• १६ असार २०८१, आईतवार
  •      Sun Jun 30 2024
  •   Unicode
Logo

समाप्त भएर बस्ने अनुमति मेरो अन्तरआत्माले दिएन: कमल थापा



काठमाडौं । राप्रपा नेपालका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री कमल थापाले आफ्नो राजनीतिक जीवनमा मकवानपुरको शिर निहुरिने गरेर कुनै पनि नराम्रो काम नगरेको स्पष्ट पारेका छन् । बिहिबारगृह जिल्ला मकवानपुरको हेटौंडामा भएको राप्रपा नेपाल,मकवानपुरको घोषणा सभालाई सम्बोधन गर्दै अध्यक्ष थापाले मकवानपुरले आफुलाई धेरैनै माया गरेको बताए ।

‘मकवानपुरका दाजुभाई तथा दिदिबहिनिहरु । तपाईहरुले तपाईहरुले मलाई धेरै माया गर्नु भएको छ । मेरो राजनीतिक जीवनको उकाली ओरालीमा हरेक संकट र चुनौतीको घटमा तपाईहरुले मलाई अपार स्नेह माया र स्दभाव दिनुभएको छ । अध्यक्ष थापाले भने,चुनावमा हारजित आफ्नो ठाउँमा छ । तर मकवानपुरका दाजुभाई तथा दिदिबहिनिहरुको माया मैले जीवनभर बिर्सिन सक्दिन । चाय त्यो २०४७ सालको राजनीतिक परिर्वतनको बेलामा होस् । चाय त्यो ६३ सालको राजनीतिक परिर्वतन पछि होस् । मकवानपुरका पार्टीका साथिहरु,सहयोगी र शुभचिन्तकहरुबाट प्राप्त स्नेत,स्दभाव र सहयोगको निमित्त म सदैव आभारी छु ।’ उनले मकवानपुरबाट पाएको मायाले राजनीतिक जीवनमा आएको संकटबाट राजनीतिक जीवनबाट टाढिन नसकेको बताए ।

उनले आफु ५० वर्षदेखि राजनीतिक जीवनमा र ४ दशकदेखि राष्ट्रिय राजनीतिमा सक्रिय रहेको बताउँदै हालसम्म शिर ठाडो राखेर उभिन सक्नुमा मकवानपुरको अविचलित माया रहेको बताए ।

‘मेरो शक्तिको स्रोत,मेरो उर्जाको मुहान तपाईहरु हो । आजपनि हेर्नुहोस् त हनेक प्रतिकुलताका बाबजुत यहाँ प्रतिनिधिमुलक ढंगबाट उपस्थिति छ । म २०३८ सालको राष्ट्रिय पंचायतको चुनाव लड्दा म संगै मकवानपुरको उकाली ओराली घुम्ने झण्डै ८० वर्षको हुन लाग्नु भएका गगनबहादुर खड्का,गोविन्द गुरागाई लगाएतका साथिहरु पनि उपस्थिति हुनुहुन्छ । यसैगरि नयाँ पिडिका भर्खर १६÷१७ वर्ष पार गरेका भाइबहिनिहरु पनि यहाँ उपस्थिति हुनुहुन्छ । थापाले भने,अहिले कमल थापालाई गार्‍हो,साङरो परेको छ । कमल थापालाई आक्रमण गरिएको छ । घेराबन्दी गरिएको छ । यस्तो अवस्थामा हामीले सहयोग गर्नुपर्छ भन्ने भावना राखेर तपाईहरु यहाँ आउनु भएको छ । कमल थापालाई राजीतिक रुपमा प्रहार गरेर घाईते बनाईएको छ । यो अवस्थामा त्यो घाउमा नुनचुक छर्कने हैन,हामीले अलिकति भएपनि मलम लगाईदिनुपर्छ भन्ने असल मनसाय राखेर तपाईहरु आउनुभएको छ । तपाईहरु सबैलाई फेरि पनि धन्यावाद दिन चाहान्छु । ’

उनले मकवानपुरको दाजुभाइ दिदिबहिनिहरुको शिर निहुरिने गरेर कुनै खराब काम नगरेको बताए । उनले भनेः एक पैसा भ्रष्ट्राचार गरेको छैन् । कुनै अनैतिक र चरित्रहिन गतिविधिमा संलग्न छैन् । म तपाईहरुलाई विश्वास दिलाउन चाहान्छु कि बाँकी जीवन पनि तपाई शिर निहुरिन दिन्न । यही कारणले गर्दा खेरी आज राष्ट्रिय राजनीतिको केन्द्रबिन्दुमा हामी स्वाभिमान पूर्वक बाच्न सकेका छौ । यदि नैतिकता कमजोर भएको भए,चरित्रहिन भएको भए,दुईचार पैसामा लोभ गरेको भए । तेत्रा ठूला ठूला राजनीतिक परिवर्तनका बाबुजुत पनि शिर ठाडो गरेर बस्न सक्ने अवस्था रहन्न । अहिले पनि हामीले कुनै अपराध गरेका छैनौ । बेमाईनी गरेका छैनौ,कसैलाई धोका दिएका छैनौ ।

