१८ आश्विन २०८१, शुक्रबार
,
Latest
अमिताभ बच्चनको पहिलो तमिल फिल्म ‘वैट्टैयन’ को ट्रेलर रिलिज, ७३ वर्षको उमेरमा एक्सन गर्दै रजनीकान्त दशैँमा काठमाडौंमा खसी–च्याङ्ग्राको मासुको कमी हुन दिँदैनौँ: व्यवसायी राष्ट्रपति पौडेलसँग राष्ट्रिय सभाका अध्यक्ष दाहालको भेट छैटौं एशियाली जनसंख्या सम्मेलन काठमाडौंमा हुने अफगानिस्तानका स्टार स्पिनर राशिद खानले गरे विवाह हेलेन आँधीका कारण अमेरिकामा २१० भन्दा बढीको मृत्यु ग्लोबल आइएमई बैंकका ग्राहकलाई नेपाल मणिपाल शिक्षण अस्पतालमा विशेष छुटको सुविधा परिवारलाई सहयोग गर्न इँटा भट्टामा काम गर्छन् अफगान बालबालिकाहरू धितोपत्र बोर्डको अध्यक्षको अन्तर्वार्ता स्थगित मुस्ताङमा बाह्य पर्यटकको चहलपहल बढ्न थाल्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

सब–इन्जिनियर केसी दुई लाख रुपैयाँ घुससहित पक्राउ परे



सांकेतिक तस्बिर
अ+ अ-

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय, बसुन्धरा, काठमाडौंमा कार्यरत सब–इन्जिनियर दिपेन्द्र कुमार के.सीलाई दुई लाख रुपैयाँ घुससहित पक्राउ गरेको छ।

कलभर्ट निर्माण कार्यको ठेक्का सम्झौता बमोजिम कार्य सम्पन्न गरी अन्तिम बिल भुक्तानी दिने क्रममा सेवाग्राहीसँग दुई लाख रुपैयाँ घुस माग गरेको भन्ने सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । 

अख्तियारका अनुसार केसीमाथि थप अनुसन्धान भइरहेको छ ।