• ३१ बैशाख २०८१, सोमबार
  •      Mon May 13 2024
  •   Unicode
Logo
Latest
★   गुजरातका लागि वर्षा बन्यो घातक, प्लेअफबाट बाहिरियो ★   पश्चिम सेतीबाट उत्पादित विद्युत प्रशारणमा सम्झौता ★   राष्ट्रपतिद्वारा संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत हुने ★   अर्थसमिति बजेटका विषयमा राष्ट्र बैंकसँग सुझाव माग गर्ने निकाय होइन: पूर्वअर्थमन्त्री पौडेल ★   ॐ हस्पिटलमा विश्व नर्सिङ दिवस ★   सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले जेठ ३ गते विश्वासको मत लिने ★   भारतको जयपुरका विद्यालयमा बम विस्फोट गराउने धम्की ★   एक हप्ताभित्र मन्त्रिमण्डल विस्तार हुन्छः मुख्यमन्त्री कार्की ★   जसपाका नवनियुक्त मन्त्रीले लिए सपथ ★   राष्ट्र बैंकसँग रहेको साढे पाँच करोड भारतीय रकम अहिलेसम्म बुझाउन सकेका छैनौं: गभर्नर

नारायणी नदी किनारका जनता त्रासबाट मुक्त भएः अध्यक्ष दाहाल



चितवन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नारायणी नदी किनारका जनता त्रासबाट मुक्त भएको बताउनुभएको छ । नारायणी नदी नियन्त्रण आयोजनाको शिलान्यास समारोहमा बोल्दै उहाँले नदी कटानको समस्या र नागरिकले भोग्नुपरेको पीडा अब अन्त्य भएको बताउनुभएको हो ।

आफूले पहिलो पटक प्रधानमन्त्री हुँदा ल्याएको जनता तटबन्धन कार्यक्रम कार्यान्वयनमा आएको बताउँदै उहाँले अब नारायणी नदी किनारका जनता त्रासबाट मुक्त भएको बताउनुभयो । उहाँले भन्नुभयो, “वर्षा सुरु भएसँगै पानी पर्दा नारायणी नदीमा बाढीको बहाव आउँदा काठमाडौँ बस्दा पनि डुबान, कटान के भयो होला ? त्यस भेगका नागरिक मतदाता के गर्दै होलान् भन्ने चिन्ता भई नै रह्यो ।” उहाँले आफूले जनतासँग गरेको वाचा पुरा गरेको बताउनुभयो ।

नारायणी नदी नियन्त्रण तथा तटबन्धन कार्यक्रम सम्पन्न हुँदा यो क्षेत्र सहर र विकासको केन्द्र हुने उहाँको भनाइ थियो । भरतपुरको विकास देशकै एक मोडेलको रूपमा स्वदेश र विदेशमा चर्चा हुने गरेको उहाँले बताउनुभयो ।

ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले यस आयोजना निर्माणका लागि मन्त्रालयको आन्तरिक स्रोत परिचालन गरिएको बताउनुभयो । विगतमा अभिशाप बनेको नारायणी तटीय क्षेत्र तटबन्धन सम्पन्न हुँदा बरदानको रूपमा परिणत हुने उहाँको भनाइ थियो । आयोजना सम्पन्न हुँदा २९० बिघा जमिन संरक्षण हुने र केही रकम लागत खर्च वापत लिएर सो क्षेत्र उकास भएको जमिन सम्बन्धित जग्गा धनीलाई नै दिने आयोजनाको लक्ष्य रहेको उहाँले जानकारी दिनुभयो । तोकिएकै समयमा गुणस्तरीय ढङ्गले काम सम्पन्न गर्न निर्माण व्यवसायी र सम्बन्धित कर्मचारीलाई उहाँले निर्देशन दिनुभयो ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले यो आयोजना सम्पन्न हुँदा नदी तटीय क्षेत्रका नागरिकले कहिलै दुःख भोग्नुनपर्ने बताउनुभयो । यो आयोजनाले नागरिकको धन जनाको रक्षा गरेको भन्दै आफूले निर्वाचनका बेला गरेको बाचा पूरा गरेको बताउनुभयो । रु चार अर्ब ३२ करोडको लागतमा सुरू भएको नदी नियन्त्रण कार्य दुई वर्षमा सम्पन्न गरिसक्ने लक्ष्य लिईएको छ ।