२९ आश्विन २०८३, बिहीबार Thursday, October 15, 2026
२९ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar तनहुँमा एक वर्षमा ४६ वन्यजन्तुको उद्धार News Polar सङ्गठित अपराधको कसुरमा चार जना पक्राउ News Polar विपद्पछिको पुनर्निर्माण र पुनःस्थापना सरकारको प्राथमिकताः मन्त्री पुन News Polar दसैँका च्याङ्ग्राको मूल्य महँगो, रोज्जाकै ५० हजार News Polar उदयपुरमा बस दुर्घटना एकको मृत्यु, १६ जना घाइते News Polar राजमार्गका होटल तथा रेस्टुरेन्टलाई मूल्यसूची राख्न र ग्राहकलाई बिल दिन विभागको निर्देशन News Polar उन्नत ब्यालिस्टिक क्षेप्यास्त्र निर्माण गर्ने हुथी विद्रोहीको योजनाबारे प्रतिवेदन सार्वजनिक News Polar नीतिगत समस्याका कारण मानव–वन्यजन्तु द्वन्द्व नियन्त्रण चुनौतीपूर्णः प्रकृति संरक्षण कोष News Polar जनकराज सापकोटाको पुस्तक ‘मगनी मरिक’ सार्वजनिकः मधेसको सीमान्तकृत पीडा र विभेदको दस्तावेज News Polar जलवायुजन्य विपद्बाट हुने क्षति न्युनिकरणका लागि प्रतिक्रियात्मक नभई पूर्वतयारीमा ध्यान दिनुपर्छः प्रकृति संरक्षण कोष News Polar सामुदायिक विद्यालयमा पूर्वाधार लगानी: पहिलो चरणमा छानिए यी ८९ विद्यालय, मधेशलाई प्राथमिकता (सूचीसहित) News Polar भूमि बैंक स्थापना गर्ने स्थानीय तहको संख्या ९ पुग्यो, थप ४ पालिकालाई मन्त्रालयले दियो स्वीकृती News Polar कर्णालीमा नुहाउने क्रममा बालिका बेपत्ता News Polar पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आधुनिक हवाई मार्गनिर्देशन प्रणाली लागू गर्ने प्रक्रिया अघि बढ्यो News Polar परराष्ट्रमन्त्री खनालसँग पाकिस्तानी राजदूत खानको शिष्टाचार भेटवार्ता News Polar नागरिक लगानी कोषका सहभागीलाई एभरेष्ट अस्पतालमा उपचारमा २० प्रतिशतसम्म छुट News Polar वार्षिक ५ लाख मेट्रिक टन क्षमताको ग्रीन युरिया प्लान्ट स्थापना गर्ने सरकारको तयारी News Polar पाँच महिनापछि अरुण नदीको सतिघाटमा ‘फेरी’ सञ्चालन News Polar तिब्बती भाषा पढाउन भारत लैजाँदै गरेका २५ बालबालिकाको उद्धार News Polar भदौमा दुई खर्ब २१ अर्ब विप्रेषण भित्रियो

दशैँमा च्याङ्ग्राको मूल्यमा वृद्धिः उपभोक्ता निरासमा

दशैँमा च्याङ्ग्राको मूल्यमा वृद्धिः उपभोक्ता निरासमा
अ अ+ अ-

गलेश्वर । वर्षभरि जे–जस्तो खाए, लाए पनि दशैँमा मीठै खाने, राम्रै लाउने नेपाली परम्परा नै बनिसकेको छ । 

यही परम्पराको सिको अहिलेको आधुनिक र नयाँ पुस्ताले पनि गर्दै आएको छ । दशैँसँग जोडिएर आउने प्रमुख चिजमध्ये च्याङ्ग्राको मासुका परिकार पनि एक हो । दशैँको बेला प्रायः नेपालीको घरमा एक दुई छाक भए पनि च्याङ्ग्राको मासु पाक्ने गर्छ । तर यस वर्ष भने न्यून आय भएका सर्वसाधारणले च्याङ्ग्राको मासुको स्वाद लिन नसक्ने भएका छन् ।

सोमबारदेखि म्याग्दीको सदरमुकाम बेनी बजारमा मुस्ताङ्गी च्याङ्ग्रा भित्रिन सुरु गरेका छन् । पहिलो खेपमा भित्रिएका करिब १५० च्याङ्ग्रा हेर्न कालिपुलमा सर्वसाधारणको भीड नै लागेको भए पनि एक/दुई जनाबाहेक अन्यले किन्ने आँट भने गर्न सकेनन् । कारण थियो, च्याङ्ग्राको मूल्य । रोज्जा च्याङ्ग्रालाई रु ५० हजार बताएपछि धेरै ग्राहक पछि हटे ।

