१८ आश्विन २०८१, शुक्रबार
,
Latest
अमिताभ बच्चनको पहिलो तमिल फिल्म ‘वैट्टैयन’ को ट्रेलर रिलिज, ७३ वर्षको उमेरमा एक्सन गर्दै रजनीकान्त दशैँमा काठमाडौंमा खसी–च्याङ्ग्राको मासुको कमी हुन दिँदैनौँ: व्यवसायी राष्ट्रपति पौडेलसँग राष्ट्रिय सभाका अध्यक्ष दाहालको भेट छैटौं एशियाली जनसंख्या सम्मेलन काठमाडौंमा हुने अफगानिस्तानका स्टार स्पिनर राशिद खानले गरे विवाह हेलेन आँधीका कारण अमेरिकामा २१० भन्दा बढीको मृत्यु ग्लोबल आइएमई बैंकका ग्राहकलाई नेपाल मणिपाल शिक्षण अस्पतालमा विशेष छुटको सुविधा परिवारलाई सहयोग गर्न इँटा भट्टामा काम गर्छन् अफगान बालबालिकाहरू धितोपत्र बोर्डको अध्यक्षको अन्तर्वार्ता स्थगित मुस्ताङमा बाह्य पर्यटकको चहलपहल बढ्न थाल्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

जापान, जर्मनी र इटलीका वैज्ञानिकलाई भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान



अ+ अ-

काठमाडौं । जापान, जर्मनी र इटलीका तीन वैज्ञानिकलाई यस वर्षको भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गरिएको छ ।जापानका स्युकुरो मानाबे र जर्मनीका क्लाउस हासेलमनलाई आधा र बाँकी आधा इटलीका गियोर्जियो परिसीलाई आधा गरी भौतिकशास्त्रको नोबेल पुरस्कार दिने निर्णय गरेको हो । 

मानाबे र क्लाउसलाई पृथ्वीको जलवायु भौतिक मोडलिङबारे गरेको अध्ययन र पारिसीलाई आणविकदेखि आकाशीय पिण्डसम्मको भौतिक प्रणालीको गडबढीबारे गरेको अध्ययनका लागि नोबेल पुरस्कार दिने घोषणा गरिएको हो । मंगलबार रोयल स्वीडिस एकेडेमी साइन्सका महासचिव गोरान हन्सनले उक्त सूचना घोषणा गरेका हुन् ।

एउटै क्षेत्रमा काम गरेका वैज्ञानिकलाई संयुक्तरुपमा नोबेल पुरस्कार दिने प्रचलन छ । गत वर्ष पनि कालोक्षिद्रबारे अध्ययन गरेका तीन वैज्ञानिकलाई भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार दिइएको थियो ।