१८ आश्विन २०८१, शुक्रबार
,
Latest
बस्ती विकास र पूर्वाधार निर्माणअघि भौगर्भिक अध्ययन गर्नुपर्नेमा अध्यक्ष दाहालको जोड नवरात्रमा पनि सुनसान पाथीभरा उपभोक्ताको गुनासो: ‘महँगो दशैँ, हरेक सामानमा बार्गेनिङ गर्नुपर्छ’ बिपी राजमार्गसहित भित्री सडक बगेपछि जनजीवन कष्टकर परराष्ट्रमन्त्री राणा दोहामा द्विपक्षीय भेटवार्तामा व्यस्त, आज स्वदेश फर्कंदै सात करोड खर्चेर तनहुँको कुलुङखोलामा पक्की पुल बन्दै बाढीपहिरोमा परी दुई सय ३९ जनाको मृत्यु राप्रपामा विभागीय प्रमुख हेरफेरप्रति लोहनीको आपत्ति पूर्वराजा ज्ञानेन्द्रले शुभेच्छुकलाई निर्मल निवासमा दशैंको टीका लगाइदिने पूर्वराजा ज्ञानेन्द्र यसकारण गएका थिए भुटान
तपाईं के खोज्दै हुनुहुन्छ ?

दसैँ पर्वमा बन्दीप्रत्यक्षीकरणसहित अतिआवश्यक मुद्दाको सुनुवाइ हुने



अ+ अ-

काठमाडौं । सर्वोच्च अदालतको आज बसेको पूर्ण बैठकले दसैँ पर्वका अवसरमा बन्दीप्रत्यक्षीकरण र तत्काल सुनुवाइ गर्नुपर्ने मुद्दाको मात्र पेसी तोकी सुनुवाइ गर्ने निर्णय गरेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरासहित सम्पूर्ण न्यायाधीशको आज बसेको पूर्ण बैठकले (फुलकोर्ट) दसैँका बिदामा अतिआवश्यक अवस्थामा बन्दीप्रत्यक्षीकरण र तत्काल सुनुवाइ गर्नुपर्ने विषयमा न्यायाधीशको नाम तय गरेको छ । सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले कुरा गर्दै भन्नुभयो, “फूलकोर्टको बैठकले दसैँ बिदामा बन्दीप्रत्यक्षीकरण र तत्काल सुनुवाइ गर्नुपर्ने मुद्दामा न्यायाधीशहरुको नाम तोक्ने निर्णय गरेको छ ।”

यही असोज २१ गतेदेखि आगामी कात्तिक ३ गते कोजाग्रत पूर्णिका दिनसम्म सर्वोच्चसहित देशभरका सबै अदालतमा बिदा दिने निर्णय गरेको छ । सो अविधमा बन्दीप्रत्यक्षीकरणसहित र तत्काल सुनुवाइ गर्नुपर्ने विषयमा भने सुनुवाइ हुनेछ ।