२९ आश्विन २०८३, बिहीबार Thursday, October 15, 2026
२९ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar तनहुँमा एक वर्षमा ४६ वन्यजन्तुको उद्धार News Polar सङ्गठित अपराधको कसुरमा चार जना पक्राउ News Polar विपद्पछिको पुनर्निर्माण र पुनःस्थापना सरकारको प्राथमिकताः मन्त्री पुन News Polar दसैँका च्याङ्ग्राको मूल्य महँगो, रोज्जाकै ५० हजार News Polar उदयपुरमा बस दुर्घटना एकको मृत्यु, १६ जना घाइते News Polar राजमार्गका होटल तथा रेस्टुरेन्टलाई मूल्यसूची राख्न र ग्राहकलाई बिल दिन विभागको निर्देशन News Polar उन्नत ब्यालिस्टिक क्षेप्यास्त्र निर्माण गर्ने हुथी विद्रोहीको योजनाबारे प्रतिवेदन सार्वजनिक News Polar नीतिगत समस्याका कारण मानव–वन्यजन्तु द्वन्द्व नियन्त्रण चुनौतीपूर्णः प्रकृति संरक्षण कोष News Polar जनकराज सापकोटाको पुस्तक ‘मगनी मरिक’ सार्वजनिकः मधेसको सीमान्तकृत पीडा र विभेदको दस्तावेज News Polar जलवायुजन्य विपद्बाट हुने क्षति न्युनिकरणका लागि प्रतिक्रियात्मक नभई पूर्वतयारीमा ध्यान दिनुपर्छः प्रकृति संरक्षण कोष News Polar सामुदायिक विद्यालयमा पूर्वाधार लगानी: पहिलो चरणमा छानिए यी ८९ विद्यालय, मधेशलाई प्राथमिकता (सूचीसहित) News Polar भूमि बैंक स्थापना गर्ने स्थानीय तहको संख्या ९ पुग्यो, थप ४ पालिकालाई मन्त्रालयले दियो स्वीकृती News Polar कर्णालीमा नुहाउने क्रममा बालिका बेपत्ता News Polar पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आधुनिक हवाई मार्गनिर्देशन प्रणाली लागू गर्ने प्रक्रिया अघि बढ्यो News Polar परराष्ट्रमन्त्री खनालसँग पाकिस्तानी राजदूत खानको शिष्टाचार भेटवार्ता News Polar नागरिक लगानी कोषका सहभागीलाई एभरेष्ट अस्पतालमा उपचारमा २० प्रतिशतसम्म छुट News Polar वार्षिक ५ लाख मेट्रिक टन क्षमताको ग्रीन युरिया प्लान्ट स्थापना गर्ने सरकारको तयारी News Polar पाँच महिनापछि अरुण नदीको सतिघाटमा ‘फेरी’ सञ्चालन News Polar तिब्बती भाषा पढाउन भारत लैजाँदै गरेका २५ बालबालिकाको उद्धार News Polar भदौमा दुई खर्ब २१ अर्ब विप्रेषण भित्रियो

गलैंचा उद्दोगका मजदूरहरुद्वारा आन्दोलनको चेतावनी

गलैंचा उद्दोगका मजदूरहरुद्वारा आन्दोलनको चेतावनी
अ अ+ अ-

काठमाडौं । गलैचा उद्योगका मजदुरहरुले आन्दोलनको चेतावनी दिएका छन् । राज्यले तोकेको न्युनतम ज्याला कार्यान्वयन नभएको भन्दै गलैंचा उद्दोगसम्वद्ध ट्रेड युनीयनहरुले आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी आन्दोलनको चेतावनी दिएका हुन् ।

नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा, लोसपा, राप्रपा र विप्लव निकट ट्रेड यूनियनहरुले माग पूरा नभए तिहार र छठलगत्तै सडक संघर्षमा उत्रने बताए ।

नेपाल गलैचा श्रमिक संघका अध्यक्ष सविरमान वि.कले आफूहरुमाथि अन्याय भइरहेको भन्दै अन्तिम विकल्पका रुपमा आन्दोलनमा जाने बताए । उनले भने, ‘छठ पछि निर्मम संघर्षमा जान्छौं ।’ उनले पटक पटक ध्यानाकर्षण गर्दा पनि सुनुवाई नभएकाले सडकमा जाने अवस्था आउन लागेको बताए ।

