२९ आश्विन २०८३, बिहीबार Thursday, October 15, 2026
२९ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar उन्नत ब्यालिस्टिक क्षेप्यास्त्र निर्माण गर्ने हुथी विद्रोहीको योजनाबारे प्रतिवेदन सार्वजनिक News Polar नीतिगत समस्याका कारण मानव–वन्यजन्तु द्वन्द्व नियन्त्रण चुनौतीपूर्णः प्रकृति संरक्षण कोष News Polar जनकराज सापकोटाको पुस्तक ‘मगनी मरिक’ सार्वजनिकः मधेसको सीमान्तकृत पीडा र विभेदको दस्तावेज News Polar जलवायुजन्य विपद्बाट हुने क्षति न्युनिकरणका लागि प्रतिक्रियात्मक नभई पूर्वतयारीमा ध्यान दिनुपर्छः प्रकृति संरक्षण कोष News Polar सामुदायिक विद्यालयमा पूर्वाधार लगानी: पहिलो चरणमा छानिए यी ८९ विद्यालय, मधेशलाई प्राथमिकता (सूचीसहित) News Polar भूमि बैंक स्थापना गर्ने स्थानीय तहको संख्या ९ पुग्यो, थप ४ पालिकालाई मन्त्रालयले दियो स्वीकृती News Polar कर्णालीमा नुहाउने क्रममा बालिका बेपत्ता News Polar पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आधुनिक हवाई मार्गनिर्देशन प्रणाली लागू गर्ने प्रक्रिया अघि बढ्यो News Polar परराष्ट्रमन्त्री खनालसँग पाकिस्तानी राजदूत खानको शिष्टाचार भेटवार्ता News Polar नागरिक लगानी कोषका सहभागीलाई एभरेष्ट अस्पतालमा उपचारमा २० प्रतिशतसम्म छुट News Polar वार्षिक ५ लाख मेट्रिक टन क्षमताको ग्रीन युरिया प्लान्ट स्थापना गर्ने सरकारको तयारी News Polar पाँच महिनापछि अरुण नदीको सतिघाटमा ‘फेरी’ सञ्चालन News Polar तिब्बती भाषा पढाउन भारत लैजाँदै गरेका २५ बालबालिकाको उद्धार News Polar भदौमा दुई खर्ब २१ अर्ब विप्रेषण भित्रियो News Polar सूर्यविनायकलाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा News Polar दसैँमा नयाँ लुगा नलाइ चित्तै बुझ्दैन… News Polar दसैँसँगै बाँचेका गुणबहादुरहरु News Polar परराष्ट्रमन्त्री खनालसँग इन्डोनेसियाकी गैरआवासीय राजदूत लिस्टयोवतीको शिष्टाचार भेटवार्ता News Polar पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु News Polar कांग्रेस सहमहामन्त्री थारूतर्फ योगेन्द्र अगाडि, महिला केन्द्रीय सदस्यमा जीवनको अग्रता

कांग्रेसका तीन नेताको जोडः छिटोभन्दा छिटो मन्त्रिपरिषद्ले पूर्णता पाओस्

कांग्रेसका तीन नेताको जोडः छिटोभन्दा छिटो मन्त्रिपरिषद्ले पूर्णता पाओस्
अ अ+ अ-

काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसका शीर्ष तहका नेताहरुले नैमन्त्रिपरिषद्लाई तत्काल पूर्णता दिन प्रधानमन्त्री शेरबहादुर देउवालाई दवाव दिन सुरु गरेका छन । 

काँग्रेस उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला र नेता प्रकाशमान सिंहले पार्टी, सरकार र सत्तारुढ गठबन्धनबीचको विश्वसनीयतामै ह्रास आएको निष्कर्ष निकाल्दै तत्काल मन्त्रिपरिषद्लाई पूर्णता दिन पार्टी सभापति समेत रहनु भएका प्रधानमन्त्री देउवालाई दवाव दिनु भएको हो । 

