२० माघ २०८१, आईतवार
,
Latest
विराट भेट्रान अन्तरराष्ट्रिय गोल्डकपमा आयोजक टोली क्वाटरफाइनलमा सुदूरपश्चिममा एक लाख ५१ हजारभन्दा बढी किशोरीलाई ‘एचपिभी’ खोप लगाइँदै आगामी निर्वाचनमा बहुमत ल्याउने गरी सङ्गठन निर्माणमा लागौँः देउवा अनलाइन जुवामा संलग्न २४ जना पक्राउ चराविद् पौड्यालको स्मृतिमा कविता संग्रह लोकार्पण र चित्रकला प्रदर्शनी विप्रेषण आप्रवाह: छ महिनामा ७ खर्ब ६३ अर्ब भित्रियो, चालु खाता बचतमा टिपरको ठक्करबाट आमाको मृत्यु, छोरा घाइते प्रधानमन्त्री केपी शर्माले दिए प्रशिक्षक मोन्टी देशाईलाई धन्यबाद ‘देशभरका सामुदायिक विद्यालयमा निःशुल्क खानेपानी वितरण गरिने’ काभ्रेमा एमालेको ‘जरा अभियान’
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री देउवा आज भारतको औपचारिक भ्रमणमा जानुहुँदै



भारतीय प्रधानमन्त्री नरेन्द्र माेदी (दाया) र नेपालका प्रधानमन्त्री शेर बहादुर देउवा । (फाइल तस्वीर)
अ+ अ-

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा छिमेकी मित्रराष्ट्र भारतको तीन दिने औपचारिक भ्रमणको सिलसिलामा आज मध्याह्न नयाँ दिल्ली प्रस्थान गर्दै हुनुहुन्छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री देउवाको यो भ्रमण पाँचौँपटक प्रधानमन्त्री भएपछिको पहिलो औपचारिक भ्रमण हो ।

प्रधानमन्त्री देउवा नेतृत्वको प्रतिनिधिमण्डल नेपाल वायुसेवा निगमको नियमित उडानबाट दिउँसो १ः२५ बजे नयाँदिल्ली प्रस्थान गर्नेछ भने सोही एयरलाइन्सबाट यही चैत २० गते साँझ ६ः१० स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ । स्वदेश फर्कनुअघि प्रधानमन्त्रीले भारतको वाराणसीको पनि भ्रमण गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भ्रमण टोलीमा देउवा पत्नी आरजु राणा देउवासहित परराष्ट्रमन्त्री नारायण खड्कालगायत मन्त्रीहरु, सचिवहरु तथा पदाधिकारीहरु रहनुभएको छ । भ्रमण टोलीमा सरकारी उच्च अधिकारी, उद्योगी व्यवसायी, सञ्चारकर्मी गरी करिब ५० जना सहभागी हुनुहुन्छ ।

भ्रमणका क्रममा प्रधानमन्त्री देउवाले भारतका उपराष्ट्रपति बैङ्कैया नायडूसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । चैत १९ गते भारतीय प्रधानमन्त्री मोदीसँग हैदरावाद हाउसमा प्रतिनिधिमण्डलस्तरीय वार्ता हुने कार्यक्रम रहेको छ । साथै, भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री देउवासहितको प्रतिनिधिमण्डलको सम्मानमा दिवाभोजको आयोजना गर्नुहुनेछ ।

त्यसैगरी, प्रधानमन्त्री देउवासँग भारतीय विदेशमन्त्री तथा भारत सरकारका राष्ट्रिय सुरक्षा सल्लाहकारले भेटवार्ता गर्ने मन्त्रालयले जनाएको छ । भ्रमणका क्रममा देउवाले भारतका विदेश मामिलामन्त्री र राष्ट्रिय सुरक्षा सल्लाहकारसँग पनि भेट गर्नुहुनेछ । त्यस्तै प्रधानमन्त्री देउवाले भारत भ्रमणका अवसरमा नयाँ दिल्लीमा व्यापारीको भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।