कोभिड–१९ का कारण कोरला नाका ठप्प भएपछि यस वर्ष तिब्बतबाट दशैँमा धेरै भेडा, च्याङ्ग्रा नेपाली बजारमा नआएपछि मुस्ताङमा पालिएका भेडा च्याङ्ग्राको मूल्य पनि आकाशिएको हो । तिब्बतबाट च्याङ्ग्रा ल्याउन नपाउँदा उपल्लो मुस्ताङमा नै एउटै च्याङ्ग्राको भाउ प्रतिगोटामै सातदेखि १० हजारसम्मले महङ्गिएकाले तल झार्दा लागत खर्च, बाटोको समस्याआदि कारणले गर्दा च्याङ्ग्राको मूल्य बढेको लोमान्थाङ्का व्यापारी पासाङ गुरुङले बताउनुभयो ।

मुस्ताङमा गत वर्ष व्यापारीले रु २७ हजार प्रतिगोटामा बिक्री गरेको च्याङ्ग्राको भाउ यसपटक च्याङ्ग्रा पाइने मूल थलोमा नै रु ३५ हजार भन्दा माथि पुगेको व्यापारीको भनाइ छ । मूल थलोमै महङ्गो भएपछि बजारमा च्याङ्ग्राको भाउ अझै बढ्न सक्ने च्याङ्ग्रा व्यापारी थानेश्वर खड्काले बताउनुभयो । गत वर्ष पनि कोरोनाका कारण कोरला नाकाबाट च्याङ्ग्रा नभित्रिएपछि मुस्ताङबाट मात्रै रु सात हजार भेडा, च्याङ्ग्रा बिक्रीका लागि पठाइएको र यस वर्ष मुस्ताङमा पनि धेरै भेडा, च्याङ्ग्रा नभएकाले यसको मूल्य बढेकोे एक दशकदेखि मुस्ताङमा भेडा, च्याङ्ग्राको व्यवसाय गर्दै आएका गुन्जा तेन्जिङले बताउनुभयो ।

हिमाली जिल्लालाई लक्ष्य गरेर स्थानीय, प्रदेश र सङ्घीय सरकारले भेडा, च्याङ्ग्रापालन व्यवसायका लागि वर्षेनी करोडौँ रकम लगानी गर्दै आएको छ । मुस्ताङमा पनि भेडा, च्याङ्ग्रा र ऊन प्रशोधनका लागि गण्डकी प्रदेश सरकारको मात्रै करोडौँ लगानी छ । तर सरकारले त्यति धेरै लगानी गरेर प्रोत्साहित गरेको भेडा, च्याङ्ग्रापालनको अवस्था मुस्ताङमा कस्तो रहेछ त भन्ने कुराको उदाहरण दशैँ–तिहारमा भेडा च्याङ्ग्राको अभाव र अस्वभाविकरूपमा भएको मूल्यवृद्धिले देखाएको यहाँका वुद्धिजीवीको भनाइ छ ।

स्थानीय जातका बोका र ब्रोइलरको खोजी

दशैँमा मुस्ताङी च्याङ्ग्राको मासु महङ्गो भएर खान नसकिने भएपछि यहाँका सर्वसाधारण र न्यून आय भएका व्यक्तिले स्थानीयस्तरमा पालिएका खसी–बोकाको जोहो गर्न थालेका छन् । च्याङ्ग्राको भाउ महङ्गिएको थाहा पाएपछि स्थानीयरूपमा पालिएका खसी–बोकापालकले पनि यहाँ पाइने खसी बोकाको मूल्यवृद्धि गरेका सर्वसाधारणको भनाइ छ ।

गत वर्षसम्म रु १२ हजारदेखि १८/२० हजारसम्ममा पाइने यहाँका खसी–बोकाको मूल्य खोरमा नै यस वर्ष रु तीनदेखि पाँच हजारसम्म वृद्धि भएको दुधेखोलाका श्याम घर्ती मगरले बताउनुभयो । अहिलेसम्म प्रतिकिलो रु एक हजारसम्ममा पाइने  खसीको मासु दशैँमा रु एक हजार २०० को हाराहारीमा पर्ने उहाँको भनाइ छ ।

धेरै परिवार हुने र न्यून आय हुने व्यक्तिका लागि यस वर्षको दशैँ अत्यन्त महङ्गो हुने भएको छ । “दशैँमा च्याङ्ग्राको मासु त परको कुरा खसी–बोकाको मासु पनि किनिनसक्ने हुनेभयो”, म्याग्दी नदीमा गिट्टी कुटेर परिवार पाल्दै आएका श्याम विकले भन्नुभयो, “खोरमै गएर चारवटा ब्रोइलर कुखुरा किनेर ल्याएँ, अहिलेको दशैँं ब्रोइलरले काम चलाउने हो ।”

यस्तो अवस्था श्यामको मात्रै होइन, धेरै न्यून आय भएका परिवारको हो । हिमाली क्षेत्रको जडीबुटी खाएकाले स्वादिलोसँगै स्वास्थ्यका लागि फाइदा हुने भन्दै प्रायः उपभोक्ताले भेडा–च्याङ्ग्रा खोज्ने गरे पनि थोरै कमाइ भएका व्यक्तिले यस वर्ष स्थानीय खसी, बोका र ब्रोइलर कुखुराको मासुबाटै दशैँमा परिकार बनाएर खाने भएका छन् । 
–ध्रुवसागर शर्मा (रासस)