२३ भाद्र २०८३, मंगलवार
,
Latest
‘जेनजी’ आन्दोलनको एक वर्षः पूर्वाधार क्षेत्रमा कानुनी सुधारदेखि सुरुङमार्गसम्म जेन-जी स्मृति दिवस -तस्बिरहरु कांग्रेसको १५औँ महाधिवेशनका लागि राष्ट्रिय सभा गृहका हल र परिसर माग रसुवामा बाढीपहिरोबाट मृत्यु हुनेको संख्या १ हजार ३५७ पुग्यो रास्वपा सभापति लामिछानेले भने : ‘जेनजी आन्दोलनको मर्मबाट एक इन्च पनि विचलित हुने छैनौँ’ देवीघाटदेखि सिंचाईसम्म तत्काल अस्थायी पुल बनाउन स्थानीयको माग ‘सामाजिक सञ्जालमा अफवाह फैलाउनेविरुद्ध तीव्र निगरानीसहित कडा कारबाही’ क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा जेनजी आन्दोलनको वर्षदिनमा २४ अगुवाको प्रश्न : छानबिन प्रतिवेदन किन लुकाइयो? जेनजी फ्रन्टको निष्कर्ष : नयाँ सरकार आए पनि शासन शैली पुरानै
तपाईं के खोज्दै हुनुहुन्छ ?

आर्सनल क्रिस्टल प्यालेससँग पराजित



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले पराजय बेहोरेको छ । सोमबार मध्यरातमा भएको खेलमा आर्सनल क्रिस्टल प्यालेससँग ३–० गोलले पराजित भएको हो ।

खेलको १६ औं मिनेटमा जिन फिलिप मेटेटाले गोल गर्दै घरेलु मैदानमा क्रिस्टल प्यालेसलाई सुरुवाती अग्रता दिलाएका थिए । २४ औं मिनेटमा जोर्डन अइयुले गोल गर्दै प्यालेसको अग्रता दोब्बर पारे । यस्तै, दोस्रो हाफको ७४ औं मिनेटमा विल्फ्रेड जाहाले पेनाल्टीमार्फत गोल गर्दै प्यालेसलाई ३–० को जित दिलाए ।

पराजित आर्सनलले अंकतालिकाको चौंथो स्थानमा उक्लने अवसर गुमायो । २९ खेल खेलेको आर्सनल ५४ अंकसहित पाँचौं स्थानमा रहेको छ ।

यस्तै, ३० खेलबाट ३७ अंक जोडेको क्रिस्टल प्यालेस नवौं स्थानमा रहेको छ ।