२४ भाद्र २०८३, बुधबार
,
Latest
बाढीबाट अवरुद्ध विद्युत् जडान तीव्र : ऊर्जा मन्त्रालय बूढानीलकण्ठमा शैक्षिक सूचना व्यवस्थापन र विद्यालय नक्साङ्कनमा नयाँ प्रविधि ‘नेपालले राहत होइन, जलवायु न्यायसहित क्षतिपूर्ति माग्नुपर्छ’: मुख्यमन्त्री यादव युवाको जायज असन्तुष्टि र हिंसा एउटै विषय होइन: प्रचण्ड सुनसान छन् सौराहाका होटल : पर्यटक भन्दछन् नेपालको विपदमा कसरी रमाउनु ? भोटेकोशी बाढीः लुम्बिनीका २४८ जना अझै सम्पर्कविहीन भम्लु खोलामा सुख्खा पहिराले कर्णाली राजमार्ग पुनः अवरुद्ध भदौ २३–२४ को घटनाको निष्पक्ष छानबिन गर्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह मधेसमा गतआवमा ५९१ किमी सडक विस्तार तथा निर्माण सरकारविरुद्ध फायर खोल्दै रास्वपाकै नेताहरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्याय क्षेत्रलाई राजनीतिक प्रभावबाट मुक्त गर्नुपर्ने माग



अ+ अ-

काठमाडौं । जवाहदेहिता निगरानी समितिले राजनीतिक प्रभावबाट न्याय क्षेत्रलाई मुक्त गरी त्यसको साख जोगाउन सरकार र सर्वोच्च अदालतसमक्ष माग गरेको छ । 

समितिले सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले गठबन्धन सरकारको मन्त्रिमण्डलमा मन्त्रीको भागदाबी गरेको भन्ने समाचारप्रति ध्यानाकर्षण गराउँदै यसले न्यायालयको न्यायिक छवि नै समाप्त पार्ने बताएको छ ।  

प्रधान न्यायाधीशलाई राजनीतिक मामलामा समावेश गर्नु विश्वको न्यायको सिद्धान्त, नेपालको संविधान, विधिको शासन, न्याय प्रणालीका आधारभूत मूल्यमान्यताको बर्खिलापमा हुने र न्यायालयको स्वतन्त्रता तथा क्षमतामाथि प्रश्न उठ्ने समितिको भनाइ छ ।