१ आश्विन २०८३, बिहीबार
,
Latest
सीप तथा रोजगार आयोजना गर्दै श्रम मन्त्रालय अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय समकक्षी निर्मला सीतारमणबिच भेटवार्ता देउवालाई विदेशबाट खुलापत्र: अब कुर्सी होइन, विरासत रोज्नुहोस् शिक्षामन्त्री पोखरेलद्वारा शिक्षक सेवा आयोगलाई नतिजामुखी बनाउन निर्देशन एन्फा निलम्बनका कारण साफमा नेपालको सहभागिता अन्योल संविधान संशोधनमा सर्वोच्चको फैसला : रास्वपाले दुवै सदनको मत जोडेर दुईतिहाइ पुर्‍याउने उद्देश्य राखेको छैन संविधान कार्यान्वयन अझै अधुरो, अबको दशक पूर्ण कार्यान्वयनमा केन्द्रित हुनुपर्छ–अध्यक्ष दाहाल अन्तर्राष्ट्रिय कल बाइपासका उपकरणसहित पक्राउ एसियाली खेलकुद भलिबलः इन्डोनेसियासँग नेपाल पराजित हिमालय एअरलाइन्सका कर्मचारीद्वारा विपद् उद्धार कोषमा १३ लाख २० हजार सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्थानीय निर्वाचनः झापामा कडा टक्कर, एमाले र काँग्रेस आमनेसामने



अ+ अ-

बिर्तामोड। स्थानीय निकायको निर्वाचनको मिति नजिकिँदै गर्दा दलहरुबीच तयारी तिब्र रुपमा अगाडि बढेको छ । गत निर्वाचनको मतपरिणामलाई आधार मान्दा झापा जिल्लामा प्रमुख रुपमा नेपाली काँग्रेस र नेकपा एमालेबीच नै मुख्य प्रतिस्पर्धा हुने पक्का देखिएको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकाका महामन्त्री विश्वप्रकाश शर्मा र अर्का कुटिल काँग्रेसी नेता कृष्ण प्रसाद सिटौलाको गृह जिल्ला झापामा चुनावी सरगर्मी तातिएको छ ।

स्थानीय जानकारहरुका अनुसार यस पटक झापामा मुख्यतः नेपाली काँग्रेस, नेकपा एमाले र राप्रपा बीच नै कडा प्रतिस्पर्धा हुनेछ । चुनावी तालमेल भए पनि वा नभए पनि झापामा नेकपा (माओवादी केन्द्र) र माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) निकै कमजोर रहेको विश्लेषण गरिएको छ ।

झापामा कूल १५ वटा स्थानीय तह छन् जसमा अर्जुनधारा, कचनकवल, कनकाई, कमल, गौरादह, गौरीगंज, झापा, दमक, बाह्रदशी, बुद्धशान्ति, भद्रपुर, मेचीनगर, बिर्तामोड, शिवसताक्षी र हल्दिबारी नगरपालिका रहेका छन् ।

चुनावी गठजोड

गत निर्वाचनमा देशका प्रमुख पार्टीहरु एक्लाएक्लै चुनाव लडेका थिए । मत परिणामले नेकपा एमाले सबैभन्दा शशक्त रुपमा प्रस्तुत भएको थियो । चुनावमा एमालेले सात वटा प्रमुख र १२ वटा उपप्रमुख जितेर सबैभन्दा ठूलो पार्टी बनेको थियो ।

पराजित भएका स्थानमा पनि झिनो मतान्तरले एमालेका उम्मेदवार पराजित भएका थिए । तर नेकाको उपस्थिति पनि झापामा राम्रै रहेको मान्न सकिन्छ । नेकाले कूल पाँच वटा प्रमुख र २ वटा उपप्रमुख जितेर दोस्रो पार्टी बनेको थियो । तर कतिपय स्थानमा एमालेसँग काँग्रेसका उम्मेदवारहरु झिनो मतान्तरले पराजित भएका थिए ।

उता अप्रत्यासित रुपमा राष्ट्रिय प्रजातन्त्र पार्टीले स्थानीय तहमा विजयी हासिल गर्नुका साथै अरु कतिपय स्थानीय तहमा राम्रै उपस्थिति जनाएको थियो ।

राप्रपाले तीन वटा स्थानीय तहमा प्रमुख तथा एक ठाउँमा उपप्रमुख जितेको थियो ।

तर राष्ट्रिय राजनीतिमा निकै प्रभावशाली ठानिएको नेकपा (माओवादी केन्द्र) भने झापामा निकै कमजोर देखिएको थियो । माओवादीले एउटा पनि स्थानीय निकायमा प्रमुख वा उपप्रमुख जितेको थिएन । एक स्थानमा मात्र उपप्रमुखमा दोस्रो स्थानमा माओवादी थियो ।

यस पटकको अवस्था

अहिलेको चुनावी प्रतिस्पर्धा पनि मुख्य रुपमा तीन दलबीच नै हुने अनुमान गर्न सकिन्छ । यसअघिका हरेक निर्वाचनमा एमालेको राम्रो उपस्थिति रहेकाले पनि एमाले झापामा बलियो छ । एमालेको भोट बैंक माधव कुमार नेपालका कारण केही घट्ने अनुमान गरिए पनि त्यो स्थिति झापामा देखिन्न ।

