• १९ जेष्ठ २०८१, शनिबार
  •      Sat Jun 1 2024
  •   Unicode
Logo
Latest
★   ‘राष्ट्रनिर्माणमा दलित’ सार्वजनिक ★   नासाद्वारा सबैभन्दा टाढाको आकाशगङ्गा फेला परेको दावी ★   तनहुँलाई खेलकुद हबका रूपमा विकास गर्नुपर्छ: उपसभापति वाग्ले ★   टेस्ट मान्यताप्राप्त टिमलाई हराएर नेपाल पनि सक्षम छ भन्ने सन्देश दिने बेला भइसक्योः रोहित ★   अब छोराछोरीको कमाइको १० प्रतिशत बाबुआमालाई दिनुपर्छ: मन्त्री चौधरी ★   सिभिल सहकारीको सम्पत्ति हड्प्न सिभिल मलका मालिक लालकाजी र मिनाले मुद्दा हालेको पीडित बचतकर्ताहरुको आरोप ★   हमासको अन्त्य नभएसम्म गाजा युद्ध अन्त्य नहुने नेतान्याहुको दावी ★   भलिबलको लागि आवासीय कभर्ड हल बनाउनेछौँः मन्त्री श्रेष्ठ ★   एघार दिनपछि मनसुन भित्रिने पूर्वानुमान ★   राप्रपा भक्तपुर अध्यक्षमा कार्की निर्वाचित

खेत जोत्ने क्रममा रोटाभेटरमा परेर पाँच वर्षीय बालकको मृत्यु



जलेश्वर । महोत्तरीको सोनमा गाउँपालिका–८ शिवनगर गाउँमा खेत जोत्ने क्रममा ट्र्याक्टरको रोटाभेटरमा परेर एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय कलाम हुसैनका पाँच वर्षीय छोरा अकसर अली रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताउनुभयो । ट्याक्टर चालक स्थानीय महेश महराका छोरा २५ वर्षीय रामबाबुले बुधबार साँझ गाउँकै मुस्तकिम अन्सारीको खेतमा अनटेस्ट ट्याक्टरमा रोटाभेटर लगाई बालक अकसरलाई पनि आफूसँगैका सिटमा बसाएर खेत जोत्दै गर्दा अचानक तल झर्दा रोटाभेटरमा परेर उनको घटना स्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक विष्टले बताउनुभयो ।

घटनालगत्तै ट्याक्टर चालक महेश फरार भएका छन् भने प्रहरीले उनको खोजतलास व्यापकरुपमा गरिरहेको छ । यता बालक अकसरको शव परीक्षणका लागि गए राति जिल्ला अस्पताल जलेश्वर पठाइएको प्रहरीले जनाएको छ ।

स्रोत नखुलेको आठ लाखसहित युवक पक्राउ

स्रोत नखुलेको करिब रु आठ लाखसहित भारतबाट नेपाल प्रवेश गरेका एक युवकलाई गए राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरीको औरही नगरपालिका–५ बस्ने २० वर्षीय वीरेन्द्रकुमार दास रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताउनुभयो । भारत विहारको कन्हमा सहरबाट कपडामा बेरेर कम्मरमा बाँधी साइकलमा चढेर सम्सी गाउँपालिका–६ स्थित प्रहरीचौकी नजिक आउँदै गरेका दासको हाउभाउ माथि शङ्का लागि जाँच गर्दा उनको साथबाट प्रहरीले स्रोत नखुलेको रु सात लाख ९१ हजार बरामद गरेको प्रहरीले जनाएको छ ।

दासको साथबाट प्रहरीले नेपाली रु एक हजारका नोट ५८५ थान र नेपाली नोट रु ५०० का ४९२ थान गरी उक्त रकम बरामद गरेको हो । स्रोत नखुलेको रकमसहित पक्राउ परेका युवक दासलाई गए राति नै प्रहरीले जिल्लाको मुख्य भन्सार कार्यालय जलेश्वरमा बुझाउन लगिएकामा भन्सार कार्यालय बन्द रहेको हुँदा उनलाई आज रकमसहित बुझाइने प्रहरी नायब उपरीक्षक विष्टले बताउनुभयो ।