१८ आश्विन २०८१, शुक्रबार
,
Latest
गाजामा बन्धक बनाइएका ६४ जनाको अवस्था अज्ञात, जीवित रहेको कुनै प्रमाण छैन त्रिभूवन विमानस्थलको सेवामा सुधार ल्याउन पर्यटनमन्त्रीको निर्देशन पूर्वराजा शाह र भुटानी राजाबीच भेट ‘कसरी घर जाने बाटोको अवस्था यस्तो छ’ सहकारी पीडितलाई न्याय दिने भन्दा पनि रविलाई कसरी फसाउने भन्ने नियतमा संसदीय समिति बनाइयो- रवि… सहकारीको रकम अपचलनमा मेरो संलग्नता नभेटिएपछि षड्यन्त्र गर्दैछन्: रवि लामिछाने प्रचण्डद्वारा यातायात क्षेत्रका प्रतिनिधिसँग छलफल, समस्या समाधानका लागि पहल लिने प्रतिबद्धता महँगी र कालोबजारी नियन्त्रण गर्न रास्वपा रुपन्देहीको सरकारलाई ध्यानाकर्षण विराटनगरमा ट्रकको ठक्करबाट साइकलयात्री वृद्धको मृत्यु, आइसीपी रोड तनावग्रस्त मनाङमा पर्यटकको चहलपहल बढ्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी केन्द्रको कार्यक्रममा घम्साघम्सी, कमिटीमा चित्त नबुझ्दा झडप



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले आयोजना गरेको एक कार्यक्रममा झडप भएको छ । सोमबार अखिल क्रान्तिकारीको अध्यक्ष घोषणा गर्ने कार्यक्रममा झडप भएको हो । 

माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)को अध्यक्ष पञ्चा सिंह घोषित भएकी हुन् । सिंहलाई अध्यक्ष घोषणा गर्ने कार्यक्रममा महासचिवमा दिपेश पुनलाई घोषणा गरेपछि अर्को पक्षले विरोध गरेको थियो। 

घोषणा कार्यकक्रममा दुई समूहबीच केहीबेर घम्साघम्सीसमेत परेको थियो। विधानअनुसार १९९ सदस्यीय कमिटी घोषणा गर्नुपर्नेमा ३९९ सदस्यीय घोषणा गर्न लागेपछि दुई पक्षबीच विवाद भएको हो।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सिंहलाई अखिल क्रान्तिकारीको अध्यक्ष बनाउने निर्णय आइतबार नै सुनाएका भए पनि उनी अध्यक्ष निर्वाचित भएको औपचारिक घोषणा भने अखिल क्रान्तिकारीको २२ औं राष्ट्रिय सम्मेलनमार्फत आज गरिएको हो।

सिंहलाई अध्यक्ष बनाउनुअघि प्रचण्डले अखिल क्रान्तिकारीका नेताहरुसँग छलफल गरेका थिए। सोही छलफलपछि सिंहलाई अध्यक्ष बनाउने सुनाइएको थियो। उनि पहिलो महिला अध्यक्ष बनेकी छन्।