२१ मंसिर २०८२, आईतवार
,
Latest
निर्वाचन आउन ८८ दिन बाँकी: समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुरा हैन, काम गरेर देखाऔँ: अध्यक्ष लिङ्देन



अ+ अ-

कपिलवस्तु । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा0का अध्यक्ष राजेन्द्र लिङ्देनले कुरा मात्र गरेर हैन काम गरेर देखाउनुपर्ने समय आएको बताउनुभएको छ । निर्वाचनको बेला कुरा गरेर जनमतलाई आफूतर्फ ल्याउने र पछि कुनै काम नगर्ने प्रचलन अब अन्त्य भएको जिकिर गर्नुभयो ।

कपिलवस्तुको जितपुरमा आज आयोजित पार्टीको आमसभा तथा प्रवेश कार्यक्रममा अध्यक्ष लिङ्देनले मुलुकलाई समृद्ध बनाउन देश र जनतालाई शिरमा राखेर काम गर्नुपर्ने बताउनुभयो ।

“पटकपटक अन्य पार्टीलाई जिताउँनुभयो, अब एक पटक रापप्रालाई जिताउँनुहोस्”, लिङ्देनले भन्नुभयो, “पाँच वर्षको लागि राप्रपाालाई जिताए देशको मुहार फेर्ने छौँ ।”

एकतीस वर्षसम्म देशमा नेतृत्व गरेका दलले देश विकास गर्न नसकेको जिकिर गर्दै उहाँले अब नागरिक सजग भएर राप्रपालाई मतदान गर्नुपर्ने बताउनुभयो ।