२९ आश्विन २०८३, बिहीबार Thursday, October 15, 2026
२९ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar तनहुँमा एक वर्षमा ४६ वन्यजन्तुको उद्धार News Polar सङ्गठित अपराधको कसुरमा चार जना पक्राउ News Polar विपद्पछिको पुनर्निर्माण र पुनःस्थापना सरकारको प्राथमिकताः मन्त्री पुन News Polar दसैँका च्याङ्ग्राको मूल्य महँगो, रोज्जाकै ५० हजार News Polar उदयपुरमा बस दुर्घटना एकको मृत्यु, १६ जना घाइते News Polar राजमार्गका होटल तथा रेस्टुरेन्टलाई मूल्यसूची राख्न र ग्राहकलाई बिल दिन विभागको निर्देशन News Polar उन्नत ब्यालिस्टिक क्षेप्यास्त्र निर्माण गर्ने हुथी विद्रोहीको योजनाबारे प्रतिवेदन सार्वजनिक News Polar नीतिगत समस्याका कारण मानव–वन्यजन्तु द्वन्द्व नियन्त्रण चुनौतीपूर्णः प्रकृति संरक्षण कोष News Polar जनकराज सापकोटाको पुस्तक ‘मगनी मरिक’ सार्वजनिकः मधेसको सीमान्तकृत पीडा र विभेदको दस्तावेज News Polar जलवायुजन्य विपद्बाट हुने क्षति न्युनिकरणका लागि प्रतिक्रियात्मक नभई पूर्वतयारीमा ध्यान दिनुपर्छः प्रकृति संरक्षण कोष News Polar सामुदायिक विद्यालयमा पूर्वाधार लगानी: पहिलो चरणमा छानिए यी ८९ विद्यालय, मधेशलाई प्राथमिकता (सूचीसहित) News Polar भूमि बैंक स्थापना गर्ने स्थानीय तहको संख्या ९ पुग्यो, थप ४ पालिकालाई मन्त्रालयले दियो स्वीकृती News Polar कर्णालीमा नुहाउने क्रममा बालिका बेपत्ता News Polar पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आधुनिक हवाई मार्गनिर्देशन प्रणाली लागू गर्ने प्रक्रिया अघि बढ्यो News Polar परराष्ट्रमन्त्री खनालसँग पाकिस्तानी राजदूत खानको शिष्टाचार भेटवार्ता News Polar नागरिक लगानी कोषका सहभागीलाई एभरेष्ट अस्पतालमा उपचारमा २० प्रतिशतसम्म छुट News Polar वार्षिक ५ लाख मेट्रिक टन क्षमताको ग्रीन युरिया प्लान्ट स्थापना गर्ने सरकारको तयारी News Polar पाँच महिनापछि अरुण नदीको सतिघाटमा ‘फेरी’ सञ्चालन News Polar तिब्बती भाषा पढाउन भारत लैजाँदै गरेका २५ बालबालिकाको उद्धार News Polar भदौमा दुई खर्ब २१ अर्ब विप्रेषण भित्रियो

भारत कनेक्सनकोे रहस्य खुलेपछि निधि गुटमा खैलाबैला

भारत कनेक्सनकोे रहस्य खुलेपछि निधि गुटमा खैलाबैला
अ अ+ अ-

काठमाडौ ।  नेपालका लागि पूर्व भारतीय राजदूत रञ्जित रेको यसै साता बजारमा आएको ‘काठमाडौं डिलेमा (रिसेटिङ इन्डिया–नेपाल टाइज)’ पुस्तकमा तत्कालीन गृहमन्त्री विमलेन्द्र निधिका बारेमा खुलेर टिप्पणी गरेका छन् । आफ्नो लेखाइमा कसैको नाम नलिएपनि तत्कालीन गृहमन्त्री विमलेन्द्र निधिले आईजीपीको नियुक्तिमा आफूलाई सोधेको कुरालाई उनले बडो रहस्यमय रुपमा सो पुस्तकमा उठाएका छन् ।

उनले यो निधिको प्रसग यसरी उठाएका छन् कि भारतले नेपालको माइक्रो म्यानेजमेन्टमा खासै हात हाल्न नचाहेको भएपनि निधिले भने नेपालको प्रहरी आइजीपी कसलाई बनाउने भनेर सोधेको र आफूले भने वरिष्ठता क्रममा जो छ उसैलाई बनाउँदा हुन्छ भनेर सुझाएको बताएका छन् ।  

