२४ भाद्र २०८३, बुधबार
,
Latest
युवाको जायज असन्तुष्टि र हिंसा एउटै विषय होइन: प्रचण्ड सुनसान छन् सौराहाका होटल : पर्यटक भन्दछन् नेपालको विपदमा कसरी रमाउनु ? भोटेकोशी बाढीः लुम्बिनीका २४८ जना अझै सम्पर्कविहीन भम्लु खोलामा सुख्खा पहिराले कर्णाली राजमार्ग पुनः अवरुद्ध भदौ २३–२४ को घटनाको निष्पक्ष छानबिन गर्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह मधेसमा गतआवमा ५९१ किमी सडक विस्तार तथा निर्माण सरकारविरुद्ध फायर खोल्दै रास्वपाकै नेताहरु भदौ २४ को हिंसा लोकतन्त्र र संविधानमाथिको ‘ठूलो आक्रमण’ : ओली म्याग्दी नदीमाथि झोलुङ्गे पुल निर्माण : बाँसबोटका किसानलाई केरा बिक्री गर्न सहज भोटेकोशी बाढी प्रभावित क्षेत्रमा ‘जेनेरेटर’ वितरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

अपहरण तथा शरिरबन्धक कसुरका अभियुक्तहरू पक्राउ



अ+ अ-

काठमाडौं । प्रहरीले अपहरण तथा शरिरबन्धक कसुरका अभियुक्तलाई पक्राउ गरेको छ । 

काठमाडौं चन्द्रागिरी न.पा वडा नं. ३ थानकोटमा डेरा गरी बस्ने निरमान भोम्जनको डेरा कोठाबाट उनको श्रीमतीलाई जबरजस्ती डर त्रास देखाई अपहरण गरी बन्धक बनाएको घटनाको अनुसन्धानको सिलसिलामा महाशाखाबाट खटिएको अनुसन्धान टोलीले उनीहरुलाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा भक्तपुरका ३७ वर्षीय धिरोज श्रेष्ठ  र भक्तपुरकै सरस्वतीखेलकी २९ वर्षीया रसिला अवाल रहेका छन् । 

पिडितलाई भक्तपुर चाँगुनारायण न.पा. वडा नं. १ सरस्वतीखेल स्थित रसिला अवालको घरकोठाबाट आइतबार उद्दार गरि उक्त घटनामा संलग्न श्रेष्ठ र अवाललाई पक्राउ गरेको हो । 

उनीहरुलाई सोमबारदेखि लागू हुने गरि जिल्ला अदालत काठमाडौंबाट पाँच दिनको म्याद थप भई थप आवश्यक अनुसन्धानको लागी महानगरीय प्रहरी परिसर टेकु पठाईएको प्रहरीले जनाएको छ ।