१८ आश्विन २०८१, शुक्रबार
,
Latest
अमिताभ बच्चनको पहिलो तमिल फिल्म ‘वैट्टैयन’ को ट्रेलर रिलिज, ७३ वर्षको उमेरमा एक्सन गर्दै रजनीकान्त दशैँमा काठमाडौंमा खसी–च्याङ्ग्राको मासुको कमी हुन दिँदैनौँ: व्यवसायी राष्ट्रपति पौडेलसँग राष्ट्रिय सभाका अध्यक्ष दाहालको भेट छैटौं एशियाली जनसंख्या सम्मेलन काठमाडौंमा हुने अफगानिस्तानका स्टार स्पिनर राशिद खानले गरे विवाह हेलेन आँधीका कारण अमेरिकामा २१० भन्दा बढीको मृत्यु ग्लोबल आइएमई बैंकका ग्राहकलाई नेपाल मणिपाल शिक्षण अस्पतालमा विशेष छुटको सुविधा परिवारलाई सहयोग गर्न इँटा भट्टामा काम गर्छन् अफगान बालबालिकाहरू धितोपत्र बोर्डको अध्यक्षको अन्तर्वार्ता स्थगित मुस्ताङमा बाह्य पर्यटकको चहलपहल बढ्न थाल्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

सीमामा कुनै समस्या छैन , समस्या देखिए तत्काल वार्ता गर्न चीनको आग्रह



अ+ अ-

काठमाडौ ।  चीन सरकारले नेपाल र चीन बीच कुनै पनि सीमा समस्या नरहेको जनाएको छ ।  नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले  मंगलबार ट्विट गर्दे  दुई देशबीचको सीमा विवादमुक्त रहेको जनाउनु भएको हो ।

सोमबार मात्र परराष्ट्रमन्त्री डा. नारायण खड्का संग भेट गर्नुभएकी राजदुत यान्छीले नेपाल र चीन बीच सीमाका बारेमा कुनै समस्या नरहेको यदि नेपाल सरकारलाई समस्या छ भन्ने लाग्छ भने कुनै पनि बेला सम्वादमा बस्न तयार रहेको जाकनारी गराउनु भएको परराष्ट्र श्रोतले जानकारी दियो । राजदुत यान्छीले यस बिषयमा भर्चुअल सम्बाद आवश्यक परे पनि चीन सरकार तयार रहेको जानकारी गराउदै नेपाल सरकारको दृष्टिकोण माग्नु भएको थियो । जबाफमा मन्त्री खड्काले सीमाका बारेमा अध्यायन गर्न गठित समितिले सरकारलाई प्रतिबेदन बुझाएपछि अध्यायन गर्न नभ्याएको  भन्दै अध्यायन पछि  मात्र  आफुहरुको धारणा स्पष्ट हुने बताउनु भएको थियो । जबाफमा राजदुत यान्छीले नेपाल सरकारले यस बिषय उठाएका कारण छिटो भन्दा छिटो समस्या हल गर्नुपर्ने भनाई राख्नु भएको स्रोतले जनायो ।  

यसै बीच राजदुत यान्छीले नेपाल र चीनबीच सीमा सन्धि भएको ६० वर्ष पुगेको अवसरमा गर्नुभएको ट्विटमा भन्नुभएको छ ‘मित्रवत् छलफलपछि ६० वर्षअघि चीन र नेपालले सीमा सन्धिमा हस्ताक्षर गरेका थिए। त्यसयता हाम्रो सीमा कुनै पनि विवादबाट मुक्त छ र यो मित्रताको बन्धन तथा आपसी फाइदा हुने सहकार्यको सेतु बनेको छ,’।

 

60 years ago today, China and Nepal signed the Boundary Treaty through friendly negotiation, our border is free from any disputes since then and has become a bond of friendship and a bridge of mutually benefitial cooperation. Check out the precious photos:https://t.co/zE1i3HCznJ pic.twitter.com/AIQQf3ZyoD

— Ambassador Hou Yanqi (@PRCAmbNepal) October 5, 2021

केपी ओली नेतृत्वको सरकारले चीन संग कुनैसीमा  समस्या नरहेको जनाएको थियो तर पाँचदलिय गठबन्धनबाट प्रधानमन्त्री बन्नुभएका शेरबहादुर  देउवा नेतृत्वको सरकारले चीन संग सीमा समस्या रहेको भन्दै सीमा विवाद अध्ययन गर्न  कार्यदल बनाएको थियो । कार्यदलले असोज १० गते गृहमन्त्री बालकृष्ण खाँडलाई   प्रतिवेदन बुझाएको थियो।