रेले दिएको उदाहरणमा, नेपालमा प्रहरी महानिरिक्षकको नियुक्तीका बेला तत्कालीन गृहमन्त्री विमलेन्द्र निधि स्वयंमले राजदूत रेलाई फोन गरेर आईजी उम्मेद्वारबारे राय मागेको कुरा उनको पुस्तकको पृष्ठ १८ मा उल्लेख गरेका छन् । ‘मैले वरिष्ठता र मेरिट आधारमा जुन उम्मेद्वार अघि आउँछ, त्यही छानिनू उपयुक्त होला भनेर सुझाएको थिएँ,’ भनेर पनि रेले आफ्नो पुस्तकमा लेखेका छन् । संयोगले त्यसबेला आईजीपी उम्मेद्वार रहेका चारैजना वरिष्ठ प्रहरी अधिकृत (डीआईजी) नवराज सिलवाल, प्रकाश अर्याल, जयबहादुर चन्द र बमबहादुर भण्डारी भारतीय सदासयताको आग्रहसहित ‘लोयल्टी’ दर्शाउँदै राजदूत रेलाई भेट्न भारतीय दूताबास पुगेको कुरा पनि रेले लेखेका छन् । 

त्यसबेला गृहमन्त्री निधीले चाहेका आईजीपी उम्मेद्वार नवराज सिलवाल थिए र, जो पछि प्रहरी सेवाबाट राजीनामा दिँदै एमाले प्रवेश गरेर सांसद समेत बनेका थिए । तर, पार्टी सभापति एवं प्रधानमन्त्री देउवाले भने जयबहादुर चन्दलाई चाहेको र चन्द नै आईजीपी सिफारिसमा परेका थिए । तर, यो विवादास्पद निर्णयमाथि रिट परेपछि कार्यसम्पादन मूल्यांकनका आधारमा अदालतले अर्याललाई आईजीपी बनाउन सिफारिस गरेका थियो ।

तर यहाँ निधिको काम यति संशयपूर्ण देखिन्छ कि एकातर्फ गृहमन्त्री भएका व्यक्तिले तत्कालीन प्रधानमन्त्री तथा आफ्नै पार्टीका सभापति शेरबहादुर देउवालाई नै यस विषयमा केही जानकारी गराएनन् । आफ्नै पार्टीका सभापति प्रधानमन्त्री भएका बेलामा देउवालाई नै जानकारी नगराएर उनले कसलाई आइजिपी नियुक्त गर्ने भन्ने परामर्श भारतीय राजदूतसँग गरेका रहेछन् । अहिले रेले आफ्नो पुस्तकमा पो जो सिनियर छ उसैलाई नियुक्त गर्नु भनेको बताएका छन् तर त्यतिबेला उनको पनि कुनै रोजाई पो थियो कि ? त्यही कारणले नेपालमा आइजीपी नियुक्तीको काण्ड निकै नै विवादास्पद भएको थियो । अहिले खुलासा भयो कि निधिको यही कारणले नै उ समयमा आइजीपीको नियुक्ति निकै विवादमा परेको रहेछ ।  

अर्काे कुरा उनले देशलाई यति बदनाम गराएका रहेछन् कि निधिले रेसँग नयाँ आइजीको नाम मागेको कुरा प्रहरीभित्रै थाहा भएका कारणले सबै तीनजना डिआइजीहरु लैनचौरस्थित भारतीय राजदूताबासमा लाम लागेर पुगे । निधिले नै यो सूचना प्रहरीमा नचुहाएको भए ती एआइजीहरु कसरी लैनचौर पुगे त ? गृहमन्त्रीजस्तो देशको संवेदनशील पदमा आसिन कुनै व्यक्तिले मुलुकको शान्ति सुरक्षा कायम गर्ने जिम्मेवारी पाएको आइजीपी जस्तो व्यक्तिको नियुक्तिका लागि यसरी विदेशी दूताबासमा प्रहरी संगठनका अधिकारीहरुलाई यसरी लाम लाग्न पठाउनु निधिले गरेको मुलुकको राष्टियतामाथिको घात होइन ? होइन भने देशद्रोहको अर्काे परिभाषा के हुनसक्छ ? 

