• ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
  •   Unicode
Logo
Latest
★   काठमाडौँ महानगरपालिकाले जित्यो उपत्यकाव्यापी खुला मेयर कप फुटबल खेल ★   राष्ट्रिय साइकल दौड: प्रकाश र उषा च्याम्पियन ★   सहकारी ठगि प्रकरणमा संसदीय समिति बनाउने सहमति ★   ‘कोपिलाका सुगन्ध’ बजारमा ★   नासाको ‘सुपरसोनिक एक्स–५९’ विमान पहिलो परीक्षण उडानको लागि तयार ★   न्यायालयमा व्यावसायिक सुधारका प्रशस्त प्रयास भएका छन्ः प्रधानन्यायाधीश ★   तनहुँमा पौडी खेल्ने क्रममा डुबेर दुई युवाको मृत्यु ★   संसदको गतिरोधलाई राजनीतिक सङ्कटका रूपमा व्याख्या गर्नु हुँदैनः महामन्त्री शर्मा ★   ललितपुर मेयर कप महिला क्रिकेटः लगातार चौथो पटक एपिएफ च्याम्पियन ★   मच्छिम डाँडामा निर्मित ‘भ्युस्टेसन’ पर्यटकको रोजाइमा

चोभारमा रहेको सुख्खा बन्दरगाह सञ्चालनमा



काठमाडौं । काठमाडौंको चोभारमा रहेको सुख्खा बन्दरगाह सञ्चालनमा आएको छ ।गत असार महिनामै निर्माण सम्पन्न भएको चोभार सुख्खा बन्दरगाहको आज प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्नुभएको छ ।

चोभार सुख्खा बन्दरगाहमा भन्सार कार्यालय, बैंक तथा अन्य पूर्वाधार स्थापना भएपछि संचालनमा आउन लागेको हो । इन्टरमोडेल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले भारतको नाकाबाट आउने सामग्रीहरुलाई काठमाडौंमै ल्याएर भन्सार चेकजाँच र पास गराउने जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो – ‘सुख्खा बन्दरगाह भन्न बित्तिकै मेन हामीले भन्सार चेकजाँचको फेसिटेशन गर्ने हो । आयात पनि निर्यात पनि । त्यसको लागि भन्सार प्रक्रिया पूर्ण नभइकन न आयात हुन सक्छ न निर्यात हुन सक्छ । भन्सारको सहजीकरणको लागि चाहिएको पूर्वाधार यो सुख्खा बन्दरगाहमा हुन्छ । जस्तै त्यसमा गाडी छिर्नलाई इन्ट्री चाहियो । राम्रो व्यवस्थित गेटको सुविधा हुनुप¥यो । सामान जोख्न धर्मकाँटा त्यसको व्यवस्थापन हुनुप¥यो । एप्रिजेल सेटको संरचना हुनुप-यो ।

कति प्रक्रिया नपुगेको, कागजपत्र नभएको त्यस्तो अवस्थामा व्यापारी, व्यवसायीले हामी केही दिनको लागि सामान स्टोर गर्छौ भन्यो भने त्यसको लागि गोदाम उपलब्ध गराउँछौँ । कन्टेनरका लागि पार्किङ यार्ड र सवारीका लागि पनि पार्किङस्थलहरु बनाएर राखेको छौँ ।

बैंकको लागि स्पेश दिन्छौँ । क्वारेन्टीनको लागि स्पेश दिन्छौँ । रातिको लागि लाइटिङ सिस्टम भयो, इमर्जेन्सीको लागि फायर फाइटिङ भयो । सुरक्षाको लागि सिसी क्यामेराहरु भयो, यो सबै कुरा सुख्खा बन्दरगाहमा हुन्छ र यसले भन्सार चाँज पासको लागि सहजीकरण गर्ने भयो ।’