१८ आश्विन २०८१, शुक्रबार
,
Latest
दशैंमा मासु मात्र खाने हो कि दाँतको पनि ख्याल गर्नुहुन्छ ? बस्ती विकास र पूर्वाधार निर्माणअघि भौगर्भिक अध्ययन गर्नुपर्नेमा अध्यक्ष दाहालको जोड नवरात्रमा पनि सुनसान पाथीभरा उपभोक्ताको गुनासो: ‘महँगो दशैँ, हरेक सामानमा बार्गेनिङ गर्नुपर्छ’ बिपी राजमार्गसहित भित्री सडक बगेपछि जनजीवन कष्टकर परराष्ट्रमन्त्री राणा दोहामा द्विपक्षीय भेटवार्तामा व्यस्त, आज स्वदेश फर्कंदै सात करोड खर्चेर तनहुँको कुलुङखोलामा पक्की पुल बन्दै बाढीपहिरोमा परी दुई सय ३९ जनाको मृत्यु राप्रपामा विभागीय प्रमुख हेरफेरप्रति लोहनीको आपत्ति पूर्वराजा ज्ञानेन्द्रले शुभेच्छुकलाई निर्मल निवासमा दशैंको टीका लगाइदिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

विङ्गरबाट खसेर सहचालकको मृत्यु



अ+ अ-

कञ्चनपुर । पूर्व–पश्चिम राजमार्गको कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अर्जुनी सडकखण्डमा आज साँझ विङ्गरबाट खसेर एक जनाको मृत्यु भएको छ ।

महेन्द्रनगरबाट धनगढीतर्फ यात्रु बोकेर गइरहेको म१ज २०९० नंको विङ्गरबाट खसेर सहचालक भीमदत्त नगरपालिका–६ का ४० वर्षीय दानसिंह बुडालको मृत्यु भएको हो । विङ्गरको ढोकाको लक खुल्न जाँदा बुडाल सडकमा खस्दा टाउकामा गम्भीर चोट लागेपछि तत्कालै उपचारका लागि कैलालीको धनगढीस्थित माया मेट्रो अस्पताल पु¥याइएको थियो ।

अस्पतालमा उपचारका क्रममै बुडालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले बताउनुभयो । विङ्गर र चालक इलाका प्रहरी कार्यालय झलारीको नियन्त्रणमा रहेका छन् । मृतको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पाल धनगढीमा राखिएको छ ।