२९ आश्विन २०८३, बिहीबार Thursday, October 15, 2026
२९ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar उन्नत ब्यालिस्टिक क्षेप्यास्त्र निर्माण गर्ने हुथी विद्रोहीको योजनाबारे प्रतिवेदन सार्वजनिक News Polar नीतिगत समस्याका कारण मानव–वन्यजन्तु द्वन्द्व नियन्त्रण चुनौतीपूर्णः प्रकृति संरक्षण कोष News Polar जनकराज सापकोटाको पुस्तक ‘मगनी मरिक’ सार्वजनिकः मधेसको सीमान्तकृत पीडा र विभेदको दस्तावेज News Polar जलवायुजन्य विपद्बाट हुने क्षति न्युनिकरणका लागि प्रतिक्रियात्मक नभई पूर्वतयारीमा ध्यान दिनुपर्छः प्रकृति संरक्षण कोष News Polar सामुदायिक विद्यालयमा पूर्वाधार लगानी: पहिलो चरणमा छानिए यी ८९ विद्यालय, मधेशलाई प्राथमिकता (सूचीसहित) News Polar भूमि बैंक स्थापना गर्ने स्थानीय तहको संख्या ९ पुग्यो, थप ४ पालिकालाई मन्त्रालयले दियो स्वीकृती News Polar कर्णालीमा नुहाउने क्रममा बालिका बेपत्ता News Polar पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आधुनिक हवाई मार्गनिर्देशन प्रणाली लागू गर्ने प्रक्रिया अघि बढ्यो News Polar परराष्ट्रमन्त्री खनालसँग पाकिस्तानी राजदूत खानको शिष्टाचार भेटवार्ता News Polar नागरिक लगानी कोषका सहभागीलाई एभरेष्ट अस्पतालमा उपचारमा २० प्रतिशतसम्म छुट News Polar वार्षिक ५ लाख मेट्रिक टन क्षमताको ग्रीन युरिया प्लान्ट स्थापना गर्ने सरकारको तयारी News Polar पाँच महिनापछि अरुण नदीको सतिघाटमा ‘फेरी’ सञ्चालन News Polar तिब्बती भाषा पढाउन भारत लैजाँदै गरेका २५ बालबालिकाको उद्धार News Polar भदौमा दुई खर्ब २१ अर्ब विप्रेषण भित्रियो News Polar सूर्यविनायकलाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा News Polar दसैँमा नयाँ लुगा नलाइ चित्तै बुझ्दैन… News Polar दसैँसँगै बाँचेका गुणबहादुरहरु News Polar परराष्ट्रमन्त्री खनालसँग इन्डोनेसियाकी गैरआवासीय राजदूत लिस्टयोवतीको शिष्टाचार भेटवार्ता News Polar पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु News Polar कांग्रेस सहमहामन्त्री थारूतर्फ योगेन्द्र अगाडि, महिला केन्द्रीय सदस्यमा जीवनको अग्रता

असहाय तथा विपन्नको हित गर्नु पुण्य कार्य : प्रदेशप्रमुख गुरुङ

असहाय तथा विपन्नको हित गर्नु पुण्य कार्य : प्रदेशप्रमुख गुरुङ
अ अ+ अ-

गण्डकी । गण्डकी प्रदेशप्रमुख पृथ्वीमान गुरुङले समाजका विपन्न तथा असहाय वर्गको हितमा लाग्नु नै सबैभन्दा महत्वपूर्ण पुण्य कार्य हुने बताउनुभएको छ । पोखरा महानगरपालिका–२० भलाम डाँडागाउँ टोल विकास संस्थाको पाँचौँ साधारणसभा तथा युके समाजद्वारा उपलब्ध गराइएको राहत वितरण कार्यक्रममा उहाँले प्रत्येक व्यक्तिले आफ्नो आयआर्जको केही रकम समाजको उत्थानमा लगाउनुपर्ने बताउनुभयो । 

वैदेशिक रोजगारमा रहेका नेपालीले समाजमा परेका प्रत्येक अप्ठेरा परिस्थितिमा सहयोग गरेर महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउँदै उहाँले त्यस्ता सहयोगको पूर्णरूपमा सदुपयोग हुनुपर्ने आवश्यकता औँल्याउनुभयो । 

प्रदेशप्रमुख गुरुङले भन्नुभयो, “नेपालीहरुले विदेशबाट सिकेको सीप र ज्ञानलाई मुलुकको विकासमा लगाउनु पर्दछ ।” जनताको त्याग र तपस्याबाट प्राप्त संवैधानिक अधिकारका बारेमा जनतालाई सचेत गराउनुपर्नेमा जोड दिँदै प्रमुख गुरुङले प्राप्त अधिकारको रक्षासँगै उपयोग गर्दै आर्थिक समृद्धिमा जुट्नुको विकल्प नभएको बताउनुभयो ।

कार्यक्रममा उहाँले समाजद्वारा प्रकाशित डाँडागाउँको परिचय दिने गरी प्रकाशित स्मारिकाको विमोचनसहित युके समाजद्वारा उपलब्ध गराइएको रु एक लाख ५० नौजना बाढीपहिरो पीडितलाई वितरण गर्नुभएको थियो । 

समाजले डाँडागाउँ समाजको विकासका लागि रु दुई लाख आठ हजारसमेत सहयोग गरेको युके समाजका प्रतिनिधि बुद्धिमान गुरुङले जानकारी दिनुभयो ।

कार्यक्रममा पोखरा–२० का वडाध्यक्ष सिम गुरुङले युके समाजले बाढीपीडितलाई दुःखको अवस्थामा गरेको सहयोगको सराहना गर्दै वडाको विकासमा सबैको साथ र सहयोग रहँदै आएको विचार व्यक्त गर्नुभयो ।
 
टोल विकास संस्थाका अध्यक्ष क्याप्टेन चोकबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष क्याप्टेन दलबहादुर गुरुङ, राजनीतिक तथा समाजिक व्यक्तित्व दीपक गुरुङ, तोरणबहादुर गुरुङ, लुमबहादुर गुरुङलगायतले समाजको विकासका लागि वैदेशिक रोजगारमा रहेका युवाहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको धारणा राख्नुभएको थियो ।