यतिमात्र नभएर उनले नेपाली काँग्रेस पार्टीलाई पनि ठूलो घात गरेका रहेछन् । उनले यहाँसम्म गरेका रहेछन् कि उनले आफूले भारतीय दूताबाससँग नाम मागेर आइजीपी बनाउन खोजेका सिलवाल तत्कालै प्रहरी संगठनबाट राजीनामा गरेर उता एमालेमा गएर सांसद नै खाए । त्यसो भए एमालेका यति नजिकका व्यक्तिलाई निधिले काँग्रेस सरकारका पालमा आइजीपी बनाउने अडान किन लिएका रहेछन् त ? यो पैसाको चलखेल बाहेक अरु के हो ? यसले अब निधिले यस पटक आफू सभापतिमा उठ्ने भनी गरेको तयारीमा धेरै ठूलो बज्रपात भएको हुनुपर्छ ।

यो घटनाबाट नेपाली कांग्रेसका उपसभापति समेत रहेका र अहिले सभापतिका उम्मेदवार विमलेन्द्र निधि भारतीय भारतीय दूतावाससँग किन यतिधेरै नजिक थिए भन्ने कुरा बडो संकास्पद हुन्छ । यसअघि पत्रकार सुधिर शर्माले लेखेको प्रयोगशाला पुस्तकमाजस्तै यस पुस्तकमा पनि निधिको सक्कली रुप देख्न सकिन्छ । नेपालका लागि पूर्व भारतीय राजदूत रञ्जित रेको यस पुस्तकमा एक जना नेपाली नेताले पदमा रहँदा कसरी भारतीय दूतावासको नजिक भएर काम गर्ने गर्थे भन्ने बारेमा पनि बडो ठूलो रहस्य खुलाइएको छ । 

अहिले निधिले पार्टी सभापतिको उम्मेदवारी दिने तयारी गरेका छन् । उनले आफू उठ्ने जानकारी दिइसकेका छन् । तर उनको भारतसँगको यो कनेक्सनले यतिखेर नेपाली काँग्रेसमा भन्दा पनि निधि गुटमा नै खैलाबैला ल्याएको छ । उनको गुटमा लागेर हिँडेका व्यक्तिहरुले पनि अहिले आफ्नै पार्टी सभापति देउवा प्रधानमन्त्री भएका बेला उनलाई नसोधेर आइजीपी कसलाई बनाउने भन्ने कुरा निधिले किन भारतका राजदूतलाई सोधे भनेर ठूलो खैलाबैला भएको छ । उनीहरुले निधिको यो कार्यको विरोध गर्दै उनको भूमिका नै निकै संकास्पद रहेकाले भोलिका दिनमा उनीसँग साथ लागेर हिँड्न नसकिने निष्कर्षमा पुगेका छन् । 

उनले देउवाको विरुद्धमा उम्मेदवारी दिने भनिसकेका छन् । त्यसो त सधैँ देउवा गुटमा नै रहेर फाइदा लिँदै आएका उनले यही आइजी काण्डपछि नै देउवासँग आफू टाढिएको आफ्ना निकटवर्तीसँग बताउँदै आएका थिए । तर यो थाहा पाएका देउवाले पनि आफूसँग निधि नहुँदैमा कुनै फरक नपर्ने बताउँदै आएका छन् । तर भारतीय कनेक्सनको यो बडो संवेदनशील र आपत्तिजनक कुरा बाहिर आएपछि भने अब निधिले पार्टी सभापतिमा उम्मेदबारी नदिने मनस्थितिमा देखिएका बुझिएको छ ।

यो गम्भीर प्रकृतिको उनको रहस्यको खुलासा भएपछि काँग्रेसको आगामी महाधिवेशनमा उनले सभापतिमा हार्ने त निश्चित नै भएको छ । किनभने नेपालमै रहेका र त्यो पनि भारतजस्तो देशका राजदूतले आफ्नो पुस्तकमै निधिका बारेमा गरेको चर्चाले धेरैलाई आश्चर्य चकित र सशंकित नै बनाएको छ । त्यसैले भोलि उनको पक्षमा लागेर आफ्नो भविष्य नदेखेपछि धेरैल निधिको साथ छोडेर सभापति देउवातिरै लाग्ने बताएका समाचार स्रोतले बताएको छ ।