१८ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपत्यकाका विभिन्न स्थानबाट हराएका मोटरसाइकल धनीलाई हस्तान्तरण



अ+ अ-

काठमाडौं । ट्राफिक प्रहरीले उपत्यकाका विभिन्न स्थानबाट हराएका मोटरसाइकल फेला पारेर सम्बन्धित धनीलाई बुझाएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट सादा पोशाकमा खटिएको ट्राफिक प्रहरी टोलीले उपत्यकाका विभिन्न स्थानबाट हराएका १० मोटरसाइकल र ११ स्कुटर फेला पारेर आज सम्बन्धित धनीलाई बुझाएको हो । 

सो अवसरमा महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले मोटरसाइकल हराउन नदिन सवारीधनी आफैँ विशेष चनाखो हुनुपर्ने बताउनुभयो । “उपत्यकाबाट हराएका अधिकाशं सवारीसाधन उपत्यकाका आसपासका इकालकामा फेला पर्ने गरेका छन्,” उहाँले भन्नुभयो । महाशाखाले सवारीसाधन चोरी गर्ने व्यक्तिलाई पक्राउ गरी मुद्दासमेत चलाउँदै आएको छ । 

स्कुटरको सवारी दर्ता किताब (बिलबुक) डिकिमै राख्ने चलनले गर्दा कतिपय चोरी भएका स्कुटर पनि बिलबुकका साथ खुलमखुला हिँड्ने गरेको उहाँको भनाइ थियो । पछिल्लो समय उपत्यकामा पल्सर मोटरसाइकल र डियो स्कुटर बढी चोरी हुने गरेको महाशाखाले जनाएको छ । 

चालू आर्थिक वर्षमा उपत्यकामा हराएका ३२६ मोटरसाइकल तथा स्कुटरमध्ये १४६ मोटरसाइकल तथा स्कुटर फेला पारिएको महाशाखा प्रमुख भट्टराईले बताउनुभयो । यस्तै महाशाखाले मोटरसाइकल चोरी कार्यमा संलग्न १९ जनालाई पक्राउ गरी मुद्दासमेत चलाइसकेको छ । (रासस)

यो पनि पढ्नुहोस् :

मोटरसाइकल चोरी गर्ने चार पक्राउ