२४ भाद्र २०८३, बुधबार
,
Latest
युवाको जायज असन्तुष्टि र हिंसा एउटै विषय होइन: प्रचण्ड सुनसान छन् सौराहाका होटल : पर्यटक भन्दछन् नेपालको विपदमा कसरी रमाउनु ? भोटेकोशी बाढीः लुम्बिनीका २४८ जना अझै सम्पर्कविहीन भम्लु खोलामा सुख्खा पहिराले कर्णाली राजमार्ग पुनः अवरुद्ध भदौ २३–२४ को घटनाको निष्पक्ष छानबिन गर्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह मधेसमा गतआवमा ५९१ किमी सडक विस्तार तथा निर्माण सरकारविरुद्ध फायर खोल्दै रास्वपाकै नेताहरु भदौ २४ को हिंसा लोकतन्त्र र संविधानमाथिको ‘ठूलो आक्रमण’ : ओली म्याग्दी नदीमाथि झोलुङ्गे पुल निर्माण : बाँसबोटका किसानलाई केरा बिक्री गर्न सहज भोटेकोशी बाढी प्रभावित क्षेत्रमा ‘जेनेरेटर’ वितरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

सब–इन्जिनियर केसी दुई लाख रुपैयाँ घुससहित पक्राउ परे



सांकेतिक तस्बिर
अ+ अ-

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय, बसुन्धरा, काठमाडौंमा कार्यरत सब–इन्जिनियर दिपेन्द्र कुमार के.सीलाई दुई लाख रुपैयाँ घुससहित पक्राउ गरेको छ।

कलभर्ट निर्माण कार्यको ठेक्का सम्झौता बमोजिम कार्य सम्पन्न गरी अन्तिम बिल भुक्तानी दिने क्रममा सेवाग्राहीसँग दुई लाख रुपैयाँ घुस माग गरेको भन्ने सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । 

अख्तियारका अनुसार केसीमाथि थप अनुसन्धान भइरहेको छ ।