१८ आश्विन २०८१, शुक्रबार
,
Latest
गाजामा बन्धक बनाइएका ६४ जनाको अवस्था अज्ञात, जीवित रहेको कुनै प्रमाण छैन त्रिभूवन विमानस्थलको सेवामा सुधार ल्याउन पर्यटनमन्त्रीको निर्देशन पूर्वराजा शाह र भुटानी राजाबीच भेट ‘कसरी घर जाने बाटोको अवस्था यस्तो छ’ सहकारी पीडितलाई न्याय दिने भन्दा पनि रविलाई कसरी फसाउने भन्ने नियतमा संसदीय समिति बनाइयो- रवि… सहकारीको रकम अपचलनमा मेरो संलग्नता नभेटिएपछि षड्यन्त्र गर्दैछन्: रवि लामिछाने प्रचण्डद्वारा यातायात क्षेत्रका प्रतिनिधिसँग छलफल, समस्या समाधानका लागि पहल लिने प्रतिबद्धता महँगी र कालोबजारी नियन्त्रण गर्न रास्वपा रुपन्देहीको सरकारलाई ध्यानाकर्षण विराटनगरमा ट्रकको ठक्करबाट साइकलयात्री वृद्धको मृत्यु, आइसीपी रोड तनावग्रस्त मनाङमा पर्यटकको चहलपहल बढ्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुन उमेर समूहका मानिसले कति घण्टा सुत्ने ?



अ+ अ-

काठमाडौं । मानिसहरुलाई स्वास्थ्य कायम राख्नका लागि पौष्टिक आहारका साथसाथै पर्याप्त निद्रा पनि आवश्यक हुन्छ । तर आजकल विभिन्न कारणवश मानिसहरू पर्याप्त सुत्दैनन् । यसले गर्दा स्वास्थ्यसम्बन्धी कैयौं समस्याहरू आउँछन् ।

अमेरिकाको राष्ट्रिय निद्रा फाउन्डेसनले गरेको अनुसन्धानअनुसार, उमेरको हिसाबमा हामी सबैले फरक फरक अवधिको निद्रा पूरा गर्नुपर्छ । पूरा निद्रा लिँदा मात्र अनेकौं रोगबाट बच्न सकिन्छ । 

शून्यदेखि तीन महिनाको बच्चाले १४ देखि १७ घन्टा सुत्नुपर्छ भने चारदेखि ११ महिनाको बच्चाले १२ देखि १५ घन्टा सुत्नुपर्ने एक अध्यायन देखाएको छ । 

अध्यायनका अनुसार एकदेखि दुई वर्षको बच्चाले ११ देखि १४ घन्टा सुत्नुपर्ने उल्लेख गरेको छ भने तीनदेखि पाँच वर्षको बच्चाले १० देखि १३ घन्टा सुत्नुपर्छ ।

यस्तै ६ देखि १३ वर्षको बच्चाले नौदेखि ११ घन्टा सुत्दा पुग्छ भने चौधदेखि १७ वर्षको किशोरले आठदेखि १० घन्टा सुत्नुपर्छ ।

अठारदेखि ६४ वर्षको मानिसले आठदेखि नौ घन्टा सुत्दा पुग्छ भने पैंसट्ठी वर्षभन्दा माथिको मानिसले सात घन्टा सुत्नुपर्छ ।