१८ आश्विन २०८१, शुक्रबार
,
Latest
दशैँमा काठमाडौंमा खसी–च्याङ्ग्राको मासुको कमी हुन दिँदैनौँ: व्यवसायी राष्ट्रपति पौडेलसँग राष्ट्रिय सभाका अध्यक्ष दाहालको भेट छैटौं एशियाली जनसंख्या सम्मेलन काठमाडौंमा हुने अफगानिस्तानका स्टार स्पिनर राशिद खानले गरे विवाह हेलेन आँधीका कारण अमेरिकामा २१० भन्दा बढीको मृत्यु ग्लोबल आइएमई बैंकका ग्राहकलाई नेपाल मणिपाल शिक्षण अस्पतालमा विशेष छुटको सुविधा परिवारलाई सहयोग गर्न इँटा भट्टामा काम गर्छन् अफगान बालबालिकाहरू धितोपत्र बोर्डको अध्यक्षको अन्तर्वार्ता स्थगित मुस्ताङमा बाह्य पर्यटकको चहलपहल बढ्न थाल्यो परराष्ट्रमन्त्री डा राणा आज स्वदेश फर्कंनुहुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

माइक्रो चढेर राष्ट्रपति चन्द्रागिरीमा



अ+ अ-

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी माइक्रो चढेर चन्द्रागिरी हिल्स पुगेकी छन् । राष्ट्रपति भण्डारी सोमवार राति माइक्रो चढेर चन्द्रागिरी पुगेको र आज शीतल निवास फर्किने कार्यक्रम रहेको छ । 

राष्ट्रपतिका प्रेस सल्लाहकार टीका ढकालका अनुसार राष्ट्रपति भण्डारीको कुनै कार्यक्रम नभए पनि चन्द्रागिरी केबलकार चढेर पृथ्वीनारायणले युद्ध लडेको ठाउँको अवलकोन गर्ने भएकी हुन् । सोमवार साँझ राष्ट्रपति चन्द्रागिरी रिसोर्टमै बसेको बताइएको छ ।

सर्वसाधारणको सवारी आवागमनमा असर पर्न नदिन राष्ट्रपतिले कुनै कारगेड बिना नै चन्द्रागिरी जाने व्यवस्था मिलाउन निर्देशन दिएको शीतल निवास स्रोतले जनाएको छ ।