• १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
  •   Unicode
Logo
Latest
★   कालीकोट जिल्लाकै नमूना स्याउ फोइमहादेवमा ★   ओलाङ्चुङगोला पुग्न सहज ★   शाहरुखको बारेमा मनिषाले भनिन्– ठूला स्टार भए पनि घमण्ड थिएन, भुइँमा बसेर चिया पिउँथे ★   उपचुनावमा सेना परिचालन गर्न राष्ट्रपतिबाट अनुमति ★   नेपालले जलश्रोतको प्रचुर सम्भावनालाई यथोचित सदुपयोग गर्न सकेन: उर्जामन्त्री बस्नेत ★   आर्थिक विकासको लक्ष्य प्राप्तिका लागि लगानीमैत्री वातावरण आवश्यक: राष्ट्रपति ★   दक्षिण कोरियाद्वारा पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण ★   जङ्गलभरि आगलागी: बासस्थान खोज्दै गाउँ झरे वन्यजन्तु ★   धनुषाको औरही गाउँपालिकामा प्रहरी र स्थानीय बासिन्दाबीच झडप ★   बझाङ उपनिर्वाचन: उम्मेदवारका साझा एजेण्डामा ताक्लाकोट सडक

मलेसियाविरुद्ध नेपाल विजयी



काठमाडौं । त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत नेपालले मलेसियालाई पराजित गरेको छ ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा सम्पन्न खेलमा घरेलु टोली नेपालले पाहुना टोली मलेसियालाई ६ विकेटले हराएको हो । नेपालका लागि आरिफ शेखले अर्धशतकीय इनिङ्स खेले । उनले ३८ बलमा सात चौका र एक छक्का प्रहार गर्दै ५७ रनको योगदानी दिए ।

ओपनर कुशल भुर्तेलले ६ बल खेल्दै १ रनमात्र जोडे । रोहित पौडेलले १० बलमा दुई चौका प्रहार गर्दै १२ रन जोडे । दिपेन्द्र सिंह ऐरीले १७ बलमा २१ रन जोडे । उनले एक चौका र एक छक्का प्रहरा गरे ।

यस्तै, दीलिप नाथले ७ बलमा १५ रन जोडेर अविजित रहँदा ४ बल खेलेका कुशल मल्ल २ रनमा अविजित रहे । मलेसियाका लागि पवनदीप सिंहले २ तथा मुहम्मद आमिर र सेद अजिजले एक–एक विकेट लिए ।

त्यसअघिद्ध टस जितेर पहिले ब्याटिङ थालेको मलेसियाले २० ओभरमा ८ विकेटको क्षतिमा ११४ रन जोड्यो । मलेसियाका लागि जुबेदी जुल्किफलले १५ बलमा ३२, अहमद फइजले ३८ बलमा २४, सायद अजिजले १९ बलमा १४, शार्भिन मुनियान्डीले १० बलमा ९, मुहम्मद आमिरले १९ मा १६ रन जोडे भने अइनुल हाफिज ११ बलमा ९ रनमा तथा पवनदीप सिंह १ रनमा अविजित रहे ।

नेपालका लागि करण केसी र सन्दीप लामिछानेले २–२ तथा अविनाश बोहरा, कुशल मल्ल र दिपेन्द्र सिंह ऐरीले १–१ विकेट लिए ।

यसै खेलमा दीपेन्द्र सिंह ऐरी नेपालका लागि टी२० क्रिकेटमा सर्वाधिक रन बनाउने खेलाडी बने । उनले २१ रन जोडेपछि कूल ८०३ रन पुर्‍याउँदै दीपेन्द्र नेपालका लागि सर्वाधिक रन बनाउने खेलाडी बनेका हुन् ।

उनी टी–२० मा नेपालका लागि ८०० रन बनाउने पहिलो खेलाडी समेत बने । दीपेन्द्रले पूर्व कप्तान पारस खड्कालाई पछि पारेका हुन् । ३३ खेल खेलेका पारसले १ शतक र ४ अर्धशतक मद्दतमा ७९९ रन बनाएका थिए ।