२९ आश्विन २०८३, बिहीबार Thursday, October 15, 2026
२९ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar तनहुँमा एक वर्षमा ४६ वन्यजन्तुको उद्धार News Polar सङ्गठित अपराधको कसुरमा चार जना पक्राउ News Polar विपद्पछिको पुनर्निर्माण र पुनःस्थापना सरकारको प्राथमिकताः मन्त्री पुन News Polar दसैँका च्याङ्ग्राको मूल्य महँगो, रोज्जाकै ५० हजार News Polar उदयपुरमा बस दुर्घटना एकको मृत्यु, १६ जना घाइते News Polar राजमार्गका होटल तथा रेस्टुरेन्टलाई मूल्यसूची राख्न र ग्राहकलाई बिल दिन विभागको निर्देशन News Polar उन्नत ब्यालिस्टिक क्षेप्यास्त्र निर्माण गर्ने हुथी विद्रोहीको योजनाबारे प्रतिवेदन सार्वजनिक News Polar नीतिगत समस्याका कारण मानव–वन्यजन्तु द्वन्द्व नियन्त्रण चुनौतीपूर्णः प्रकृति संरक्षण कोष News Polar जनकराज सापकोटाको पुस्तक ‘मगनी मरिक’ सार्वजनिकः मधेसको सीमान्तकृत पीडा र विभेदको दस्तावेज News Polar जलवायुजन्य विपद्बाट हुने क्षति न्युनिकरणका लागि प्रतिक्रियात्मक नभई पूर्वतयारीमा ध्यान दिनुपर्छः प्रकृति संरक्षण कोष News Polar सामुदायिक विद्यालयमा पूर्वाधार लगानी: पहिलो चरणमा छानिए यी ८९ विद्यालय, मधेशलाई प्राथमिकता (सूचीसहित) News Polar भूमि बैंक स्थापना गर्ने स्थानीय तहको संख्या ९ पुग्यो, थप ४ पालिकालाई मन्त्रालयले दियो स्वीकृती News Polar कर्णालीमा नुहाउने क्रममा बालिका बेपत्ता News Polar पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आधुनिक हवाई मार्गनिर्देशन प्रणाली लागू गर्ने प्रक्रिया अघि बढ्यो News Polar परराष्ट्रमन्त्री खनालसँग पाकिस्तानी राजदूत खानको शिष्टाचार भेटवार्ता News Polar नागरिक लगानी कोषका सहभागीलाई एभरेष्ट अस्पतालमा उपचारमा २० प्रतिशतसम्म छुट News Polar वार्षिक ५ लाख मेट्रिक टन क्षमताको ग्रीन युरिया प्लान्ट स्थापना गर्ने सरकारको तयारी News Polar पाँच महिनापछि अरुण नदीको सतिघाटमा ‘फेरी’ सञ्चालन News Polar तिब्बती भाषा पढाउन भारत लैजाँदै गरेका २५ बालबालिकाको उद्धार News Polar भदौमा दुई खर्ब २१ अर्ब विप्रेषण भित्रियो

सीमामा कुनै समस्या छैन , समस्या देखिए तत्काल वार्ता गर्न चीनको आग्रह

सीमामा  कुनै समस्या छैन , समस्या देखिए  तत्काल वार्ता गर्न चीनको आग्रह
अ अ+ अ-

काठमाडौ ।  चीन सरकारले नेपाल र चीन बीच कुनै पनि सीमा समस्या नरहेको जनाएको छ ।  नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले  मंगलबार ट्विट गर्दे  दुई देशबीचको सीमा विवादमुक्त रहेको जनाउनु भएको हो ।

सोमबार मात्र परराष्ट्रमन्त्री डा. नारायण खड्का संग भेट गर्नुभएकी राजदुत यान्छीले नेपाल र चीन बीच सीमाका बारेमा कुनै समस्या नरहेको यदि नेपाल सरकारलाई समस्या छ भन्ने लाग्छ भने कुनै पनि बेला सम्वादमा बस्न तयार रहेको जाकनारी गराउनु भएको परराष्ट्र श्रोतले जानकारी दियो । राजदुत यान्छीले यस बिषयमा भर्चुअल सम्बाद आवश्यक परे पनि चीन सरकार तयार रहेको जानकारी गराउदै नेपाल सरकारको दृष्टिकोण माग्नु भएको थियो । जबाफमा मन्त्री खड्काले सीमाका बारेमा अध्यायन गर्न गठित समितिले सरकारलाई प्रतिबेदन बुझाएपछि अध्यायन गर्न नभ्याएको  भन्दै अध्यायन पछि  मात्र  आफुहरुको धारणा स्पष्ट हुने बताउनु भएको थियो । जबाफमा राजदुत यान्छीले नेपाल सरकारले यस बिषय उठाएका कारण छिटो भन्दा छिटो समस्या हल गर्नुपर्ने भनाई राख्नु भएको स्रोतले जनायो ।  

यसै बीच राजदुत यान्छीले नेपाल र चीनबीच सीमा सन्धि भएको ६० वर्ष पुगेको अवसरमा गर्नुभएको ट्विटमा भन्नुभएको छ ‘मित्रवत् छलफलपछि ६० वर्षअघि चीन र नेपालले सीमा सन्धिमा हस्ताक्षर गरेका थिए। त्यसयता हाम्रो सीमा कुनै पनि विवादबाट मुक्त छ र यो मित्रताको बन्धन तथा आपसी फाइदा हुने सहकार्यको सेतु बनेको छ,’।

 

60 years ago today, China and Nepal signed the Boundary Treaty through friendly negotiation, our border is free from any disputes since then and has become a bond of friendship and a bridge of mutually benefitial cooperation. Check out the precious photos:https://t.co/zE1i3HCznJ pic.twitter.com/AIQQf3ZyoD

— Ambassador Hou Yanqi (@PRCAmbNepal) October 5, 2021

केपी ओली नेतृत्वको सरकारले चीन संग कुनैसीमा  समस्या नरहेको जनाएको थियो तर पाँचदलिय गठबन्धनबाट प्रधानमन्त्री बन्नुभएका शेरबहादुर  देउवा नेतृत्वको सरकारले चीन संग सीमा समस्या रहेको भन्दै सीमा विवाद अध्ययन गर्न  कार्यदल बनाएको थियो । कार्यदलले असोज १० गते गृहमन्त्री बालकृष्ण खाँडलाई   प्रतिवेदन बुझाएको थियो।