• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   गृहमन्त्री लामिछानेद्वारा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको अवलोकन ★   चितवनमा हुरीका कारण केराखेतीमा रु १२ करोडको क्षति ★   नेपालमा ब्रिटिस लगानीका लागि महासङ्घको अनुरोध ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा २८ गते सुनुवाइ हुने ★   विश्वकप छनोट खेल्ने नेपाली फुटबल टोलीको बिदाइ ★   प्रसुति गृहको नयाँ भवन चाँडै सञ्चालनमा ल्याउन स्वास्थ्यमन्त्री यादवको निर्देशन ★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम ★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते ★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत

समृद्ध कर्णालीका लागि छ वटा ‘ब’ आवश्यक : मुख्यमन्त्री शाही



वीरेन्द्रनगर । कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले प्रदेशको विकासका लागि छ वटा ‘ब’लाई ध्यान दिनुपर्ने बताउनुभएको छ ।

‘समृद्ध कर्णाली विकासका पाँच वर्ष’ विषयक बहस कार्यक्रममा उहाँले कर्णालीको समृद्धि र विकास भएको हेर्न चाहने हो भने राज्यका सबै निकायले छ वटा ‘ब’ लाई ध्यान दिनुपर्ने बताउनुभएको हो ।

मुख्यमन्त्री शाहीले सङ्घीय सरकारले गरिबी, भोक, रोग र पिछडिएको उपमा दिएको कर्णालीको मुहार फेर्नका लागि छ वटा ब (बाटो, बिजुली, बिचार, वन, बजार र व्यवस्थापन) लाई ध्यान दिन आवश्यक रहेको छ भन्नुभयो । “यहाँका सबै बस्तीमा यी छ ‘ब’ लाई अबलम्वन गर्न नसकेकै कारण कर्णालीको विकास हुन नसकेको हो”, उहाँले भन्नुभयो, ‘यदी कर्णालीका सबै बस्तीमा छ ‘ब’ को अबधारण पुर्‍याउने हो भने प्राकृतिक श्रोत साधनले भरिपूर्ण कर्णालीको मुहार फेर्न कसैको मुख ताक्नु पर्ने अवस्था आउँदैन ।”

मुख्यमन्त्री शाहीले कर्णालीमा हुने सबै खाले नराम्रा कामको दोष आफू लिने र प्रदेशमा बनेका बाटो, बिजुुली, सिँचाइ, सडक, भवन, सरसफाइलगायतका नयाँ र राम्रा कार्य भए त्यसको जस जनतालाई दिने बताउनुभयो । उहाँले कर्णालीको समृद्धि र विकासका लागि सबैले सकारात्मक रुपमा अगाडि बढ्नुपर्ने बताउनुभयो ।