१८ आश्विन २०८१, शुक्रबार
,
Latest
गाजामा बन्धक बनाइएका ६४ जनाको अवस्था अज्ञात, जीवित रहेको कुनै प्रमाण छैन त्रिभूवन विमानस्थलको सेवामा सुधार ल्याउन पर्यटनमन्त्रीको निर्देशन पूर्वराजा शाह र भुटानी राजाबीच भेट ‘कसरी घर जाने बाटोको अवस्था यस्तो छ’ सहकारी पीडितलाई न्याय दिने भन्दा पनि रविलाई कसरी फसाउने भन्ने नियतमा संसदीय समिति बनाइयो- रवि… सहकारीको रकम अपचलनमा मेरो संलग्नता नभेटिएपछि षड्यन्त्र गर्दैछन्: रवि लामिछाने प्रचण्डद्वारा यातायात क्षेत्रका प्रतिनिधिसँग छलफल, समस्या समाधानका लागि पहल लिने प्रतिबद्धता महँगी र कालोबजारी नियन्त्रण गर्न रास्वपा रुपन्देहीको सरकारलाई ध्यानाकर्षण विराटनगरमा ट्रकको ठक्करबाट साइकलयात्री वृद्धको मृत्यु, आइसीपी रोड तनावग्रस्त मनाङमा पर्यटकको चहलपहल बढ्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस दोलखा सभापतिमा पौडेल पक्षका लामा विजयी



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसको दोलखाको सभापतीमा बर्मा लामा निर्वाचित भएका छन्। वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षीय लामाले कृष्ण प्रसाद सिटौला निकट तारा खड्कालाई पराजित गरेका हुन्।

दोश्रो चरणको मतदान पछि लामा ८७७ मत ल्याएर विजयी भएका हुन्।  खड्काले ४८५ मत प्राप्त गरे। कुल खसेको मत १३७३ रहेको छ। 

आइतबार भएको पहिलो चरणको मतदानमा लामाले ६४३, खड्काले ३९७ तथा सभापतिका अन्य प्रत्यासी रुद्र बहादुर खड्का ३५८ र केशव चौंलागाईले ९५ मत ल्याएका थिए। तेस्रो स्थानमा आएका खड्का संस्थापन पक्षका हुन्। उनी १३ औं महाधिवेशनमा जिल्ला सभापति चयन भएका थिए।