२८ पुष २०८१, आईतवार
,
Latest
सुरक्षा पन्तको चलचित्र ‘खेल’ वैशाख १२ मा रिलिज हुने, अफिसियल पोस्टर सार्वजनिक संसद किन यति ढिलोसम्म बोलाइएन, जनतामा खुल्दुली छः  पूर्वसभामुख सापकोटा संसद नचल्दा अध्यादेश ल्याउन मिल्छ, संसदको अधिकार कटौति गरेको होइनः उपमहासचिव ज्ञवाली जलश्रोत विभागका तत्कालीन इन्जिनियर श्रेष्ठविरुद्ध झण्डै ५ करोडको मुद्दा दायर काठमाडौं जिल्ला अदालतमा रविको बयान सुरु देवघाटधाममा माघेसङ्क्रान्ति मेलाको तयारी अन्तिम चरणमा पाकिस्तानमा २ करोड २० लाखभन्दा बढी बालबालिका विद्यालयबाट बाहिर पुनः नगदेबालीको पहिचान बनाउँदै उखुखेती राष्ट्रपति समक्ष महान्यायाधिवक्ताको कार्यालयको प्रतिवेदन पेश सोनू सुदको ‘फतेह’ले दोस्रो दिन ‘पुष्पा २’ बराबर कमायो
तपाईं के खोज्दै हुनुहुन्छ ?

अझै तीन दिन मौसम सफा नहुने



अ+ अ-

काठमाडौं । अझै तीन दिन मौसम सफा नहुने भएको छ । भारतको विहार आसपासमा रहेको न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभावका कारण देशका धेरैजसो स्थानमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन-चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका मौसमविद् मञ्जु वासीले बताउनुभयो ।

उक्त प्रणालीको प्रभावले प्रदेश नं १ लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन-चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको बताइएको छ । “अझै तीन दिन मौसम सफा हुने अवस्था देखिएको छैन”, मौसमविद् वासीले भन्नुभयो ।

रातिको समयमा प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही देशका अन्य भूभागमा मौसम सामान्यतया सफा रहने भई प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, मधेस प्रदेशलगायत र गण्डकी प्रदेशका केही भूभागमा आंशिकदेखि सामान्य बदली रही अन्य भूभागको मौसम सामान्यतया सफा रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणानुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १७ दशमलव पाँच डिग्री र अधिकतम तापक्रम २७ दशमलव दुई डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम पाँच दशमलव शून्य डिग्री र सबैभन्दा धेरै दिपायलको अधिकतम तापक्रम ३७ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ ।रासस