२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचक १५.९४ अंकले गिरावट



अ+ अ-

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचकमा गिरावट आएको छ ।

सोमबार नेप्से परिसूचक १५.९४ अंक घटेर २ हजार ४९७.४७ विन्दुमा झरेको छ । सेन्सेटिभ इण्डेक्स २.४७ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.०४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६८ अंकले गिरावट आएको छ ।

सोमबार कारोबारमा आएको २२६ कम्पनीको ३४ लाख २९ हजार कित्ता शेयर १ अर्ब ५८ करोड ४६ लाख ७१ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । आइतबारको तुलनामा सोमबारको कारोबार रकम बृद्धि भएको छ । आइतबार १ अर्ब ४६ करोडको शेयर कारोबार भएको थियो ।

सोमबार नेप्सेका १३ वटै उपसमूहको परिसूचक ओरालो लागेको छ । निर्जीवन बीमा, अन्य र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ भने बाँकी अन्य उपसमूहको शेयर मूल्य ० प्रतिशत भन्दा बढीले गिरावट आएको छ ।

नेप्से परिसूचकमा गिरावट आए पनि २ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा राष्ट्र उत्थान लघुवित्त र नेष्डो समृद्ध लघुवित्तको शेयरमूल्य १० प्रतिशत बढेर कारोबार भएको छ । त्यस्तै इमर्जिङ्ग नेपालको शेयरमूल्य ९.१२ प्रतिशत बढेको छ । कर्णाली डेभलपमेन्ट बैंक र प्रभु इन्स्योरेन्सको शेयरमूल्य ४ प्रतिशतभन्दा बढीले गिरावट आएको छ ।

कारोबार रकमका आधारमा ६ करोड ३९ लाख १५ हजार रुपैयाँ बराबरको शेयर कारोबार गरेर इमर्जिङ्ग नेपाल शीर्ष स्थानमा रहेको छ । नबिल बैंकको साँढे ५ करोडभन्दा बढीको शेयर कारोबार भएको छ ।