१८ आश्विन २०८१, शुक्रबार
,
Latest
गाजामा बन्धक बनाइएका ६४ जनाको अवस्था अज्ञात, जीवित रहेको कुनै प्रमाण छैन त्रिभूवन विमानस्थलको सेवामा सुधार ल्याउन पर्यटनमन्त्रीको निर्देशन पूर्वराजा शाह र भुटानी राजाबीच भेट ‘कसरी घर जाने बाटोको अवस्था यस्तो छ’ सहकारी पीडितलाई न्याय दिने भन्दा पनि रविलाई कसरी फसाउने भन्ने नियतमा संसदीय समिति बनाइयो- रवि… सहकारीको रकम अपचलनमा मेरो संलग्नता नभेटिएपछि षड्यन्त्र गर्दैछन्: रवि लामिछाने प्रचण्डद्वारा यातायात क्षेत्रका प्रतिनिधिसँग छलफल, समस्या समाधानका लागि पहल लिने प्रतिबद्धता महँगी र कालोबजारी नियन्त्रण गर्न रास्वपा रुपन्देहीको सरकारलाई ध्यानाकर्षण विराटनगरमा ट्रकको ठक्करबाट साइकलयात्री वृद्धको मृत्यु, आइसीपी रोड तनावग्रस्त मनाङमा पर्यटकको चहलपहल बढ्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

असहाय तथा विपन्नको हित गर्नु पुण्य कार्य : प्रदेशप्रमुख गुरुङ



अ+ अ-

गण्डकी । गण्डकी प्रदेशप्रमुख पृथ्वीमान गुरुङले समाजका विपन्न तथा असहाय वर्गको हितमा लाग्नु नै सबैभन्दा महत्वपूर्ण पुण्य कार्य हुने बताउनुभएको छ । पोखरा महानगरपालिका–२० भलाम डाँडागाउँ टोल विकास संस्थाको पाँचौँ साधारणसभा तथा युके समाजद्वारा उपलब्ध गराइएको राहत वितरण कार्यक्रममा उहाँले प्रत्येक व्यक्तिले आफ्नो आयआर्जको केही रकम समाजको उत्थानमा लगाउनुपर्ने बताउनुभयो । 

वैदेशिक रोजगारमा रहेका नेपालीले समाजमा परेका प्रत्येक अप्ठेरा परिस्थितिमा सहयोग गरेर महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउँदै उहाँले त्यस्ता सहयोगको पूर्णरूपमा सदुपयोग हुनुपर्ने आवश्यकता औँल्याउनुभयो । 

प्रदेशप्रमुख गुरुङले भन्नुभयो, “नेपालीहरुले विदेशबाट सिकेको सीप र ज्ञानलाई मुलुकको विकासमा लगाउनु पर्दछ ।” जनताको त्याग र तपस्याबाट प्राप्त संवैधानिक अधिकारका बारेमा जनतालाई सचेत गराउनुपर्नेमा जोड दिँदै प्रमुख गुरुङले प्राप्त अधिकारको रक्षासँगै उपयोग गर्दै आर्थिक समृद्धिमा जुट्नुको विकल्प नभएको बताउनुभयो ।

कार्यक्रममा उहाँले समाजद्वारा प्रकाशित डाँडागाउँको परिचय दिने गरी प्रकाशित स्मारिकाको विमोचनसहित युके समाजद्वारा उपलब्ध गराइएको रु एक लाख ५० नौजना बाढीपहिरो पीडितलाई वितरण गर्नुभएको थियो । 

समाजले डाँडागाउँ समाजको विकासका लागि रु दुई लाख आठ हजारसमेत सहयोग गरेको युके समाजका प्रतिनिधि बुद्धिमान गुरुङले जानकारी दिनुभयो ।

कार्यक्रममा पोखरा–२० का वडाध्यक्ष सिम गुरुङले युके समाजले बाढीपीडितलाई दुःखको अवस्थामा गरेको सहयोगको सराहना गर्दै वडाको विकासमा सबैको साथ र सहयोग रहँदै आएको विचार व्यक्त गर्नुभयो ।
 
टोल विकास संस्थाका अध्यक्ष क्याप्टेन चोकबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष क्याप्टेन दलबहादुर गुरुङ, राजनीतिक तथा समाजिक व्यक्तित्व दीपक गुरुङ, तोरणबहादुर गुरुङ, लुमबहादुर गुरुङलगायतले समाजको विकासका लागि वैदेशिक रोजगारमा रहेका युवाहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको धारणा राख्नुभएको थियो ।