जानकारहरुका अनुसार एमालेले राजेन्द्र लिङदेनको राप्रपासँग अघोषित तालमेल गर्ने सम्भावना कायमै छ । यदि यस्तो स्थिति उत्पन्न भएमा नेकालाई पनि झापामा निकै कठिन हुने छ भने एमालेलाई अझ फाइदा पुग्नेछ ।

वर्तमान सत्तारुढ गठबन्धनमा आबद्ध दलहरु नेका, माओवादी, नेकपा (एस) र समाजवादी पार्टीले समझदारी कायम गर्न सके एमालेलाई कडा टक्कर दिन सक्नेछन् । एमालेका नेताहरु स्थानीय चुनावमा निकै सक्रियताका साथ जुटिरहेका र उनीहरुले प्रचार अभियानलाई व्यापक बनाएका छन् ।

एमालेबाट चोइटिएको नेकपा (एस) ले चुनावमा खासै प्रभाव नपार्ने एमालेका नेता कार्यकर्ताको भनाई छ । उनीहरु माधव पक्षलाई जुनसुकै अवस्थामा पनि माथि आउन नदिने रणनीतिका साथ कार्य गरिरहेको र त्यसका लागि जस्तोसुकै त्याग गर्न पछि पर्ने छैनन् ।

तर झापाको राजनीतिलाई निजकबाट नियालीरहेका व्यक्तिहरुका अनुसार झापामा माधव नेपाल पक्षधरहरुले प्रमुख वा उपप्रमुखमा उम्मेदवारी दिने सम्भावना कमै छ । सत्ता गठबन्धनले माधव पक्ष र माओवादी केन्द्रलाई पहिले एमालेले निकै मतान्तरमा चुनाव जितेका र एमालेकै प्रभाव क्षेत्रबाट एक वा दुई स्थानबाट चुनाव लडाउने सम्भावना रहेको उनीहरुको भनाई छ ।

क्र.सं. नगरपालिका प्रमुख पार्टी पाएको मत पराजित पार्टी मत उपप्रमुख पार्टी मत
दमक रोमनाथ ओली एमाले   10,806 रामकुमार थापा राप्रपा     7,655 गीता कुमारी पौडेल एमाले  12,625
भद्रपुर जीवन कुमार श्रेष्ठ एमाले   11,042 गणेश पोखरेल नेका     7,215 चन्द्रमाया श्रेष्ठ एमाले  10,650
मेचीनगर बिमल आचार्य नेका   20,776 विष्णुप्रसाद प्रसाइ एमाले   19,192 मिना कुमारी पोखरेल एमाले  20,016
बिर्तामोड ध्रुव कुमार शिवाकोटी एमाले     9,112 जल कुमार गुरूङ नेका     8,217 पवित्रा देवी महतरा एमाले  10,437
कमल मेनुका काफ्ले एमाले    8,275 हुकुमसिंह राइ नेका    8,275 बेनुप्रसाद सिवाकोटी एमाले   9,418
कनकाइ राजेन्द्र पोखरेल एमाले    8,416 एकराज उप्रेती नेका     6,197 मन्जु प्रसाइँ एमाले   8,576
गौरीगंज बाबुराजा श्रेष्ठ राप्रपा    3,740 विद्यानन्द राजवंशी माओवादी केन्द्र     3,353 दीपिन्द्र थापा नेका   3,414
गौरादह रोहित कुमार साह नेका   10,308 मदन प्रसाद अधिकारी एमाले    9,854 गीता भेटवाल एमाले  10,620
झापा जय नारायण साह नेका     4,393 गजेन्द्र ताम्ली एमाले    3,789 कुन्तीदेवी बुढाथोकी एमाले    3,816
१० बाह्रदशी खड्ग प्रसाद राजवंशी नेका     5,539 लक्ष्मण पाठक एमाले     5,111 रत्नाकुमारी राजवंशी नेका   5,453
११ बुद्धशान्ति रमेश कुमार भुजेल नेका     7,996 तिलचन पाठक एमाले     7,353 मिरा भुर्तेल एमाले   7,457
१२ शिवसताक्षी चन्द्र कुमार शेर्मा एमाले   13,439 पर्शुराम ढुंगाना नेका   8,984 भोज कुमारी नेपाल एमाले  13,472
१३ हल्दिबारी रबिन्द्र प्रसाद लिङदेन राप्रपा     3,943 मंजुदेवी सिटौला एमाले     3,543 डम्बर बहादुर गिरि एमाले   4,386
१४ कचनकवल अन्जरा आलम राप्रपा     5,816 कालेन्द्र सिंह राजवंशी नेका     5,353 निमसरी राजवंशी राप्रपा   5,774
१५ अर्जुनधारा हरिकुमार राना मगर एमाले   13,879 हेम प्रसाद खरेल नेका     9,641 कमला खतिवडा एमाले  12,831

त्यही कारण पनि झापाको स्थानीय चुनाव निकै रोचक हुनेछ । राजेन्द्र लिङदेन प्रति जनसमर्थन अहिले केही बढेकाले पनि चुनावी परिणाम मिश्रित आउने अनुमान गर्न सकिन्छ ।