• ८ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 21 2024
  •   Unicode
Logo
Latest
★   बेलायती प्रधानमन्त्रीले गरे नेपाली समुदायको प्रशंसा ★   आईपीएलको पहिलो क्वालिफायर आज, फाइनल पुग्न हैदराबाद र कोलकाता भिड्दै ★   सहकारी छानबिन समितिको कार्यादेश टुंगो लगाउन कार्यदलको बैठक बस्दै ★   पशुपतिनाथको भेटी चोर्ने कर्मचारीसहित आठ जना पक्राउ ★   सहकारी छानबिन समिति अलपत्र पर्ने संकेत, कांग्रेसलाई भित्तामै पुर्‍याउने दाहाल, ओली र रविको रणनीति ★   पूर्वराजा शाहद्वारा पाटनको भ्रमण- फोटो फिचर ★   बालेनको स्टाटसको केहीबेरमै चालकलाई छाडियो ★   छत्तीसगढमा पिकअप ट्रक खाल्डोमा खस्दा कम्तीमा १५ मजदुरको मृत्यु ★   गर्मीले जनजीवन कष्टकर ★   पाथीभरा म्याराथनको उपाधि आर्मीका श्रेष्ठलाई

कांग्रेसको ‘स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति’ ले पायो पूर्णता



काठमाडौं । नेपाली कांग्रेसले पार्टीको ‘स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति’ लाई पूर्णता दिएको छ । प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले यही चैत १५ गतेको पार्टीको केन्द्रीय कार्यसमिति बैठकको निर्णयानुसार उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा गठन भएको समितिमा बुधबार सदस्यहरु मनोनयन गर्नुभएको हो ।

समितिको सदस्यहरुमा अर्का उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्रीहरु फरमूल्लाह मन्सुर, उमाकान्त चौधरी, महालक्ष्मी उपाध्याय ‘डिना’, भीष्मराज आङ्दम्बे, महेन्द्र यादव, किशोरसिंह राठौर, बद्री पाण्डे र जीवन परियार रहनुभएको छ ।

यसैगरी समितिको सदस्यमा केन्द्रीय सदस्यहरु डा शशाङ्क कोइराला, अर्जुननरसिंह केसी, प्रवक्ता डा प्रकाशशरण महत, डा शेखर कोइराला, बालकृष्ण खाँण, पद्मनारायण चौधरी, एनपी साउँद, सुरेन्द्रराज पाण्डे, शङ्कर भण्डारी, मीनबहादुर विश्वकर्मा, सीता गुरुङ, केशवकुमार बुढाथोकी, श्यामकुमार घिमिरे, प्रदीप पौडेल, कल्याणकुमार गुरुङ, चिनकाजी श्रेष्ठ, मोहनबहादुर बस्नेत, डा डिला सङ्ग्रौला, लक्ष्मी परियार, योगेन्द्र चौधरी मनोनित हुनुभएको छ ।

सभापति देउवाले केन्द्रीय सदस्यहरु महेन्द्रकुमार राय, गेहेन्द्र गिरी, सञ्जयकुमार गौतम, तारामान गुरुङ, मधु आचार्य, मदनबहादुर अमात्य, उमेशजङ्ग रायमाझी, उदयशम्शेर राणा, जीतजङ्ग बस्नेत, नैनसिंह महर, दिलमान पाख्रिन, रामहरि खतिवडा, अञ्जनी श्रेष्ठ, रङ्गमती शाही, मञ्जुकुमारी यादव, सरस्वती अर्याल तिवारी, मञ्जु खाँण, गुरु बराल, प्रतिमा गौतम, कुन्दनराज काफ्ले, हरिशरण नेपाली, नानु बाँस्तोला, सीताकुमारी राना र जीवन रानालाई समिति सदस्यमा मनोनित गर्नुभएको छ ।

समितिको बैठक चैत १७ गते दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।रासस