१८ आश्विन २०८१, शुक्रबार
,
Latest
बाढी पीडितलाई चिनियाँ कम्युनिष्ट पार्टीले पठायो राहत राहत सामग्री नपाएको बाढीपीडितको गुनासो अमिताभ बच्चनको पहिलो तमिल फिल्म ‘वैट्टैयन’ को ट्रेलर रिलिज, ७३ वर्षको उमेरमा एक्सन गर्दै रजनीकान्त दशैँमा काठमाडौंमा खसी–च्याङ्ग्राको मासुको कमी हुन दिँदैनौँ: व्यवसायी राष्ट्रपति पौडेलसँग राष्ट्रिय सभाका अध्यक्ष दाहालको भेट छैटौं एशियाली जनसंख्या सम्मेलन काठमाडौंमा हुने अफगानिस्तानका स्टार स्पिनर राशिद खानले गरे विवाह हेलेन आँधीका कारण अमेरिकामा २१० भन्दा बढीको मृत्यु ग्लोबल आइएमई बैंकका ग्राहकलाई नेपाल मणिपाल शिक्षण अस्पतालमा विशेष छुटको सुविधा परिवारलाई सहयोग गर्न इँटा भट्टामा काम गर्छन् अफगान बालबालिकाहरू
तपाईं के खोज्दै हुनुहुन्छ ?

चन्द्रागिरिको चुचुरोबाट राष्ट्रप्रमुखले उपत्यका चियाउँदा (फोटो फिचर)



अ+ अ-

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी आइतबार दिउँसो परिवारका सदस्यहरु सहित  ऐतिहासिक एवं पर्यटकीय स्थल चन्द्रागिरि  पुग्नुभयो । 

कारगेड सुरक्षासहित यात्रा गर्दा ट्राफिक जाम हुने र यात्रुहरुले सास्ती पाउने भन्दै माइक्रो बसमा चढेर चन्द्रागिरि पुग्नु भएकी राष्ट्रपति भण्डारीले सोमबारको रात त्यहीँ बिताउनु भयो । 

परिवारका सदस्यहरुसँग बसेर उहाँले चन्द्रागिरिको चुचुरोबाट काठमाडौं उपत्यका नियाल्नु भएको थियो । मंगलबार बिहान प्रसिद्ध शिवमन्दिर भालेश्वर मन्दिरमा पूजा गरी चद्रागिरि रिसोर्टमा खाना खाएर उहाँ राष्ट्रपति कार्यालय, शीतल निवास फर्कनु भएको छ । 

राष्ट्रपति भण्डारीलाई चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकाल र महाप्रबन्धक अभिषेक विक्रम शाहले स्वागत गर्नुका साथै त्यहाँको वस्तुस्थितिका बारेमा जानकारी गराउनु भएको थियो ।  

काठमाडौंबाट नजिकको यस ऐतिहासिक पर्यटकीय स्थलमा पछिल्ला केही वर्षदेखि विभिन्न देशका लब्धप्रतिष्ठित व्यक्तिका साथै देशका प्रमुख नेताहरुको रोजाईको गन्तव्यमा पर्न थालेको छ ।

साथै यहाँको केबल कार चढ्न एवं दृश्यावलोकन गर्न बर्सेनि ठूलो संख्यामा मानिसहरु चन्द्रागिरि पुग्ने गर्दछन् । लकडाउनका कारण बन्द रहेको चन्द्रागिरि पछिल्ला केही सातादेखि सर्वसाधारणका लागि खुला छ । 

चन्द्रागिरि हिल्सका अनुसार यहाँको भ्रमण गर्ने व्यक्तिले कोभिडका न्यूनतम निर्देशिका पालना गर्नु पर्दछ । 


 

तस्वीरहरु- सुनिल महर्जन