६ पुष २०८२, आईतवार
,
Latest
प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित निर्वाचनको तयारीमा लाग्न प्रधानमन्त्रीको आग्रह ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल रवि लामिछानेलाई पार्टी कार्यालयमा भव्य स्वागत (तस्बिरहरु) पार्टी जिम्मेवारीमा फर्किंदै रवि लामिछानेले भने–‘निर्वाचनमा जानुको विकल्प छैन’ तेह्रथुमबाट गगन थापा एकल सिफारिस, प्रदेशले थप्यो सीता गुरुङको नाम पर्ल हार्बरका अन्तिम साक्षीमध्ये एक इरा स्काबको निधन राष्ट्रियसभा अध्यक्षसँग चिनियाँ राजदूतको बिदाइ भेट
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसको घोषणापत्र तयारी समिति, आरजु राणा,डा जुगल भुर्तेल, डा इन्द्रा अधिकारी लगायत २८ सदस्य



अ+ अ-

काठमाडौ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको ‘स्थानीय तह निर्वाचन–२०७९, घोषणापत्र तयारी समिति’ मा २८ सदस्य मनोनित गर्नुभएको छ ।

उहाँले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको गत फागुन ३ गतेको बैठकको निर्णयानुसार महामन्त्री गगनकुमार थापाको संयोजकत्वमा गठन भएको समितिमा आज सदस्य मनोनित गर्नुभएको हो ।

समितिको सदस्यमा डा आरजु राणा देउवा, मधु आचार्य, प्राडा गोविन्दराज पोखरेल, अजयबाबु शिवाकोटी, नृपबहादुर वड, कान्तिका सैजुवाल, गुरुराज घिमिरे, किरण गिरी, हरिप्रभा खड्गी, भीम ढुङ्गाना, दिलीपप्रताप खाँण, वंशलाल तामाङ, विजयशङ्कर यादव, उमा थापा मगर मनोनित हुनुभएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

यसैगरी समितिको सदस्यमा भुपेन्द्र राई, ममता महतो, डा जुगल भुर्तेल, गेजा शर्मा वाग्ले, जगदीश भट्टराई, प्रताप पौडेल, शङ्कर तिवारी, पुरुषोत्तम नेपाल, डा इन्द्रा अधिकारी, डा अभिमन्यु सिंह, डा बुद्धिमान श्रेष्ठ, मनिष झा, जिमी लामा र शिलशिला आचार्य मनोनित हुनुभएको छ ।