• २१ असार २०८१, शुक्रबार
  •      Fri Jul 5 2024
  •   Unicode
Logo
Latest
★   राष्ट्रिय सभाबाट बजेट सर्वसम्मतिले पारित ★   २०२४ को सबैभन्दा धेरै कमाउने फिल्म बन्यो ‘कल्की’ ★   नेकपा एसको महाधिवेशन: ९३ सदस्यीय केन्द्रीय कमिटी घोषणा ★   मनसुनजन्य विपद्का घटनाबाट हालसम्म २८ को मृत्यु ★   मधेसमा खानेपानीको समस्या तत्काल समाधान गर्न दातृ निकायसँग छलफल भइरहेको छ: अर्थमन्त्री पुन ★   नयाँ पर्यटन गन्तव्यका रूपमा विकास हुँदै नुवाकोटको ‘सूर्यचौर’ ★   पृथ्वीमा जब १०–२० लाख वर्षसम्म लगातार पानी परिरह्यो ★   ललितपुरबाट सुन गाल्ने मेसिन र ५० लाखसहित पाँच जना पक्राउ ★   प्रचण्ड सरकारमाथि समर्थन फिर्ताको एमालेले पठाएको पत्र संसद सचिवालयमा दर्ता ★   कुश्मा–ज्ञादी झोलुङ्गे पुल जीर्ण, सवारी सञ्चालनमा रोक

विराटनगर विमानस्थलको चाँडै स्तरोन्नति गरिने : मन्त्री आले



file photo

विराटनगर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले विराटनगर विमानस्थलको स्तरोन्नति चाँडै गरिने बताउनुभएको छ ।

विराटनगर विमानस्थलको आज अनुगमन तथा निरीक्षणका क्रममा मन्त्री आलेले स्तरोन्नतिलगायत भौतिक संरचना निर्माणको काम चाँडै गरिने बताउनुभयो । उहाँले भन्नुभयो, “विराटनगर विमानस्थलको स्तरोन्नतिका लागि बजेट विनियोजन भइसकेको छ, भौतिक संरचनालगायत काम चाँडै गरिने छ ।”

मन्त्री आलेले विमानस्थल स्तरोन्नतिका लागि रकम अपुग भए आगामी आर्थिक वर्षको बजेटमा विनियोजन गर्ने जानकारी दिनुभयो । विराटनगरबाट अन्य क्षेत्रमा हवाईसेवा सञ्चालन गर्न पहल भइरहेको उहाँले बताउनुभयो । क्षेत्रीयस्तरको विमानस्थल निर्माण गर्न जग्गा अधिग्रहणका लागि रु १७ करोड आवश्यक पर्ने मन्त्री आलेले उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, “विराटनगर क्षेत्रीय स्तरको विमानस्थल बनाउन आवश्यक छ ।” विराटनगर विमानस्थलमा रहेका कतिपय संरचना जीर्ण भएका र केही पुनःनिर्माण गर्नुपर्ने देखिएकाले त्यसका लागि बोलपत्र आह्वान भइसकेको मन्त्री आलेले जानकारी दिनुभयो ।