२० मंसिर २०८२, शनिबार
,
Latest
प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

देउवाको यो भ्रमण निजी–पारिवारिक हो कि प्रमका हैसियतले:एमाले नेता रिजाल



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आजबाट भारतको भ्रमणमा जादै हुनुहुन्छ । बिगतमा जस्तो औपचारिक रुपमा बिदेश भ्रमणमा जाँदा प्रमुख प्रतिपक्षदल संग समेत पर्रामर्श गर्ने अभ्यास भएपनि यस पटक प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्षीदल संग भ्रमणका बारेका कुनै परामर्श गर्नुभएन ।

जसका कारण एमाले प्रचार बिभाग उपप्रमुख बिष्णु रिजालले देउवाको यो भ्रमण निजी–पारिवारिक हो कि प्रमका हैसियतले भन्दै प्रश्न गर्नुभएको छ ।

उहाँले सामाजिक संञ्जालमा लेख्नु भएकोछ –प्रम शेरबहादुर देउवा आजबाट भारत भ्रमणमा जाने समाचार सार्वजनिक भएको छ । संवेदनशील र राष्ट्रिय सहमति हुनुपर्ने विषयमा मुलुकको सबभन्दा ठूलो र संसद्को प्रमुख प्रतिपक्षी दलसँग कुनै छलफल र सरोकार राख्नुभएको छैन।

स्वाभाविक प्रश्न छः देउवाको यो भ्रमण निजी–पारिवारिक हो कि प्रमका हैसियतले ?