उपसभापति निधिको नयाँ बानेश्वरस्थित निवासमा सोमबार बसेको तीन नेताहरुको बैठकले सत्तारुढ गठबन्धन दलका नेताहरुलाई पनि विभिन्न कारण देखाएर मन्त्रीपरिषदलाई पूर्णता दिने काममा ढिलाई नगर्न सचेत गराउनु भएको छ । सरकार र गठबन्धन दलको विश्वसनीयतामाथि नै प्रश्न उठी सकेकाले छिटोभन्दा छिटो मन्त्रीपरिषदलाई पूर्णता दिन सरकारलाई आग्रह गरिएको उपसभापति निधिले जानकारी दिनु भयो । उहाँले भन्नु भयो, ‘आज ८२÷८३ दिन भईसक्यो सरकार गठन भएको । हाम्रै पार्टीका नेता शेरबहादुरजीको नेतृत्वमा सरकार छ । 

तर अहिलेसम्म मन्त्रीमण्डलले पूर्णता प्राप्त गर्न सकेको छैन । त्यो ज्यादै ढिला भयो । यति ढिलो हुनुहुँदैन भनेर हामीले चिन्ता व्यक्त गरेका छौं । अव छिटोभन्दा छिटो मन्त्रीमण्डलले पूर्णता पाओस् । गठबन्धनका दलहरु जो छन, ती दलहरुको कारणले गर्दाखेरी ढिलाई नहोस् । जनतामा अव ढिलाईको कारणले गठबन्धन र सरकारको कार्य प्रणाली र गठबन्धनको विश्वसनीयतामाथि नै टिकाटिप्पणी थालेको छ । विश्वसनीयतामा ह्रास आउन थालेको छ । त्यसको बारेमा हामीहरुले चिन्ता व्यक्त ग¥यौं ।’

नेताहरुबीच १४ औं महाधिवेशनमा पार्टी पदाधिकारीहरुमा साझा उम्मेदवारी दिने विषयमा पनि छलफल सुरु भएको छ । त्यसैगरी बैठकले क्रियाशील सदस्यतासम्बन्धि बाँकि ४ जिल्लाको विवाद छिटो टुंगो लगाएर पार्टीको वडा अधिवेशन, पालिका अधिवेशन र जिल्ला अधिवेशन समयमै सक्न पनि पार्टी सभापति शेरबहादुर देउवासँग माग गरेको छ । पार्टीको १४ औं महाधिवेशनमा साझा धारणा बनाएर जाने र पदाधिकारीमा साझा उम्मेदवारी दिने विषयमा पनि छलफल सुरु गरिएको उपसभापति निधिले जानकारी दिनु भयो । उहाँले भन्नु भयो, ‘१४ औं महाधिवेशनमा हामीले पदाधिकारीहरुको उम्मेदवारी दिने जुन कुरा छ । त्यसका बारेमा साझा धारणा बनाउने, साझा उम्मेदवारी बनाउने बारेमा पनि छलफल ग¥यौं । बडा सकारात्मक छलफल भएको छ । यो छलफल आगामी दिनमा पनि जारी राख्छौं ।’

नेपाली काँग्रेसको बारा, रौतहट, सप्तरी र रसुवा जिल्लामा अझै पार्टीको क्रियाशील सदस्यतासम्बन्धि विवाद टुंगो लागेको छैन । त्यसमा पनि नेताहरुले चिन्ता व्यक्त गरेका छन । पार्टीको महाधिवेशन नै प्रभावित हुने गरी अझै क्रियाशिल सदस्यता सम्बन्धि विवाद टुंगो लागि नसकेकोमा पनि आफूहरुले चिन्ता व्यक्त गर्दै छिटो टुंगो लगाउन नेतृत्वको ध्यानाकर्षण गराइएको उपसभापति निधिले बताउनु भयो ।

उपसभापति निधिले पार्टीको आसन्न १४ औं महाधिवेशनमा पार्टी सभापतिमा उम्मेदवारी दिने घोषणा गरिसक्नु भएको छ भने महामन्त्री कोइराला र नेता सिंहले पनि सभापति बन्ने आकांक्षा राख्नु भएको छ । तर उपसभापति निधिले आफूहरु बीच पार्टीको नेतृत्व र नीतिका विषयमा साझा धारणा बनाएर अघि बढने गरी छलफल भईरहेको र त्यो सकारात्मक दिशामा अघि बढिरहेको दावी गर्नु भयो ।