३ भाद्र २०८३, बुधबार
,
Latest
राहुपारेको अस्थायी बस्ती र संरचना हटाइयो यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंकबीच कर्जासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता लागुऔषधसहित दुई जना पक्राउ जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

इजरायली राष्ट्रपति इसहाक बाबी यार नरसंहारको वार्षिकोत्सवमा भाग लिन त्यसतर्फ प्रस्थान



अ+ अ-

जेरुसेलम । इजरायली राष्ट्रपति इसहाक हर्जोग मङ्गलबार युक्रेनको बाबी यार नरसंहारको ८०औं वार्षिकोत्सवको अवसरमा  आयोजित एक कार्यक्रममा भाग लिन त्यसतर्फ प्रस्थान गरेका छन् । उक्त नरसंहार यहुदीको सबैभन्दा ठूलो सामूहिक हत्यामध्ये एक हो ।

नाजीद्वारा सन् १९४१ सेप्टेम्बर २९ र ३० मा घटाइएको उक्त घटनामा ३३,००० भन्दा बढी मानिस मारिएका थिए । ती मध्ये अधिकांश यहूदी थिए ।

गत जुलाईमा राष्ट्रपति पद सम्हालेका हर्जोगको यो पहिलो राजकीय भ्रमण हो । यद्यपि उनी छिमेकी जोर्डन राजा अब्दुल्लाह द्वितीयसँग वार्ताका लागि भने त्यसतर्फ गएका थिए । र्याभिन (खोला) जसलाई बाबिन यार पनि भनिन्छ, त्यहाँ ३३००० जनालाई सामूहिक मृत्युदण्ड दिइएको थियो ।

मृत्युदण्डको बीभत्स दृश्यस्थलका रूपमा परिचित त्यसस्थलमा यहूदी, रोमा, र सोभियत युद्ध कैदीसहित १००,००० मानिस मारिएका थिए ।

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की, जो यहूदी वंशका हुन् उनले हर्जोगलाई उक्त समारोहमा आमन्त्रित गरेका थिए । गत हप्ता बाबी यारको भ्रमणको क्रममा उनले त्यहाँको त्रासदी कहिल्यै दोहोरिनु हुँदैन भनेका थिए ।

उनले भनेका थिए यस्तो त्रासदी युक्रेनमा छैन । युरोपमा कहीं पनि छैन । संसारमा कहीं छैन । (रासस-एफपी)