच १४ औं महाधिवेशनमा पार्टी पदाधिकारीहरुमा साझा उम्मेदवारी दिने विषयमा पनि छलफल सुरु भएको छ । त्यसैगरी बैठकले क्रियाशील सदस्यतासम्बन्धि बाँकि ४ जिल्लाको विवाद छिटो टुंगो लगाएर पार्टीको वडा अधिवेशन, पालिका अधिवेशन र जिल्ला अधिवेशन समयमै सक्न पनि पार्टी सभापति शेरबहादुर देउवासँग माग गरेको छ । पार्टीको १४ औं महाधिवेशनमा साझा धारणा बनाएर जाने र पदाधिकारीमा साझा उम्मेदवारी दिने विषयमा पनि छलफल सुरु गरिएको उपसभापति निधिले जानकारी दिनु भयो । उहाँले भन्नु भयो, ‘१४ औं महाधिवेशनमा हामीले पदाधिकारीहरुको उम्मेदवारी दिने जुन कुरा छ । त्यसका बारेमा साझा धारणा बनाउने, साझा उम्मेदवारी बनाउने बारेमा पनि छलफल ग¥यौं । बडा सकारात्मक छलफल भएको छ । यो छलफल आगामी दिनमा पनि जारी राख्छौं ।’

नेपाली काँग्रेसको बारा, रौतहट, सप्तरी र रसुवा जिल्लामा अझै पार्टीको क्रियाशील सदस्यतासम्बन्धि विवाद टुंगो लागेको छैन । त्यसमा पनि नेताहरुले चिन्ता व्यक्त गरेका छन । पार्टीको महाधिवेशन नै प्रभावित हुने गरी अझै क्रियाशिल सदस्यता सम्बन्धि विवाद टुंगो लागि नसकेकोमा पनि आफूहरुले चिन्ता व्यक्त गर्दै छिटो टुंगो लगाउन नेतृत्वको ध्यानाकर्षण गराइएको उपसभापति निधिले बताउनु भयो ।

उपसभापति निधिले पार्टीको आसन्न १४ औं महाधिवेशनमा पार्टी सभापतिमा उम्मेदवारी दिने घोषणा गरिसक्नु भएको छ भने महामन्त्री कोइराला र नेता सिंहले पनि सभापति बन्ने आकांक्षा राख्नु भएको छ । तर उपसभापति निधिले आफूहरु बीच पार्टीको नेतृत्व र नीतिका विषयमा साझा धारणा बनाएर अघि बढने गरी छलफल भईरहेको र त्यो सकारात्मक दिशामा अघि बढिरहेको दावी गर्नु भयो ।