१२ भाद्र २०८३, शुक्रबार
,
Latest
नाडा अटो शोमा बैंकहरूको विशेष अफर, ग्राहकलाई छनौटको अवसर डब्ल्यूएचओले क्षयरोग महामारी अन्त्य गर्न विश्वव्यापी प्रयासलाई तीव्र बनाउने घोषणा भोटेकोशी बाढीः एक प्रहरीसहित ५४७ जनाको शव फेला भोटेकोशी बाढीः मधेसका १५ जना परिवारको सम्पर्कमा प्रसूतिका क्रममा जटिलता देखिएपछि मन्दया कामीको हेलिकप्टरबाट उद्धार बाढीपीडितलाई सुदूरपश्चिम कांग्रेस संसदीय दलद्वारा तीन लाख ६० हजार सहयोग विपदमा हामी के गर्न सक्छौ ? रवीन्द्र ढाँट रोड टू यूएफसी सिजन–५ को फाइनलमा प्रधानमन्त्री राहत कोषमा ८७ वर्षीया राणाद्धारा एक करोड ९ लाख सहयोग नेपाल चेम्बरद्वारा प्रहरीलाई १७ वटा ‘सर्भिलेन्स ड्रोन’ हस्तान्तरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्वाचनमा दुईवटा गठबन्धन बन्छ – झलनाथ खनाल



file
अ+ अ-

काठमाडौं । सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले आगामी निर्वाचनमा दुईवटा गठबन्धन बन्ने बताउनुभएको छ ।

बुधबार पार्टीले गैर आवासिय नेपाली संघको नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिन आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै सम्मानित नेता खनालले आगामी निर्वाचनमा दुईवटा गठबन्धन बन्न सक्ने स्थिति रहेको बताउनुभएको हो । उहाँले सत्तारुढ दलहरुको पाँच दलिय गठबन्धन बन्ने र विपक्षमा अर्को चार दलिय गठबन्धन बन्नसक्ने बताउनुभएको हो । नेपाली जनमत दुईवटा गठबन्धनका बिचमा विभाजित हुने उहाँले बताउनुभयो ।

सम्मानित नेता खनालले संविधान, लोकतन्त्र र गणतन्त्रको रक्षाको निम्ति पाँच दलिय गठबन्धन बनेको उल्लेख गर्दै आगामी दिनमा पनि एकतावद्ध भएर जानका लागि सबैले निर्णय गरिसकेको बताउनुभयो । उहाँले भन्नुभयो – ‘यहाँ गठबन्धन–गठबन्धन बन्ने खालको स्थिति छ । हामी पाँच दलिय गठबन्धनमा छौँ । अब अर्कोपनि गठबन्धन चार दलिय गठबन्धन बन्छ कि । त्यो खालको अवस्था छ र दुईवटा गठबन्धनको बिचमा नेपाली जनमत विभाजित हुने स्थिति छ । हामीले संविधानमाथि, गणतन्त्रमाथि, संसदमाथि जुन खालका खतरा पैदा भए त्यो खतरालाई अहिले हामीले रोकेका छौँ । यो खतराबाट रोकिएको छ । मुलुक अपेक्षाकृत रुपले स्थिरतातर्फ अगाडी बढेको छ ।

संविधान हामीले बचाउन सकेनौँ भने देशलाई स्थिर ढंगले अगाडी लान सकिदैन । हिजो एक कालखण्डमा के थियो भने राजा रह्यो भने राज स्थिरताको फ्याक्टर हो भन्थे । अब त्यो त उन्मुलन भएर गइसक्यो । अहिले स्थिरताको फ्याक्टर भनेको हाम्रो संविधान हो । त्यो संविधानलाई हलचल गर्न नदिइकन त्यसलाई रक्षा गरेर लानु अहिलेको निम्ति, यो कार्यनीतिक कालखण्डको निम्ति एकदमै जरुरी भएको छ । त्यो कारणले संविधानको रक्षाका लागि, लोकतन्त्रको रक्षाका लागि र गणतन्त्रको रक्षाका लागि हामीले यो पाँचदलिय गठबन्धन बनाउनुपर्ने एउटा बाध्यात्मक स्थिति खडा भयो । अब पनि यसलाई दृढतापूर्वक एकतावद्ध भएर जाने कुराहरुमा हामी सबैले निर्णय पनि गरिसकेका छौँ ।’

उहाँले गैर आवासिय नेपाली र नेपाली जनताको बिचमा प्राकृतिक सम्बन्ध रहेको बताउनुभयो । आगामी दिनमा पनि सो सम्बन्धलाई गहिरो, आत्मिय र घनिष्ठ बनाउनुपर्ने उहाँले बताउनुभयो । आपसी सर–सहयोग बढाउनुपर्ने पर्नेमा उहाँले जोड दिनुभयो ।