१८ आश्विन २०८१, शुक्रबार
,
Latest
अमिताभ बच्चनको पहिलो तमिल फिल्म ‘वैट्टैयन’ को ट्रेलर रिलिज, ७३ वर्षको उमेरमा एक्सन गर्दै रजनीकान्त दशैँमा काठमाडौंमा खसी–च्याङ्ग्राको मासुको कमी हुन दिँदैनौँ: व्यवसायी राष्ट्रपति पौडेलसँग राष्ट्रिय सभाका अध्यक्ष दाहालको भेट छैटौं एशियाली जनसंख्या सम्मेलन काठमाडौंमा हुने अफगानिस्तानका स्टार स्पिनर राशिद खानले गरे विवाह हेलेन आँधीका कारण अमेरिकामा २१० भन्दा बढीको मृत्यु ग्लोबल आइएमई बैंकका ग्राहकलाई नेपाल मणिपाल शिक्षण अस्पतालमा विशेष छुटको सुविधा परिवारलाई सहयोग गर्न इँटा भट्टामा काम गर्छन् अफगान बालबालिकाहरू धितोपत्र बोर्डको अध्यक्षको अन्तर्वार्ता स्थगित मुस्ताङमा बाह्य पर्यटकको चहलपहल बढ्न थाल्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

अपहरण तथा शरिरबन्धक कसुरका अभियुक्तहरू पक्राउ



अ+ अ-

काठमाडौं । प्रहरीले अपहरण तथा शरिरबन्धक कसुरका अभियुक्तलाई पक्राउ गरेको छ । 

काठमाडौं चन्द्रागिरी न.पा वडा नं. ३ थानकोटमा डेरा गरी बस्ने निरमान भोम्जनको डेरा कोठाबाट उनको श्रीमतीलाई जबरजस्ती डर त्रास देखाई अपहरण गरी बन्धक बनाएको घटनाको अनुसन्धानको सिलसिलामा महाशाखाबाट खटिएको अनुसन्धान टोलीले उनीहरुलाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा भक्तपुरका ३७ वर्षीय धिरोज श्रेष्ठ  र भक्तपुरकै सरस्वतीखेलकी २९ वर्षीया रसिला अवाल रहेका छन् । 

पिडितलाई भक्तपुर चाँगुनारायण न.पा. वडा नं. १ सरस्वतीखेल स्थित रसिला अवालको घरकोठाबाट आइतबार उद्दार गरि उक्त घटनामा संलग्न श्रेष्ठ र अवाललाई पक्राउ गरेको हो । 

उनीहरुलाई सोमबारदेखि लागू हुने गरि जिल्ला अदालत काठमाडौंबाट पाँच दिनको म्याद थप भई थप आवश्यक अनुसन्धानको लागी महानगरीय प्रहरी परिसर टेकु पठाईएको प्रहरीले जनाएको छ ।