अध्यक्ष थापाले आफुले गिताको कसम खाएर राप्रपा पार्टी फोरेर गएको भन्ने आरोप लागिरहेको बताए । उनले आफुले गिताको कसम खाएर कसम नतोडेको दाबी गरे ।

उनले राजेन्द्र लिङ्देनको राप्रपाबाट आफुमात्र अलगिएको बताए । उनले भनेः केही साथिहरुलाई कमल थापाले पार्टी फुटाउनु भो,नफुटाईदिएको भए बेस हुन्थो भन्ने लागेको रहेछ । कतिपयलाई सायद त्यो पनि लागेको होला । विगतमा पार्टी फुटाउदिन भनेर गिता छोयर कसम खानु भाथो । अहिले पार्टी फुटाईदिनु भो । गिताको कसम तोड्नु भयो । भन्ने पनि मनमा लागिरहेको मैले पाए । मैले पार्टी फुटाएको छैन् । करिब एक डेड महिना अगाडी यही सभा कक्षमा आएर मैले आफ्नो पिडा,दुःख तपाईहरु समक्ष व्यक्त गरे । र तपाईहरु सामुन्यमा मैले ३० वर्ष काम गरेको राप्रपाबाट एक्लै एक्लै याद राख्नुस् एक्लै अलग भएको घोषणा गरे । मैले कोहि साथि लिएर पार्टीबाट अलग भएको हैन् । मैले चाएको भए । विधान बमोजिम राप्रपालाई विभाजन गर्नको निमित्त आवश्यक पर्ने संख्याका केन्द्र्रीय सस्दस्यहरु हाम्रो साथमा थिए । गएको महाधिवेशनमा ८० प्रतिशत हामीसंग सम्बन्धीत केन्द्रीय सदस्यहरुले चुनाव जितेका छन् । हामीले चायको भए कानून बमोजिमनै दुई वटा पार्टीलाई अलग गर्न सक्थ्यौ । केही साथिहरुले मलाई सल्लाह पनि दिएका थिए । मैले भने मैले पार्टी फुटाउन सक्दिन,मिल्दैन् । मैले गिताको कसम खाएको छु,त्यो कसम म तोड्न सक्दिन । पार्टी फुटाएको भए अलिधेरै साथिहरु आउनुहुन्थ्यो होला । पार्टी फुटाएको भए मैले रगतपसिना बगाएर बनाएको काठमाण्डौको पार्टीको विशाल घरमा हाम्रो पनि अंश लाग्थो । तर मैले पार्टीबाट अलग हुँदा यौटा कुर्सी पनि लगेको छैन् । मैले आफैले आफ्नै पैसाले किनेर कुर्सीहरु राखेको छु । यौटा टालो पनि लगेको छैन् । कानून बमोजिम पार्टी हामीले फुटाएका छैनौ । तर पार्टी सैद्धान्तिक विचलनमा गएपछि त्यहाँ गलत प्रवृतिहरुको हाबी भएपछि,त्यहाँ निरन्तर हाम्रो अपमान गरिएपछि र हामीलाई निकाल्नेसम्मको षडयन्त्र हुनलागेपछि । त्यो कुनामा मैले पार्टी फुटाउदिन भनेर कसम खाएको छु भनेर सधैको निमित्त समाप्त भएर बस्ने अनुमति मेरो अन्तरआत्माले दिएन ।

उनले गितामा भगवान कृष्णले अर्जुनलाई अन्याय संग सम्झौता नगर,गलन प्रवृतिसंग सम्झौता नगर,युद्ध गर,धनुष वाण उठाउ,म तिम्रो साथमा छु भनेको पटकपटक स्मरण गर्दै त्यसको पालना गर्दै राप्रपाबाट अलग भएको बताए । उनले पार्टीको महाधिवेशनमा पूर्व राजा ज्ञानेन्द्र शाहले ठाडो नाङ्गो हस्तक्षेप गरेको र पार्टीलाई त्यसबारे छानबिन गर्न पटक(पटक निवेदन गर्दा पनि सुनवाई नभएपछि आफु राप्रपाबाट अलग हुनुपरेको दुखेसो पोखे ।

उनले महाधिवेशनमा निर्मल निवासको अवांछित र अमर्यादित हस्तक्षेपले लोकतन्त्र माथिनै खतराको संकेत देखिएको भन्दै अबको राप्रपा नेपालले राजतन्त्र पुनः स्थापनाको मुद्धा नबाक्ने बताए । उनले अबको राप्रपा नेपालले सबै धर्मलाई समेट्दै हिन्दु राष्ट्र पुनः स्थापनाको लागि अभियान सुरु गर्ने समेत बताउनु भयो ।