नेपालको अर्थतन्त्रमा राम्रै टेवा पुर्याउन सफल नेपाली गलैचा उद्योग भित्र प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा अहिले पनि १०औं हजार श्रमिकहरु कार्यरत रहेको बताए । लगभग ४० देखि ५० को दशकमा नेपालको अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको गलैचा उद्योगहरु क्रमिक रुपमा खुम्चिदै गएको र अहिले तेस्रो स्थानमा पुग्दा आफुलाई दुःख लागेका सुनाए । उनले भने, ‘गलैचा उद्योगलाई व्यवसायीक रुपमा बिकास भएदेखि नै गलैचा श्रमिकहरु आफ्नो पेशागत अधिकार र पहिचानको निम्ति अनवरत संघर्षरत रहेका छन् ।’

जुट गार्मेन्ट कार्पेट टेक्सटायल मजदुर युनियन नेपालका उप–प्रमुख युवराज जिरेलले अब सडक संघर्षको विकल्प नदेखिएको बताए । आफूहरुमाथि निकै शोषण भइरहेको भन्दै संघर्षमा जाने वाध्यता देखिएको बताए । गलैचा उद्योगमा मकवानपुर, बारा, पर्सा, सर्लाही, रौतहट, सिन्धुली र अन्य जिल्ला सहित विशेष गरी ६ वटा जिल्लामा बसोबास रहेका निम्न वर्गका समुदायका बालबच्चाहरु उद्योगभित्र पिल्सीएको अवस्थामा श्रम गरी बाँच्न बाध्य पारिएको बताए । उनले भने, ‘उद्योगभित्र श्रम शोषणको विविध तरिकाहरु छन् ।’

अखिल नेपाल गलैचा मजदुर संघका अध्यक्ष सोनाम सिं घिसिङले नेपाल  सरकारले तोकिएको न्युनतम ज्याला कार्यान्वयन नहुनु, श्रमिकलाई मेरो श्रमिक हो भन्ने कुनै आधार प्रमाण नदिनु, परिचय पत्रको व्यवस्था नगर्नु, श्रम ऐन कानुनले दिएको अधिकारबाट बन्चित गराइरहेको बताए । उनले रोजगार सम्झौता बिना काम लगाउनु, कामदारको हाजिरी नराख्नु, व्यवसायीहरु बाटनै ठेकेदारी प्रथालाई प्राथमिकता दिनु लगाएतको विभिन्न अधिकारबाट बन्चित गराएको समेत बताए ।

नेपाल समाजवादी गलैचा मजदुर संघका अध्यक्ष मोलम लामाले उद्योगभित्र अत्यधिक बाल श्रम हुनु, व्यवसायी–व्यवसायीबीच नै प्रतिस्पर्धामा श्रमिकलाई पशु खरिद बिक्रि जस्तै गरी अग्रिम पेस्की बाँड्ने र पेस्की असुल्ने नाममा श्रमिकको घरघरमा गएर समाउने कुटपिट अपहरण र हत्या गर्नेसम्मको गतिविधि गर्न पछि नपर्ने आरोप लगाए । अन्यायले हद नाघेको भन्दै कडा संघर्षको चेतावनी दिए ।

अखिल नेपाल क्रान्तिकारी गलैचा मजदुर संघको अध्यक्ष बिशाल सुब्बाले नेपालको संविधानले जारी गरेको श्रम ऐन २०७४ र सामाजिक सुरक्षा कोष ऐन २०७४ कार्यान्वयनमा व्यवसायीहरुको तत्परता नदेखाएको समेत उनले गुनासो गरे । उनले भने, ‘श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको प्रतिनिधी सामाजिक सुरक्षा कोषका प्रतिनिधि सहित गलैचा संघ नेपाल, निकासी कर्ता संघका प्रतिनिधिहरुसँग संवाद गर्न पटक–पटक अनुरोध गर्दा समेत बेवस्ता गरेको आरोप लगाए । उनले भने, ‘सरकारी निकायको रोहवरमा छलफल तथा संवाद गर्न पटक–पटक अनुरोध गर्दा समेत बेवस्ता गर्नु भनेको राज्य र देशको कानुनमाथि उपहास गर्नु हो ।’

समाजवादी गलैचा श्रमिक संघका अध्यक्ष सुरेश मोक्तानले व्यवसायीहरुका नराम्रो खाले रवैयाको विरुद्ध गलैचा श्रमिकहरुलाई आफ्नो पहिचान सहित पेशागत अधिकारका निमित्त एकजुट हुन अनुरोध गरे । ६ वटा घटक राष्ट्रिय संघहरुले संयुक्त रुपमा असार ३१ गते पेश गरेको ध्यानाकर्षण पत्रमा उल्लेखित मुद्दा नै गलैचा श्रमिकको जीवनस्तर उठाउने आधार बताए । छठपछि हुने आन्दोलनका लागि तयार रहन श्रमिकहरुलाई आग्रह गरे ।