२९ आश्विन २०८३, बिहीबार Thursday, October 15, 2026
२९ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar तनहुँमा एक वर्षमा ४६ वन्यजन्तुको उद्धार News Polar सङ्गठित अपराधको कसुरमा चार जना पक्राउ News Polar विपद्पछिको पुनर्निर्माण र पुनःस्थापना सरकारको प्राथमिकताः मन्त्री पुन News Polar दसैँका च्याङ्ग्राको मूल्य महँगो, रोज्जाकै ५० हजार News Polar उदयपुरमा बस दुर्घटना एकको मृत्यु, १६ जना घाइते News Polar राजमार्गका होटल तथा रेस्टुरेन्टलाई मूल्यसूची राख्न र ग्राहकलाई बिल दिन विभागको निर्देशन News Polar उन्नत ब्यालिस्टिक क्षेप्यास्त्र निर्माण गर्ने हुथी विद्रोहीको योजनाबारे प्रतिवेदन सार्वजनिक News Polar नीतिगत समस्याका कारण मानव–वन्यजन्तु द्वन्द्व नियन्त्रण चुनौतीपूर्णः प्रकृति संरक्षण कोष News Polar जनकराज सापकोटाको पुस्तक ‘मगनी मरिक’ सार्वजनिकः मधेसको सीमान्तकृत पीडा र विभेदको दस्तावेज News Polar जलवायुजन्य विपद्बाट हुने क्षति न्युनिकरणका लागि प्रतिक्रियात्मक नभई पूर्वतयारीमा ध्यान दिनुपर्छः प्रकृति संरक्षण कोष News Polar सामुदायिक विद्यालयमा पूर्वाधार लगानी: पहिलो चरणमा छानिए यी ८९ विद्यालय, मधेशलाई प्राथमिकता (सूचीसहित) News Polar भूमि बैंक स्थापना गर्ने स्थानीय तहको संख्या ९ पुग्यो, थप ४ पालिकालाई मन्त्रालयले दियो स्वीकृती News Polar कर्णालीमा नुहाउने क्रममा बालिका बेपत्ता News Polar पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आधुनिक हवाई मार्गनिर्देशन प्रणाली लागू गर्ने प्रक्रिया अघि बढ्यो News Polar परराष्ट्रमन्त्री खनालसँग पाकिस्तानी राजदूत खानको शिष्टाचार भेटवार्ता News Polar नागरिक लगानी कोषका सहभागीलाई एभरेष्ट अस्पतालमा उपचारमा २० प्रतिशतसम्म छुट News Polar वार्षिक ५ लाख मेट्रिक टन क्षमताको ग्रीन युरिया प्लान्ट स्थापना गर्ने सरकारको तयारी News Polar पाँच महिनापछि अरुण नदीको सतिघाटमा ‘फेरी’ सञ्चालन News Polar तिब्बती भाषा पढाउन भारत लैजाँदै गरेका २५ बालबालिकाको उद्धार News Polar भदौमा दुई खर्ब २१ अर्ब विप्रेषण भित्रियो

उपत्यकाका विभिन्न स्थानबाट हराएका मोटरसाइकल धनीलाई हस्तान्तरण

उपत्यकाका विभिन्न स्थानबाट हराएका मोटरसाइकल धनीलाई हस्तान्तरण
अ अ+ अ-

काठमाडौं । ट्राफिक प्रहरीले उपत्यकाका विभिन्न स्थानबाट हराएका मोटरसाइकल फेला पारेर सम्बन्धित धनीलाई बुझाएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट सादा पोशाकमा खटिएको ट्राफिक प्रहरी टोलीले उपत्यकाका विभिन्न स्थानबाट हराएका १० मोटरसाइकल र ११ स्कुटर फेला पारेर आज सम्बन्धित धनीलाई बुझाएको हो । 

सो अवसरमा महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले मोटरसाइकल हराउन नदिन सवारीधनी आफैँ विशेष चनाखो हुनुपर्ने बताउनुभयो । “उपत्यकाबाट हराएका अधिकाशं सवारीसाधन उपत्यकाका आसपासका इकालकामा फेला पर्ने गरेका छन्,” उहाँले भन्नुभयो । महाशाखाले सवारीसाधन चोरी गर्ने व्यक्तिलाई पक्राउ गरी मुद्दासमेत चलाउँदै आएको छ । 

स्कुटरको सवारी दर्ता किताब (बिलबुक) डिकिमै राख्ने चलनले गर्दा कतिपय चोरी भएका स्कुटर पनि बिलबुकका साथ खुलमखुला हिँड्ने गरेको उहाँको भनाइ थियो । पछिल्लो समय उपत्यकामा पल्सर मोटरसाइकल र डियो स्कुटर बढी चोरी हुने गरेको महाशाखाले जनाएको छ । 

चालू आर्थिक वर्षमा उपत्यकामा हराएका ३२६ मोटरसाइकल तथा स्कुटरमध्ये १४६ मोटरसाइकल तथा स्कुटर फेला पारिएको महाशाखा प्रमुख भट्टराईले बताउनुभयो । यस्तै महाशाखाले मोटरसाइकल चोरी कार्यमा संलग्न १९ जनालाई पक्राउ गरी मुद्दासमेत चलाइसकेको छ । (रासस)

यो पनि पढ्नुहोस् :

मोटरसाइकल चोरी गर्ने चार पक्राउ