१८ आश्विन २०८१, शुक्रबार
,
Latest
गाजामा बन्धक बनाइएका ६४ जनाको अवस्था अज्ञात, जीवित रहेको कुनै प्रमाण छैन त्रिभूवन विमानस्थलको सेवामा सुधार ल्याउन पर्यटनमन्त्रीको निर्देशन पूर्वराजा शाह र भुटानी राजाबीच भेट ‘कसरी घर जाने बाटोको अवस्था यस्तो छ’ सहकारी पीडितलाई न्याय दिने भन्दा पनि रविलाई कसरी फसाउने भन्ने नियतमा संसदीय समिति बनाइयो- रवि… सहकारीको रकम अपचलनमा मेरो संलग्नता नभेटिएपछि षड्यन्त्र गर्दैछन्: रवि लामिछाने प्रचण्डद्वारा यातायात क्षेत्रका प्रतिनिधिसँग छलफल, समस्या समाधानका लागि पहल लिने प्रतिबद्धता महँगी र कालोबजारी नियन्त्रण गर्न रास्वपा रुपन्देहीको सरकारलाई ध्यानाकर्षण विराटनगरमा ट्रकको ठक्करबाट साइकलयात्री वृद्धको मृत्यु, आइसीपी रोड तनावग्रस्त मनाङमा पर्यटकको चहलपहल बढ्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्याय क्षेत्रलाई राजनीतिक प्रभावबाट मुक्त गर्नुपर्ने माग



अ+ अ-

काठमाडौं । जवाहदेहिता निगरानी समितिले राजनीतिक प्रभावबाट न्याय क्षेत्रलाई मुक्त गरी त्यसको साख जोगाउन सरकार र सर्वोच्च अदालतसमक्ष माग गरेको छ । 

समितिले सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले गठबन्धन सरकारको मन्त्रिमण्डलमा मन्त्रीको भागदाबी गरेको भन्ने समाचारप्रति ध्यानाकर्षण गराउँदै यसले न्यायालयको न्यायिक छवि नै समाप्त पार्ने बताएको छ ।  

प्रधान न्यायाधीशलाई राजनीतिक मामलामा समावेश गर्नु विश्वको न्यायको सिद्धान्त, नेपालको संविधान, विधिको शासन, न्याय प्रणालीका आधारभूत मूल्यमान्यताको बर्खिलापमा हुने र न्यायालयको स्वतन्त्रता तथा क्षमतामाथि प्रश्न उठ्ने समितिको भनाइ छ ।