१२ भाद्र २०८३, शुक्रबार
,
Latest
रवीन्द्र ढाँटको जितले दिएको आशा पृथ्वी राजमार्गको खुल्यो, काठमाडौँबाट भोलि बिहानदेखि मात्र सवारी चल्ने प्रधानमन्त्री शाहद्वारा एमएमए फाइटर रवीन्द्र ढाँटलाई बधाई विपद् व्यवस्थापनमा सहकार्य गर्न कार्यवाहक प्रमुख डङ्गोलको अपिल भोटेकोशी बाढीः मोरङका १५ सम्पर्कविहीन, तीन जनाको उद्धार उद्धारको प्रतीक्षामा रहेका प्रत्येक नागरिकसम्म राज्य पुग्नेछ रक्षाबन्धनः बाढीपछि सम्पर्कविहीन भएका दाई खोजिरहेकी सीता नाडा अटो शोमा बैंकहरूको विशेष अफर, ग्राहकलाई छनौटको अवसर डब्ल्यूएचओले क्षयरोग महामारी अन्त्य गर्न विश्वव्यापी प्रयासलाई तीव्र बनाउने घोषणा भोटेकोशी बाढीः एक प्रहरीसहित ५४७ जनाको शव फेला
तपाईं के खोज्दै हुनुहुन्छ ?

गठबन्धनले कुनै असर पार्दैन, एमालेको जित ६० प्रतिशत – उपाध्यक्ष पौडेल



अ+ अ-

रुपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले विकासको नेतृत्व गरेका कारण आगामी निर्वाचनमा गुणात्मक सफलता हासिल गर्ने दाबी गर्नुभएको छ ।

अन्य राजनीतिक दलबीचको गठबन्धनले कुनै असर नपार्ने भन्दै उहाँले आगामी वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा पार्टीले ६० प्रतिशत जित हासिल गर्ने जिकिर गर्नुभयो । प्रेस चौतारी रुपन्देहीले आज रुपन्देहीको तिलोत्तमामा आयोजना गरेको सम्मान कार्यक्रममा नेता पौडेलले अहिले पनि राष्ट्रिय राजनीतिको नेता एमाले नै भएको दाबी गर्नुभयो ।

समृद्धि, विकास र सामाजिक न्यायका लागि एमालेको स्पष्ट दृष्टिकोण रहेको बताउँदै पार्टी नेतृत्वको सरकारले गरेका राम्रा कामलाई आमसञ्चार माध्यममार्फत जनतामा ल्याउन सञ्चारकर्मीलाई आग्रह गर्नुभयो ।

प्रेस चौतारी केन्द्रीय सचिव प्रदीप आचार्यले देशको समृद्धिलाई ध्यानमा राखेर सक्रियताका साथ कलम चलाउन आग्रह गर्नुभयो । प्रेस चौतारीको केन्द्रीय समिति र प्रदेश समितिमा निर्वाचित पदाधिकारी तथा सदस्यलाई सम्मान गरिएको प्रेस चौतारी रुपन्देहीका अध्यक्ष लक्ष्मण पौडेलले जानकारी दिनुभयो ।